10/11/2014
नेपालको विकासका लागि संभावना र स्रोतहरु
- Hari Bol Kafle
नेपालको भौगोलिक अवस्थिति र बनावटलाई विकासका लागि समस्याको रुपमा चित्रण गरिन्छ । तर यही भूसंरचनालाई सम्भावनाको रुपमा स्वीकार गर्ने क्षमता सिर्जना हुन सकेको छैन । भौतिक संरचनागत अनुपात बदल्न नमिल्ला, तर असंख्य सम्भावनाहरु यो भूमिमा जीवित छन् । परिस्कृत र विकसित नेपाल सवै नेपालीको चाहना हो । किनकी स्रोतको अधिकतम उपयोग गर्ने वातावरणको सिर्जनामात्र भएमा पनि मोती फल्ने माटोको रुपमा नेपाललाई परिस्कृत बनाउन सकिन्छ ।
नेपालको लागि एउटा चुनौति छ, किनिकी सवै संम्भावनाहरुलाई प्रतिफल योग्य वनाउनु पर्नेछ । आफ्ना लागि आफैले नगरेर अरुको मुख ताक्ने प्रवृतीले हाम्र संम्भावनाहरुले प्रतिफल त दिएनन्, तीनै संम्भावनाहरुलाई जोगाईराख्न पनि हामि असक्षम झै भएका छौं । हामिले नै नेपालको मुहार फेर्नुपर्छ, किनकी यो हाम्रो आफ्नो देश हो । अर्थात हाम्रा चुनौतिहरु धैरै वढिरहेका छन्, तर सफलताको लागि अरुको मात्र मुख ताक्ने श्वभाव अव परिवर्तन हुन जरुरी छ एउटा सानो प्रयासले पनि धमिलिएको छविलाई ओजश्वि वनाउन ठुलो मद्दत प¥याउन सक्दछ ।
यिनै असंख्य जिवित संभावनाहरुलाई स्रोतको रुपमा पहिचान गर्न पनि राष्टले आनाकानि गरिरहेको अवस्था छ । नेपालको सम्मुन्नत विकास र स्रोतको उपयोगको प्राथमिकतालाई ‘१० प’ को अवधारणामा पहिचान गर्न सकिने अवस्था छ । यहि “१० प’ स्रोतहरुको उपयोग गर्ने वातावरण सिर्जना गर्न सकेको खण्डमा ‘विकसित–नेपाल’ एक संभावनाको रुपमा व्याख्या गर्ने अवस्था सिर्जना हुन सक्दछ ।
‘१० प’ स्रोतहरु र अवधारणा
१) पानी ः पानीको प्रचुर वहाव छ । त्यसको उपयोगको सम्भावना उजागर गर्ने प्रयत्न केहि मात्रामा भएको छ, तर त्यो न्युन छ । पानिलाई शक्तिको रुपमा प्रयोग गर्ने प्रचलन नेपालको लागि प्राचिनतम विधि हो, तर त्यसको व्यापक उपयोगवाट आर्थिक लाभ भने आजसम्म सोचे अनुरुप लिन सकिएको छैन । लगानिको ठुलो हिस्सा र समर्थनले मात्र यसको उपयोगिता सिर्जना गर्न सकिने आजको अवस्था छ । प्राविधिक र आर्थिक रुपले पनि चालीस हजार मेगावाट वरावर विद्युत उत्पादनको क्षमता रहेको विभिन्न तथ्यांकले देखाएकाछन् । नदिहरुको प्रकृती र भुवनोटले गर्दा पनि पानीको स्रोतलाई तत्काल शक्तिको रुपमा परिवर्तन गर्न सकिने भएकाले यसको उपयोग नविकरणिय उर्जाका साथै उर्जाको दिर्घकालिन समाधानको रुपमा लिन सकिन्छ ।
२) पर्यटन ः पर्यटन उधोग सम्वृद्ध नेपालको सम्भावना साकार पार्न सक्ने अर्को विकल्प हो । पर्यटनलाई संसारको सेवा व्यापारमा ३० प्रतिसत सम्मको हिस्सेदार योग्य क्षेत्र मानिन्छ । नेपालमा पनि यस उधोगको परिधि भित्र समेटिने विविधतापुर्ण सेवाका क्षेत्रहरुले यसको प्रवर्धनवाट मनग्य आम्दानि गर्नसक्ने अवस्था छ । अझ महत्वपुर्ण, सम्पन्न शहरदेखि विकट दुर–दराजसम्म आयको वितरणको हैसियत पर्यटन उधोग राख्दछ । तसर्थ स्थानिय आय र विकासको निम्ति समुचित र समानुपातिक वितरणको माध्यम पनि पर्यटन उधोग भएकाले यसलाई स्थानिय अर्थव्यवस्थाको खम्वा पनि मान्न सकिन्छ ।
३) परिश्रमि जनशक्ति ः परिश्रम गर्नसक्ने युवाशक्तिको पलायनलाई विस्थापन गर्नु चुनौति हो । तर नेपालको वृहत्तर विकासमा योगदान राख्ने हैसियत परिश्रमि जनशक्तिमा रहन्छ । परिश्रमि जनशक्तिको परिचालन नै विकासको संभावनाको अर्को आधार वन्ने देखिन्छ । विभिन्न तथ्यांकहरुले पनि परीश्रमि उमेरका पुरुष जनसंख्याको आधा हिस्सा मुलुक वाहिर रहेको देखाएका छन् । शिक्षित स्तरका जनशक्तिहरु अमेरीका, युरोप, अष्ट्रेलिया, क्यानडा, जापान, हङकङ्ग, सिंगापुर लगायत देशहरुमा जान उत्प्रेरीत वनेकाछन् भने मजदुरको लागि भारत, मलेसिया र खाडि मुलुकहरु गन्तव्य वनेको छ ।
४) पर्यावरण ः पर्यावरण र पर्यावरणिय विविधताको संरक्षण विकासको प¥र्याय हो । पर्यावरणिय विविधता र उपयोगको तालमेलवाट पनि नेपालले धेरै फाइदा लिन सक्ने अवस्था छ । विकासको दिगोपना नै विकासमा पर्यावरणिय सन्तुलनता पनि हो । पर्यावरणको संरक्षण र विकासलाई हक हस्तान्तरण र वितरणको साध्यको रुपमा पनि लिईन्छ । किनकी भविश्यको पुस्ताले आजको पर्यावरणीय आवरणलाई उपयोग गर्न पाउनुपर्दछ ।
५) परम्परागत उधमशिलता ः परम्परागत उधोगहरुको संरक्षण अत्यावश्यक छ, जस्तै गलैचा, पश्मिना, ढाका, छाला, लत्ताकपडाहरु । यि उत्पादन र उर्पाजनका प्रचिनतम विधि र विधागत प्रविधिहरु विकासका लागि मार्गदर्शनको रुपमा लिन सकिन्छ । चर्खा, हातेतान, ढिकि, जातो, पानीघट्ट आदिको नविनतम उपयोगिता सहित त्यसको संरक्षण जरुरी छ । त्यसैगरि, पारिवरिक उधमशिलता, कौशलता, उत्पादनमा पारिवारिक वस्तुगत विविधता र मौलिकताको संरक्षण पनि राष्टले गर्नुपर्दछ । त्यसैगरि उत्पादनमा क्षेत्रगत वस्तु विविधता र मौलिकताको जस्तै, भादगउले टोपि, पाल्पालि करुवा आदिको संरक्षण पनि राष्टले गर्नुपर्दछ ।
६) पुरातात्विक सम्पदा ः परंपरागत तथा प्राचिन ऐतिहासिक सम्पदाहरु राष्टका सम्पतिहरु हुन् । सवैको दृष्टिकोण यो हुनुपर्दछ , पुरातात्तिक सम्पदा पुराना कहिल्यै हुदैनन् । यस्ता सम्पदाहरु बिकासको आधुनिक आवरणमा विस्थापन हुन खोजेकाछन् । त्यसैगरी धर्म, संस्कृति, रहनसहन, रितिरिवाज, चालचलन, पर्व, जातिय पहिचानका आधारहरुका साथ यस्ता सम्पदाहरुको थप अन्वेषण राष्टको हित अनुकुल रहने देखिन्छ ।
७) प्र्रविधि ः प्रविधि उत्पादन र उत्पादनको साधनमा खर्च गरिने सिप, ज्ञान, विधि र विज्ञानको नविनतम आविस्कार हो । प्रविधिको विकासवाट सिंगो संसार एउटा सानो गाउमा रुपान्तरण भएको छ । प्रविधिको विकाससंगै सम्पन्न्ताको परिधि व्यापक वनेको छ । यसको प्रयोग र नविनतम खोजिले गर्दा सवै संम्भावनाहरुको सफल आविस्कार र सृजना विश्वले पाएकोछ । तसर्थ विकासको निम्ती प्रविधिको उपयोग विकल्पविहिन रहन्छ ।
८) प्राकृतिक उर्जा ः वाह्य देशवाट निर्यात हुने विभिन्न प्रकारका उर्जा निर्भरताको विकल्पमा देशमा उर्जाको उत्खनन गर्ने सक्ने आधारहरु प्रसस्त छन् । पेटोलियम पदार्थको विकल्प रुपमा लिन सकिने अन्य उर्जाहरुको प्रयोगलाई व्यापक गर्दै त्यस्ता पदार्थहरु उत्पादन र उत्खनन् मजवुत वनाउनु पर्ने देखिन्छ । वायो ग्यास, प्राकृतिक ग्यास, सजिवन र मोविलको उत्पादन, कोइला उत्पादन आदिलाई संभावनाको रुपमा लिन देखिन्छ ।
९) प्रतिभाको पहिचान ः प्रतिभाको पलायनलाई विस्थापन गर्ने र तिनिहरुको नविनतम मुल्य तिर्ने क्षमताको विकास गर्नु देशका निम्ति महत्वपुर्ण उपलव्धि हुन्छ । हाम्रा प्रतिभाहरु सम्पति हुन् भन्ने मान्यतावाट प्रेरित भएर राष्टको निम्ति तिनिहिरुको उपादेयताको अवस्था सिर्जना गर्न आवश्यक छ । नेपालको निम्ति सक्षम र विज्ञता आयात गर्ने अवस्थालाई निरुत्साहित गर्नुपदर्छ ।
१०) पैठारिको विस्थापन ः विधमान अर्थतन्त्रको एउटा मुख्य समस्या व्यापारघाटा र भूक्तानिको असन्तुलन हो । वैदेशिक मुद्राको मौज्दातलाई परिणाम र परिमाणात्मक रुपले वृद्धि गर्नको निम्ति आयातमा निर्भर उपभोगमुखि वजार व्यवस्थालाई परिवर्तन गर्न जरुरि छ । अर्थात आयात प्रतिस्थापन तर्फ विभिन्न उपायहरुको खोजिलाई व्यापक वनाउनु आवश्यक छ । व्यक्तिको उपभोग मुखि व्यवहारमा हुने थोरै परीवर्तनले पनि पैठारिको विस्थापनलाई योगदान दिनसक्ने हेसियत राख्दछ । स्थानिय उत्पादनको प्रयोगका निम्ती अभियानहरु सचेत नागरीक स्तरमा वढाउनु पनि पैठारीको विस्थापनको बिकल्प उत्तम हुनसक्दछ ।
स्रोत आफैमा साधन होइनन तर तिनिहरुको उपयोगको लागि साधनको प्रयोग र पुन उपयोगद्धारा नया साधनको आविश्कार गर्न आवश्यक छ । विडम्वना, पानिको प्रचुर स्रोत छ तर अधिकास समय नेपालिहरु अध्यारोमा रात काट्छन् । अर्थात उपयोग विहिन भएर स्रोतहरु एक–एक गरि मासिदैछन् । हाम्रो पानि धेरै वगिसकेको, त्यसको उपयोगको असंख्य अवसरहरु सकिदैगएकाछन् । परिश्रमि जनशक्तिहरु लाखापाखा लागेकाछन्, सम्पदाहरु भत्किरहेकाछन्, साधनहरु उपयोगविहिन छन् । अर्थात असंख्य जिवित संभावनाहरु अलपत्र र छरपष्ट छन् । तसर्थ अव समय आएको छ, किनकी जिवित संभावनालाई उजागर गर्ने जिम्मेवारी आजको पुस्ताको हो । अव प्रत्येक जमातहरुको माया र मोह अव साधनको रुपमा जिवित संभावनालाई सहि उपयोग गर्ने तर्फ लाग्नुपर्दछ ।