Bikram Bohora

Bikram Bohora welcome to my page

संसार भन्छ,हस्ताक्षर कागजमा हुन्छ !तर केही हस्ताक्षरहरु मुटुमा हुन्छन्,जहाँ सम्झिनेहरू बाँचिरहन्छन् !🌸
18/09/2025

संसार भन्छ,
हस्ताक्षर कागजमा हुन्छ !
तर केही हस्ताक्षरहरु मुटुमा हुन्छन्,
जहाँ सम्झिनेहरू बाँचिरहन्छन् !🌸

निन्द्रा हराएर केहि हुन्नसपना हराएर केहि हुन्न एउटी आमालाई खाली उसको सन्तान नहारए केहि हुन्नभोक छैनदुखको शोक छैनहराएको छ...
17/08/2025

निन्द्रा हराएर केहि हुन्न
सपना हराएर केहि हुन्न
एउटी आमालाई खाली
उसको सन्तान नहारए केहि हुन्न

भोक छैन
दुखको शोक छैन
हराएको छोरो खोज्न
निस्किएकी आमालाई
मृत्युको भय छैन

फूल अक्षता भेटि
सुनिदेउ भगवान्
आमाको पुकार एकचोटी
बरु म बन्न तयार छु दासी
तिम्रो पाउ मोल्न तयार छु
मेरो बलि नै चढाउ तिम्रो दैलोमा केहि छैन
बिन्ति मलाई मेरो छोरो देउ…

08/08/2025

✍️..
कहिलेकाहीँ शब्दहरूले व्यक्त गर्न नसक्ने भावनाहरू मौनतामै पोखिन्छन्।आँखा बोले पनि जिब्रो चुप लाग्छ, र हृदयले हरेक धड्कनमा भावहरू सुनाउँछ।जुन कुरा बोलीले बिगार्न सक्छ,मौनताले त्यसलाई सहजै सम्हाल्न सक्छ त्यसैले मौनता
कहिलेकाहीँ संवादको सबैभन्दा सशक्त माध्यम बन्न जान्छ।

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथदिन सक्दैन, तर स्वभाव समझदारी र सच्चासम्बन्धले सधै साथ दिन्छ !!
05/08/2025

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ
दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा
सम्बन्धले सधै साथ दिन्छ !!

म भित्र को म मरिसक्यो देख्ने र देख्नलाई एक जिवित शरीर छ ।
08/01/2025

म भित्र को म मरिसक्यो
देख्ने र देख्नलाई एक जिवित शरीर छ ।

19/06/2024

मलाई एक पटक म मरेको हेर्न मन छ
सास जानै लाग्दा के हुँदो रहेछ
अनुभूत गर्न मन छ

कस्तो हुन्छ होला त्यो मृत्युशैया?
मृत्यु-पूर्वको त्यो पला र घढा?
कसरी बाँच्न खोज्छ होला मेरो आस?
कसरी जान्छ होला अड्किएको सास?
त्यो सबै देख्न मन छ
मलाई एक पटक म मरेको हेर्न मन छ

के मर्ने बेलामा
इतिहासको ऐना आँखामा आऊँछ होला?
के मेरा पापका फेहरिस्तले मलाई पोल्छ होला?
ऐनामा के, के देखिन्छ होला?
मैले मारिदिएको भविष्य
खोसिदिएको वर्तमान
मैले बेचेको स्वाभिमान
पतित भएको मेरो इमान
मैले दिएको धोका, मैले बोलेका झूठ
मैले गरेका ठगी, मैले गरेका कर्तूत
के, के देखिन्छ होला?
मलाई सबै जान्न मन छ
मलाई एक पटक म मरेको हेर्न मन छ

सास जानै लाग्दा
कुकर्मले चिनिएको मेरो नाम
भ्रमै भ्रमले बनाएको मेरो सान
मेरो आलिसान वर्ग
अनि मेरो अथाह अर्थ – ले के
अर्थ राख्छ होला?
के तिनले मेरो इतिहास मेट्न सक्ला?
मेरो सुनको घडीको सुईले
के मेरो सास धानी राख्ला?
मेरो सास जानै-जानै लाग्दा
पाप र पुण्यको तस्विर
मेरो आँखामा कस्तो आउँछ होला
मलाई अहिले नै जान्न मन छ
मलाई एक पटक म मरेको हेर्न मन छ।

12/04/2024

कतिपय कुरा भ्रम मै ठिक छन्
सत्य थाहा पाइयो भने दिल टुट्छ,
तसर्थ....
सोचेको जस्तो त काहानीमा मात्र हुन्छ
नसोचेको हुनु नै जिन्दगी हो!

❤️❤️❤️
08/04/2024

❤️❤️❤️

21/03/2024

घरीघरी सम्बन्धमा आगो बल्छ याद गरिराख
टाढा बस भतभती मुटु जल्छ याद गरिराख
समयमा विवेक पुर्याउ,पछि पछुताउनु भन्दा,
माया बिना पनि जिन्दगी चल्छ याद गरिराख

17/11/2023

अब,खुसी हुने आधार सकियो
चार्ड पर्व, दशैँ,तिहार सकियो
झिलिमिली, निकै रमझम हुँदा
पत्तै भएन,हतार हतार सकियो

01/11/2023

❤️❤️❤️❤️

28/10/2023

अबतरण गरिरहेछ उडान भरिरहेछ
आखिर मन पनि त एउटा चरी रहेछ

यही जान्न उत्साहित छ यो जमाना
पखेँटा बिना उडान भर्ने कसरी रहेछ

छटपटिन्छन् मान्छे माछा कै शैलिमा
जिन्दगी पानी नभएको पोखरी रहेछ

यदि,गन्तव्य चुम्ने चाहना राख्ने हो भने
हिड्नु पर्ने भनेकै सुस्तरी-सुस्तरी रहेछ

Address

Beni

Telephone

+9779805169566

Website

Alerts

Be the first to know and let us send you an email when Bikram Bohora posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share