T.U. IOM Biratnagar Nursing Campus

  • Home
  • T.U. IOM Biratnagar Nursing Campus
Call Website

T.U. IOM Biratnagar Nursing Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from T.U. IOM Biratnagar Nursing Campus, College & University, Devkota Chowk, .

Result of MN 1st year, B.Sc.Nursing 4th year, B.Sc. Midwifery 1st Semester Regular Examination & Bachelor Level Various ...
23/09/2026

Result of MN 1st year, B.Sc.Nursing 4th year, B.Sc. Midwifery 1st Semester Regular Examination & Bachelor Level Various Programs 1st & 2nd year Supplementary Examination 2083

स्नातक तहको आवेदन रुजुसम्बन्धी सूचना
23/09/2026

स्नातक तहको आवेदन रुजुसम्बन्धी सूचना

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) स...
23/09/2026

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) सञ्चालन हुने मिति र समय तोकिएको सूचना

📚✨ Orientation Program on SSR Preparation for Consecutive Accreditation Cycles ✨📚Tribhuvan University, Institute of Medi...
21/09/2026

📚✨ Orientation Program on SSR Preparation for Consecutive Accreditation Cycles ✨📚

Tribhuvan University, Institute of Medicine, Biratnagar Nursing Campus successfully organized an orientation program on “Preparing the Self-Study Report (SSR) for Consecutive Accreditation Cycles.”

The program was facilitated by Ms. Menuka Bhandari, Former Campus Chief, and Mr. Yogendra Prasad Mehta, Campus Student Welfare Chief.

The facilitators provided valuable insights and practical guidance on SSR preparation, documentation, quality enhancement, and the accreditation process. The session supported Campus Chief Ms. Sabitra Subedi, faculty members, and staff in strengthening their understanding of institutional quality assurance practices and continuous improvement.

🙏 The campus extends its sincere appreciation to the facilitators for their valuable guidance and to all participants for their active participation and meaningful contribution to the success of the program.

🌿📖 Together for Quality Education, Continuous Improvement & Academic Excellence.

🇳🇵 संविधान दिवस २०८३ को अवसरमा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न 🌱मिति २०८३/०६/०२ गते, त्रि.वि. चि.शा.अ.सं. ...
18/09/2026

🇳🇵 संविधान दिवस २०८३ को अवसरमा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न 🌱

मिति २०८३/०६/०२ गते, त्रि.वि. चि.शा.अ.सं. अन्तर्गत विराटनगर नर्सिङ क्याम्पस, विराटनगर मा क्याम्पस प्रमुख श्री सावित्रा सुवेदीज्यूको अध्यक्षतामा संविधान दिवस २०८३ को शुभ अवसरमा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममार्फत क्याम्पस परिसरलाई स्वच्छ, हराभरा तथा वातावरणमैत्री बनाउने उद्देश्यका साथ सरसफाई तथा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो। 🌿

स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्ने यस कार्यक्रमले क्याम्पस परिवारमा थप उत्साह र जिम्मेवारीको भावना विकास गरेको छ।

स्वच्छ क्याम्पस, हरित क्याम्पस — हाम्रो साझा प्रतिबद्धता। 🌱🇳🇵

#संविधानदिवस२०८३ #वृक्षारोपण #बृहतसरसफाई

🎓 त्रि.वि. पदाधिकारीद्वारा विराटनगर नर्सिङ क्याम्पसको भ्रमण तथा अन्तरक्रिया कार्यक्रममिति २०८३ साल भदौ २० गते त्रिभुवन व...
10/09/2026

🎓 त्रि.वि. पदाधिकारीद्वारा विराटनगर नर्सिङ क्याम्पसको भ्रमण तथा अन्तरक्रिया कार्यक्रम

मिति २०८३ साल भदौ २० गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यू तथा परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलज्यूबाट विराटनगर नर्सिङ क्याम्पस, विराटनगरको भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तरक्रियाका क्रममा त्रिभुवन विश्वविद्यालयले आफ्नो इतिहासमै पहिलो पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको दीक्षान्त समारोह, त्रि.वि.को संघीयतासम्बन्धी अवधारणा, विश्वविद्यालयको भावी दिशा तथा नर्सिङ पेसाको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरू लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

कार्यक्रमको अध्यक्षता विराटनगर नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख श्री सावित्रा सुवेदीज्यूले गर्नुभएको थियो। कार्यक्रममा त्रि.वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सह–नियन्त्रकज्यू लगायत क्याम्पसका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले विश्वविद्यालय र क्याम्पसबीचको समन्वयलाई थप सुदृढ बनाउँदै नर्सिङ शिक्षा तथा पेसाको विकास र भविष्यका सम्भावनाबारे सकारात्मक दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

🙏 उपकुलपति प्रा. डा. भोला थापाज्यू तथा परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलज्यूलाई विराटनगर नर्सिङ क्याम्पसमा हार्दिक स्वागत तथा भ्रमणका लागि धन्यवाद।

#त्रिभुवनविश्वविद्यालय

🌿 विश्व आत्महत्या रोकथाम दिवस–२०८३ 🌿“आशा जगाऔँ, जीवन बचाऔँ”आज मिति २०८३ साल भदौ २५ गते, बिहीबार जिल्ला प्रशासन कार्यालय,...
10/09/2026

🌿 विश्व आत्महत्या रोकथाम दिवस–२०८३ 🌿
“आशा जगाऔँ, जीवन बचाऔँ”

आज मिति २०८३ साल भदौ २५ गते, बिहीबार जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री युवराज कटेलज्यूको अध्यक्षतामा विश्व आत्महत्या रोकथाम दिवस–२०८३ को अवसरमा विराटनगर नर्सिङ्ग क्याम्पस, विराटनगरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, मोरङका प्र.उ. श्री कवित कटवालज्यू, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा., कंकालिनी मोरङका स.प्र.उ. श्री गेहेन्द्र बहादुर भण्डारीज्यू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, मोरङका उप-अनु.नि. श्री राजन शर्मा सापकोटाज्यू, विराटनगर नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख श्री सावित्रा सुवेदीज्यू लगायत क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा आत्महत्या रोकथाम, मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि, समस्या पहिचान तथा समयमै सहयोग र परामर्श प्रदान गर्ने विषयमा महत्वपूर्ण छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुखज्यूले उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो।

💚 जीवन अमूल्य छ—समस्या जति कठिन भए पनि समाधानको बाटो हुन्छ।
🤝 सुन्ने, बुझ्ने र सहयोग गर्ने संस्कृतिको विकास गरौँ।
🌱 आत्महत्या रोकथाममा सबैको साथ र सहकार्य आवश्यक छ।

#विश्वआत्महत्यारोकथामदिवस

#आत्महत्यारोकथाम

Routine of the Bachelor 3rd Year various programs Supplementary Exam 2083
21/08/2026

Routine of the Bachelor 3rd Year various programs Supplementary Exam 2083

सहयोग र सहजीकरणको लागि प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक श्री मन्जु यादव ज्यू लगायत सम्पूर्ण कोशी अस्पताल परिवारलाई हार्दि...
20/08/2026

सहयोग र सहजीकरणको लागि प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक श्री मन्जु यादव ज्यू लगायत सम्पूर्ण कोशी अस्पताल परिवारलाई हार्दिक धन्यवाद !!!

GRAND PRESENTATION "LEADERSHIP AND MANAGEMENT PRACTICUM" Orthopedic Ward at Koshi Hospital.Organized By: BNS 3rd year, 1...
20/08/2026

GRAND PRESENTATION "LEADERSHIP AND MANAGEMENT PRACTICUM" Orthopedic Ward at Koshi Hospital.
Organized By: BNS 3rd year, 11th batch

Address

Devkota Chowk

56613

Alerts

Be the first to know and let us send you an email when T.U. IOM Biratnagar Nursing Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your university to be the top-listed university?

Share