15/09/2022
हामी बिराटनगर नर्सिङ क्याम्पसको आज महत्त्वपूर्ण दिन,क्याम्पसको इतिहासमा एक पहिचान जोडिएको दिन।बिगत चार वर्षदेखि विश्वबिद्धालय अनुदान आयोग (University Grant Commission)को गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(Quality Assurance & Accredition) कार्यक्रममा भाग लिएर तोकिएका मापदण्डअनुसार कार्यपुरा गरि आज Accreditated भएर Certification Award प्राप्त गरेको दिन,सपना सही भएको दिन,गुणस्तर सुनिश्चितताको प्रतिबद्धता गरेको दिन र भविष्यमा पनि निरन्तरता गर्ने सबै मिलि बाचा गरेको दिन।
यस प्रक्रियामा सक्रिय रूपमा सहभागी भै काम गर्नुहुने IQAC Team,SAT Coordinator & Team,EMIS Team सम्पुर्णमा जति धन्यवाद दिए पनि कम नै हुन्छ,सबैको मेहनत र प्रतिबद्धताको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।यश महत्त्वपूर्ण कार्य सहयोग गर्नुहुने र सुझाव दिनुहुने त्रि.वि., Institute of Medicine Dean,Ass. Deans,क्याम्पसका सम्पुर्ण शिक्षकबर्ग,कर्मचारी बर्ग,विद्यार्थीबर्ग,एलुमनाई लागायत सरोकारवाला निकायहरू,प्रदेश सरकार ,स्थानिय सरकार,कोशी अस्पताल,पत्रकार साथीहरु सबैलाई सहयोगका लागि धन्यवाद भन्न चाहन्छु।साथै अबका दिनमा पनि क्याम्पसको दिगो बिकासमा सहयोग गर्नुहुन अनुरोध गर्दछु।QAA प्रक्रियामा Orientation देखि Certification Award सम्म प्रोत्साहन गर्दै हिम्मत दिनुहुने र जति सोधेपनी झर्को नमानी अभिभावकत्व प्रदान गर्नुहुने UGC Chairman,Member Secretary, QAAD,QAAC का सबै सर मेडम,PRT Coordinator,Members सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु।धन्यवाद ।