Shree Laboratory Higher Secondary School,Dharan-8.

Shree Laboratory Higher Secondary School,Dharan-8. Shree Laboratory Secondary School,Dharan-8.

भर्ना खुल्योश्री ल्याबोरेटरी मा बि मा शैक्षिक सत्र २०८३को लागि बालविकास देखि कक्षा ९ सम्म बिद्यार्थी भर्ना खुला भएको र प...
28/04/2026

भर्ना खुल्यो
श्री ल्याबोरेटरी मा बि मा शैक्षिक सत्र २०८३को लागि बालविकास देखि कक्षा ९ सम्म बिद्यार्थी भर्ना खुला भएको र पाठ्य्पुस्तक बितरण समेत हुँदै गरेको ब्यहोरा अवगत गराउँछु।
आज पहिलो दिन अभिवावकसँग बिद्यालय सम्बन्धमा र नयाँ बिद्यार्थी भर्ना सम्बन्धमा अन्तरक्रीया कार्यक्रम सम्पन्न भयो। शिक्षक अभिभावक संघको अध्यक्ष राजेन्द्र भुजेलको उपस्थिति रहेको कार्यक्रम सञ्चालन शिक्षिका यशोदा आचर्यले गर्नु भएको थियो।

शिक्षक तालिम सम्पन्नमिति २०८३ बैशाख ११ गते शुक्रबार बिद्यालयमा शिक्षकहरुलाई सामुदायिक कार्य र परियोजना कार्य सम्बन्ध्मा ...
28/04/2026

शिक्षक तालिम सम्पन्न
मिति २०८३ बैशाख ११ गते शुक्रबार बिद्यालयमा शिक्षकहरुलाई सामुदायिक कार्य र परियोजना कार्य सम्बन्ध्मा १ दिने कार्यशाला सम्पन्न भएको छ। सहजीकरण पुर्व प्रधनाध्यापक श्री शङ्कर भण्डारीले गर्नु भएको थियो।

27/04/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा१२ को परिक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन भैइर्हेको कारण बिद्यार्थीहरूको भर्ना,पाठयपुस्तक बितरण लगायत आवश्यक शैक्षिक गतिबिधीहरू मिति२०८३/०१/१५ गते दिउँसो १२ बजेबाट शुरू हुने हुनाले उक्त समयमा बिद्यालयमा उपस्थित भई दिनुहुन सम्पुर्ण अभिभावकज्यूहरू तथा विद्यार्थी बर्गहरूमा सुचना गरिन्छ।

बैशाख २१ गते सम्मको गतिबिधि, अन्य माथिल्लो निकायको निर्देशन र सुचना अनुसार गर्दै जाने।ब
20/04/2026

बैशाख २१ गते सम्मको गतिबिधि, अन्य माथिल्लो निकायको निर्देशन र सुचना अनुसार गर्दै जाने।

कक्षा ६,७,८ र ९ को ग्रेडबृद्धि परीक्षा २०८३ बैशाख ६ गते आइतबार देखि तपसिल बमोजिम बिद्यालयमा  सञ्चालन हुने भएकोले परीक्षा...
17/04/2026

कक्षा ६,७,८ र ९ को ग्रेडबृद्धि परीक्षा २०८३ बैशाख ६ गते आइतबार देखि तपसिल बमोजिम बिद्यालयमा सञ्चालन हुने भएकोले परीक्षा पुन: दिनुपर्ने विद्यार्थीहरु परीक्षामा सामेल हुन सूचित गरिन्छ।

नयाँ वर्ष २०८३ को शुभकामना
13/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना

सूचना:विद्यालय बिदा तथा अन्य शैक्षिक गतिविधि सम्बन्धमामिति २०८३ बैशाख १ गते देखि विद्यालय विदा तथा शैक्षिक गतिविधि निम्न...
13/04/2026

सूचना:
विद्यालय बिदा तथा अन्य शैक्षिक गतिविधि सम्बन्धमा
मिति २०८३ बैशाख १ गते देखि विद्यालय विदा तथा शैक्षिक गतिविधि निम्नानुसार रहने व्यहोरा सम्बन्धित सबैमा सूचना प्रदान गरिन्छः
१. २०८३ बैशाख १ गतेः नयाँ वर्ष, सार्वजनिक बिदा
२. २०८३ बैशाख २ गतेः सिरूवा पावनी, कोशी प्रदेश विदा
३. २०८३ बैशाख ३ गतेः शोक बिदा, कक्षा ५ मा अध्ययनरतः छात्र आयन शेखको २०८२ चैत्र २१ गते असमायिक निधन भएकोले दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार जन प्रति समबेदना व्यक्त गर्दै १ दिन शोक बिदा गरिएको छ।
४. २०८३ बैशाख ४ गतेः आमाको मुख हेर्ने दिनको बिदा, मीन पचासबाट कट्टा हुने गरी
५. २०८३ बैशाख ५ गतेः शनिबार
६. २०८३ बैशाख ६ गतेः आइतबार बिदा तर कक्षा ६,७,८ र ९ को ग्रेडवृद्धि परीक्षा निर्धारित समयमा हुनेछ।
७. २०८३ बैशाख ७ गते देखिः विद्यालय प्रशासन खुला रहने, शैक्षिक र शैक्षणिक योजना निर्माण, शिक्षक तालिम सञ्चालन हुने, कक्षा ११ को बिहानी सत्रमा पठनपाठन हुने, गेडवृद्धि परीक्षा सञ्चालन हुने
८. २०८३ बैशाख १५ देखिः विद्यार्थी भर्ना अभियान शुरू, पाठ्यपुस्तक वितरण, ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन
९. २०८३ बैशाख २१ देखिः नयाँ शैक्षिक सत्रको पठनपाठन शुरू हुने

परीक्षाको नतिजा प्रकासन सम्बन्धबालविकास देखि कक्षा ९ सम्मको बार्षिक परीक्षा २०८२ को नतिजा भोलि २०८२ चैत्र २७ गते शुक्रबा...
09/04/2026

परीक्षाको नतिजा प्रकासन सम्बन्ध
बालविकास देखि कक्षा ९ सम्मको बार्षिक परीक्षा २०८२ को नतिजा भोलि २०८२ चैत्र २७ गते शुक्रबार प्रकाशित गरिनेछ। दिउसो ११ बजे देखि १ बजे भित्र बिद्यालयमा उपस्थित भैइ नतीजा हेर्न सूचना गरिन्छ।

सफलताको शुभकामना! भोलि चैत १९ गतेदेखि शुरु हुन गइरहेको  यस वर्ष (वि. सं. २०८२) को माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभाग...
01/04/2026

सफलताको शुभकामना!

भोलि चैत १९ गतेदेखि शुरु हुन गइरहेको यस वर्ष (वि. सं. २०८२) को माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने सम्पूर्ण प्यारा विद्यार्थीहरुलाई परीक्षाको सफलताको धेरै धेरै शुभकामना र शुभ आशीर्वाद छ।

WISH YOU ALL THE BEST FOR YOUR SEE- 2082, DEAR STUDENTS!
उत्तम सुबेदी (प्र. अ.)
तथा विद्यालय परिवार

SEE दिने बिद्यार्थीलाई शुभकमनाआज बिद्यालयमा कक्षा ९ का बिद्यार्थीको आयोजनामा यस बर्ष SEE दिने बिद्यार्थीहरुका लागि शुभका...
27/03/2026

SEE दिने बिद्यार्थीलाई शुभकमना
आज बिद्यालयमा कक्षा ९ का बिद्यार्थीको आयोजनामा यस बर्ष SEE दिने बिद्यार्थीहरुका लागि शुभकामना तथा अभिमुखिकरण कार्यक्रम बिद्यालयको प्र अ उत्तम सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
SEE दिने सबै विद्यार्थीलाई सफलताको शुभकामना ।

SEE परीक्षा २०८२ तालिका
27/03/2026

SEE परीक्षा २०८२ तालिका

हार्दिक बधाईबधाई तथा शुभकामना रिक्त रहेको स्थानीय स्काउट कार्यालय धरानको परिषद् सदस्यमा नगर प्रमुख तथा स्काउट संरक्षकद्व...
23/03/2026

हार्दिक बधाई
बधाई तथा शुभकामना
रिक्त रहेको स्थानीय स्काउट कार्यालय धरानको परिषद् सदस्यमा नगर प्रमुख तथा स्काउट संरक्षकद्वारा मनोनित हुन किरातेश्वर माविका प्रअ योगेन्द्र पालुङवा,होलिल्यान्ड इन्टरनेसनल स्कुलका प्रिन्सिपल राजकुमार लिम्बू तथा स्काउटर तथा ल्याबोरेटरी स्कुलका शिक्षक तथा स्काउटर Shankar Bhandari सरहरुलाई नगरप्रमुख Aindra Bikram Begha द्वारा मनोनयन पत्र हस्तान्तरण गरियो । कार्यक्रममा स्थानीय प्रमुख आयुक्त मधुसूदन सहयात्री ,शिक्षामहाशाखा प्रमुख तथा सदस्य सचिव ध्रुवराज खड्का,परिषद् सदस्य Fatij Surya र कार्यालय सचिव Santosh Koirala लगायको उपस्थिति रहेको थियो । प्रमुखले समाजमा अग्रणी,बौद्धिक व्यक्तित्वहरुको सहभागिताले धरानमा स्काउटिङ प्रवर्द्धनमा सहयोग पुग्ने कुरा व्यक्त गर्नु भएको थियो । साथै आगामी शैक्षिक सत्र २०८३ बाट धरानमा माध्यमिक तह पढाइ हुने सबै विद्यालयमा स्काउटिङ शिक्षा अनिवार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त भएको थियो ।
शङ्कर भण्डारी सर सहित मनोनित हुने अन्य सरहरुलाई हार्दिक बधाई ।

Address

Laborarory Marga
Dharan

Alerts

Be the first to know and let us send you an email when Shree Laboratory Higher Secondary School,Dharan-8. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Laboratory Higher Secondary School,Dharan-8.:

Share