26/08/2026
विपद्को यस कठिन घडीमा एकजुट बनौँ 🙏
देशमा आएको ठूलो प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति PHARMACY STUDENTS SOCIETY–MBAHS परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्रसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य, ऐक्यबद्धता र मानवीय सहयोग अपरिहार्य छ।
यसै सन्दर्भमा, प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सम्पूर्ण विद्यार्थी, कर्मचारी, शिक्षक तथा आम नागरिकमा हार्दिक अनुरोध गर्दछौँ।
सहयोगका लागि:
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो कठिन घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।
मानवताको हातेमालो गरौँ। ❤️
PHARMACY STUDENTS SOCIETY
Madan Bhandari Academy of Health Sciences
Hetauda, Makwanpur