14/10/2026
शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
सीतारामेश बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा आज मिति २०८३ असोज २७ गते मङ्गलबार बडा दशैँ, तिहार र छैठ पर्व २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । क्याम्पसको सभाहलमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जयप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष श्री भवानीप्रसाद खतिवडाज्यूको प्र्रमुख आतिथ्य रहेको थियो । बिहान ७:३० बजेदेखि १० बजेसम्म सञ्चालित कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाअन्तर्गतका वडा कार्यालयका अध्यक्षज्यूहरू, क्याम्पस सञ्चालक समिति, क्याम्पस सल्लाहकार समिति, क्याम्पसका विशेष संस्थापक सदस्य, संस्थापक सदस्य, सहयोगी संस्थापक सदस्य, आजीवन सदस्य, सम्मानित अभिभावक सदस्य, बरिष्ठ अभिभावक सदस्य, सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरु, संस्थागत विद्यालयहरुका संस्थापक, सञ्चालक तथा प्रधानाध्यापकज्यूहरु, विभिन्न मठमन्दिरका अध्यक्षज्यूहरु, सहकारी संस्थाका अध्यक्षज्यूहरु, बैक तथा वित्तीय संस्थाहरुका शाखा प्रबन्धकज्यूहरु, ब्यावसायीहरु, समाजसेवी, सामुदायिक वनका अध्यक्षज्यूहरु, शसत्र प्रहरी, इलाका प्रहरी तथा नगर प्रहरीका प्रमुखज्यूहरु, संस्थागतरुपमा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, बुधबारे रेडक्रस सोसाइटी, जेष्ठ चौतारी बुद्धशान्ति–३, नवज्योति जेष्ठ तथा अपाङ्ग भेटघाट चौतारी, सेवा निबृत्त शिक्षक समाज, बुद्धशान्तिका प्रमुख तथा प्रतिनिधिज्यूहरु, सञ्चारमाध्यमका सञ्चालक, सम्पादक तथा कर्मचारीज्यूहरु, अभिभावकज्यूहरु साथै क्याम्पसका प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी र अध्ययनरत विद्यार्थीहरू गरी करिब १५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई शब्द गुच्छाद्वारा स्वागत मन्तव्य क्याम्पसका सहायक प्राध्यापक श्री खगेन्द्र नेपालज्यूले व्यक्त गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्री पुष्पप्रसाद रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन प्राध्यापक संघ सभापति एवं सहायक प्राध्यापक श्री हेमन्त दाहाल भण्डारीज्यूले गर्नुभएको थियो ।
प्रमुख अतिथिज्यूको बाहुलीबाट पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रममा क्याम्पसको स्थापनाकालमा अमूल्य योगदान पुर्याउनु हुने पूर्व सभासद, शिक्षासेवी, साहित्यकार श्री भक्तबहादुर खपाङ्गीज्यूलाई सम्मान–पत्र प्रदान गरिएको थियो । आमन्त्रित अतिथिज्यूहरुको मन्तव्य र क्याम्पसका भूतपूर्व विद्यार्थीहरु पवन ढकाल र नितु थापा मगरको सुन्दर गायन साथै अध्ययनरत विद्यार्थीहरुको आकर्षक र मनोरञ्जनपूर्ण साङ्गीतिक प्रस्तुतिले कार्यक्रमको शोभा बढाएको थियो । कार्यक्रमको अन्तमा आमन्त्रित अतिथि तथा उपस्थित सम्पूर्ण महानुभावहरूका लागि खाजा तथा चियापानको व्यवस्था गरिएको थियो ।