01/09/2026
सूचना
विषय: परीक्षा प्रवेशपत्र (Exam Admit Card) वितरण सम्बन्धमा
यस शिक्षालयमा अध्ययनरत तथा सम्बन्धित परीक्षा फाराम भर्नुभएका देहायबमोजिमका सम्पूर्ण प्रशिक्षार्थीहरूको Exam Admit Card शिक्षालयमा प्राप्त भइसकेको हुँदा सम्बन्धित सबै प्रशिक्षार्थीहरूले मिति २०८३ साल भाद्र 20 गतेभित्र शिक्षालयमा उपस्थित भई आफ्नो Exam Admit Card अनिवार्य रूपमा बुझिलिनुहुन अनुरोध गरिन्छ।
कार्यक्रम तथा तह/सेमेष्टर
१. Diploma in Agriculture – Plant Science (बाली विज्ञान)
• नियमिततर्फ: चौथो र छैटौँ सेमेष्टर
• आंशिकतर्फ: तेस्रो वर्ष
• आंशिकतर्फ: दोस्रो, चौथो र छैटौँ सेमेष्टर
२. Diploma in Agriculture – Animal Science (पशु विज्ञान)
• नियमिततर्फ: चौथो र छैटौँ सेमेष्टर
• आंशिकतर्फ: दोस्रो र तेस्रो वर्ष
• आंशिकतर्फ: दोस्रो, चौथो र छैटौँ सेमेष्टर
• नियमिततर्फ: प्रथम वर्ष
३. Diploma in Hotel Management
• नियमिततर्फ: चौथो सेमेष्टर
• आंशिकतर्फ: दोस्रो, र चौथो सेमेष्टर
४. Diploma in Forestry
• नियमिततर्फ: प्रथम, द्वितीय र तृतीय वर्ष
• आंशिकतर्फ: प्रथम, द्वितीय र तृतीय वर्ष
सम्बन्धित सम्पूर्ण प्रशिक्षार्थीहरूले तोकिएको समयभित्र आफ्नो Exam Admit Card बुझिलिई सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ।
परीक्षा केन्द्र:
श्री पञ्चरत्न माध्यमिक विद्यालय, बिर्तामोड–०२, चैतुबारी, झापा
सम्बन्धित सम्पूर्ण प्रशिक्षार्थीहरूले तोकिएको समयभित्र Exam Admit Card बुझिलिई परीक्षा केन्द्र तथा परीक्षासम्बन्धी आवश्यक जानकारी लिनुहुन अनुरोध गरिन्छ।
धन्यवाद।
शिक्षालय प्रशासन
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान
बिर्तामोड–०२, झापा