नेविसंघ,पुरुन्चौर,कास्की

  • Home
  • Nepal
  • Kaski
  • नेविसंघ,पुरुन्चौर,कास्की

नेविसंघ,पुरुन्चौर,कास्की राष्ट्रियता।समाजवाद।प्रजातन्त्र।विद्यार्थी एकता

कृषि तथा वन विज्ञान विश्वविद्यालय , प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरून्चौर मा रहेको नेपाल विद्यार्थी संघ यहाँ लाइ हार्दिक स्वागत गर्दछ।

सधैं हक हितका लागि निरन्तर आवाज उठाउँदै आएको नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरञ्चौर कास्की कमिटी ...
09/09/2025

सधैं हक हितका लागि निरन्तर आवाज उठाउँदै आएको नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरञ्चौर कास्की कमिटी को अध्यक्ष म विनोद घिमिरे लगायत सम्पूर्ण छैटौं कमिटी पूर्ण रूप मा विघटन भएको घोषणा गर्दछौं ।

मिति २०८२/०५/२३ गते gen-z को आन्दोलनमा सरकार को चरम दमन मा ज्यान गुमाउनु हुने ती सम्पूर्ण युवा हरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं , घाईते हरु प्रति सिघ्र स्वास्थ्य ला को कामना गर्दछौं ।

संयुक्त विज्ञप्ति !!मिति: २०८२ भदौ २० गते नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), र अनेरास्ववियु  प्राकृतिक ब...
05/09/2025

संयुक्त विज्ञप्ति !!

मिति: २०८२ भदौ २० गते नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), र अनेरास्ववियु प्राकृतिक ब्यबस्थापन कलेज पुरन्चौर इकाई समितिद्वारा संयुक्त विज्ञप्ति जारी गरिएको छ।

उक्त विज्ञप्तिमा कृषि तथा वन विज्ञान विश्वविद्यालय (कृ.व.वि.वि.) प्रशासनद्वारा हालै प्रकाशित गरेको शैक्षिक सत्र २०८२/८३ को स्नातक तह (B.Sc. Ag, B.V.Sc. & A.H., B.Sc. Fisheries, B.Sc. Forestry) प्रवेश परीक्षासम्बन्धी सूचनामा विद्यार्थी हितविपरीत खालका बुँदाहरू समावेश गरिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ र सुधारको लागि निम्न जायज मागहरू प्रस्तुत गरिएको छ:
मागहरू:
१. स्नातक तहका विभिन्न कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सोधिने प्रश्नपत्रको विषयगत विभाजन पुरानै ढाँचामा कायम गर्नुपर्छ र सो परीक्षा संकाय अनुसार फरक-फरक प्रश्नपत्रमा सञ्चालन गर्नुपर्ने।

२. विश्वविद्यालयका विभिन्न संकायद्वारा विभिन्न कार्यक्रमहरूलाई निजीकरण तथा व्यापारीकरण गर्ने उद्देश्यले खुलाएको संकाय विकास कोष (FDF) तत्काल खारेज गर्नुपर्ने।

३. विश्वविद्यालयका विभिन्न संकायको भर्ना शुल्क स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयलाई ४८ घण्टे अल्टिमेटमसहित यथाशीघ्र मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्। अन्यथा, थप कडा आन्दोलनात्मक कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ।

जय ने.बि. संघ
जय नेपाल 🇳🇵❤️

मिति २०८२/०५/०७ शनिबार का दिन नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरञ्चौर कास्की कमिटी द्वारा आयोजित ह...
24/08/2025

मिति २०८२/०५/०७ शनिबार का दिन नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरञ्चौर कास्की कमिटी द्वारा आयोजित हरितालिका तीज विशेष दर खाने तथा सुभकामना आदान प्रदान कार्यक्रम मा हाम्रो निमन्त्रणा लाई सहर्ष स्वीकार गरी पाल्नु हुने सम्पूर्ण मा हार्दिक आभार प्रकट गर्दछौं । यस पर्व ले सबैमा हर्स, उल्लास, सद्धभाव, एकता, कायम गरोस् । विशेष गरी सम्पूर्ण दिदी बहिनी हरुलाई हरितालिका तीज को हार्दिक मंगलमय शुभकामना,
जय नेपाल
जय नेबि संग❤️🙏

यहि मिति २०८२/०५/०७ गतेका दिन नेपाल विधार्थी संघ , प्राकृतिक श्रोत व्यवस्थापन कलेज , पुरुन्चौर ले तिज बिशेष दर खाने तथा ...
22/08/2025

यहि मिति २०८२/०५/०७ गतेका दिन नेपाल विधार्थी संघ , प्राकृतिक श्रोत व्यवस्थापन कलेज , पुरुन्चौर ले तिज बिशेष दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हुदा सम्पुर्ण ने बि संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरुन्चौर परिवारलाई हार्दिक स्वागत गर्दछ ।।
जय नेपाल
जय ने बि संघ🙏❤️

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।यस विशेष दिनले सबैमा श्रद्धा, भक्ति र सकारात्मक ऊर्जा जागृत ...
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।यस विशेष दिनले सबैमा श्रद्धा, भक्ति र सकारात्मक ऊर्जा जागृत गरोस्, सबैको जीवन सुख, शान्ति र समृद्धिले भरियोस् ।❤️🙏

हार्दिक श्रद्धासुमन सुशील दा!!नेपाली काँग्रेसका पूर्व पार्टी सभापति, सम्माननीय पूर्व प्रधानमन्त्री, संविधान पिता श्रद्धे...
13/08/2025

हार्दिक श्रद्धासुमन सुशील दा!!
नेपाली काँग्रेसका पूर्व पार्टी सभापति, सम्माननीय पूर्व प्रधानमन्त्री, संविधान पिता श्रद्धेय नेता स्व. सुशील कोइराला ज्यूको ८६ औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं ।
जय नेपाल !
- ने.वि. संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुराञ्चौर, कास्की

"येन बद्धो वलीराजा दानवेन्द्रो महावल: । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ||जनै पुर्णिमा तथा रक्षाबन्धन २०८२ को स...
09/08/2025

"येन बद्धो वलीराजा दानवेन्द्रो महावल: ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ||
जनै पुर्णिमा तथा रक्षाबन्धन २०८२ को सबैमा शुभकामना ❤️

वि.स. २०८२ बैशाखमा कक्षा १२ को परीक्षामा सामेल भई उत्तीर्ण हुने  सम्पूर्ण विद्यार्थी लाई हार्दिक बधाई तथा आगामी शैक्षिक,...
04/08/2025

वि.स. २०८२ बैशाखमा कक्षा १२ को परीक्षामा सामेल भई उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी लाई हार्दिक बधाई तथा आगामी शैक्षिक, सामाजिक , राजनैतिक ,व्यक्तित्व विकास तथा समुज्ज्वल भविष्यको शुभकामना साथै अनुतीर्ण हुनु हुने विद्यार्थी हरुमा पनी यो नै जिन्दगीको अन्तिम परीक्षा हो भन्ने सोचेर निरास नभई आगामी शैक्षिक, सामजिक , व्यक्तित्व विकासको यात्रातर्फ लम्कन ने.वि.संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरंचौर कास्की परिवार विशेष बधाइ तथा शुभकामना प्रदान गर्दछ ।
जय बिद्यार्थी
जय नेपाल ।❤️🇳🇵

आज मिति २०८२ /०४/११ गतेका दिन नेपाल बिद्यार्थी संघ , प्रा श्रो व्य कलेज पुरुन्चौरद्वारा छैठौं अधिबेशनबाट निर्वाचित समिति...
27/07/2025

आज मिति २०८२ /०४/११ गतेका दिन नेपाल बिद्यार्थी संघ , प्रा श्रो व्य कलेज पुरुन्चौरद्वारा छैठौं अधिबेशनबाट निर्वाचित समितिबारे क्याम्पस प्रमुख , कलेज प्रशासनलाई जानकारी गराउदै , बिद्यार्थी समस्या , पाठ्यक्रम तथा विविध बिषयमा छलफल गरियो ।

जय नेपाल
जय ने.बि संघ

राष्ट्रियता ! लोकतन्त्र !! समाजवाद !!! विद्यार्थी एकता !!!!नेपाल बिद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौर...
25/07/2025

राष्ट्रियता ! लोकतन्त्र !! समाजवाद !!! विद्यार्थी एकता !!!!
नेपाल बिद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौर, कास्की ईकाईको नियमित छैठौं अधिवेशन कार्यक्रम मिति २०८२/०४/०८ गते सु-सम्पन्न भएको छ । सो अधिवेशनबाट विनोद घिमिरेज्यूको नेतृत्वमा ११ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। नवगठित कमिटीलाइ हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना !!!
नवगठित कमिटी :
सभापति :- विनोद घिमिरे
उपसभापति :- समीक्षा ढकाल
सचिव :- सरोज ढुंगाना
कोषाध्यक्ष -: प्रसंशा पौडेल
सहसचिव :- सौगात गौतम , ऋषभ बराल
सदस्य हरु
प्रशिक्षा शर्मा
स्नेहा कुँवर
विपना आचार्य
रञ्जना सिग्देल
सुयोग अर्याल

यस कार्यसमितिले हाम्रो गौरवशाली संगठनलाई थप सशक्त बनाई अझ उचाइमा पुर्याउनुहुनेछ भन्ने विश्वास छ । राष्ट्रियता, लोकतन्त्र, विद्यार्थी एकता, समाजवाद को मूल्यमान्यतालाई सधैं आत्मसाथ गर्दै विद्यार्थी हकहितका लागि हाम्रो संगठनलाई थप गतिशिल बनाउनु हुनेछ र विद्यार्थीको विकासका निम्ति थुप्रै अवसरहरू प्रदान गर्नुहुनेछ भन्ने आशा छ । शैक्षिक बेथिति विरुद्ध र विद्यार्थी हकहितका लागि सधैं ने.वि.संघको आवाज थप बुलन्द होस् शुभकामना। साथै आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्नुभएकोमा लोक राज बडु र उहाँको कार्यसमितिलाई हार्दिक बधाई ।
जय नेपाल !!!

हिजो  मिति २०८२/०४/०८ गतेका दिन नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरुन्चौर कास्की क्याम्पस कमिटीको छ...
25/07/2025

हिजो मिति २०८२/०४/०८ गतेका दिन नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज पुरुन्चौर कास्की क्याम्पस कमिटीको छैठौं नियमित अधिवेशनबाट विनोद घिमिरे को अध्यक्षता मा ११ सदस्यिय कमिटी सर्वसम्मत गठन भएको छ । नव गठित कमिटी लाई हार्दिक बधाई एबं आगामी कार्यकालका को भव्य शुभकामना गर्दछौं र निवर्तमान सभापति लोक राज वडु को नेतृत्व को सम्पूर्ण कमिटी लाई धन्यवाद दिन चाहन्छौं।

नवगठित कमिटी :
सभापति :- विनोद घिमिरे
उपसभापति :- समीक्षा ढकाल
सचिव :- सरोज ढुंगाना
कोषाध्यक्ष -: प्रसंशा पौडेल
सहसचिव :- सौगात गौतम , ऋषभ बराल
सदस्य हरु
प्रशिक्षा शर्मा
स्नेहा कुँवर
विपना आचार्य
रञ्जना सिग्देल
सुयोग अर्याल

जय नेपाल🇳🇵

Address

Purunchour
Kaski

Telephone

+9779840516074

Website

Alerts

Be the first to know and let us send you an email when नेविसंघ,पुरुन्चौर,कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to नेविसंघ,पुरुन्चौर,कास्की:

Share