STUDY JAPAN N5 01-5333789 Bagbazar, Ktm., Nepal

STUDY JAPAN N5 01-5333789 Bagbazar, Ktm., Nepal तपाईको जापान जाने चाहना हामी पुरा गर्छौ ।
आजै आउनुस!, जापानी भाषा पढ्नुस!!, जापान जानुस!!! ।

03/12/2025
03/12/2025

जेनजी आन्दोलनमा प्रहरीले गरेको बल प्रयोगलाई लिएर कारबाही गर्न माग गर्दै रिट दायर भएपछि सर्वोच्चलाई पूर्वआईजीपी खापुङको जवाफ : “नेपाल प्रहरीले भदौ २३ र २४ गते गरेको कार्य प्रचलित कानुन बमोजिम सार्वजनिक शान्ति–सुरक्षा कायम गर्न र सरकारी तथा सार्वजनिक सम्पत्ति जोगाउन इमान्दारीका साथ गरिएको हो।
त्यसैले, उक्त घटनाका आधारमा कुनै पनि प्रहरी कर्मचारीलाई कारबाही वा सजाय गर्न मिल्दैन।”

03/12/2025
03/12/2025

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो प्रारम्भिक घोषणापत्र सार्वजनिक गरेको छ। नयाँ वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्देश्यसहित पार्टीले विद्यमान राजनीतिक, शैक्षिक, प्रशासनिक र आर्थिक संरचनामा आमूल परिवर्तन गर्ने कडा प्रस्ताव अघि सारेको छ।

पार्टीले विद्यमान संसदीय व्यवस्था अस्थिर र खर्चिलो भएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने बताएको छ। समावेशी प्रतिनिधित्वका लागि राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिका हुनुपर्ने बाध्यात्मक व्यवस्था पनि प्रस्ताव गरिएको छ।

श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको छ। पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास तथा अनिवार्य श्रम–श्रमदानलाई मूल राजनीतिक दर्शनको केन्द्रमा राखेको छ। श्रम, उत्पादन र स्वावलम्बनलाई अग्रस्थानमा राख्दै राजनीतिक तथा सामाजिक रूपान्तरण सम्भव हुने पार्टीले दाबी गरेको छ।

शिक्षा क्षेत्रमा पार्टीले निकै कडा र नयाँ नीति प्रस्ताव गरेको छ। विद्यालयमा हप्ताको तीन दिन मात्र सैद्धान्तिक पढाइ गर्ने र बाँकी चार दिन विद्यार्थीलाई उत्पादन, सिर्जना र सीपमूलक कार्यमा लगाउने योजना घोषणापत्रमा समावेश छ। १२ कक्षासम्म खाना पकाउन, लुगा सिउन जस्ता जीवनोपयोगी सीप अनिवार्य गरिनेछ। १२ कक्षा सकिएपछि अनिवार्य सैनिक तालिम लिएको प्रमाण नबुझाईकन उच्च शिक्षा पढ्न नपाइने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

राष्ट्रियता र सुरक्षा नीतिमा पार्टीले कडा धारणा अघि सारेको छ। देशभर सक्रिय सबै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (आईएनजीओ) खारेज गर्ने र सीमा सुरक्षाका लागि नेपाली सेनालाई सिमानामा खटाइने बताइएको छ। विदेशी नागरिकसँग विवाह गर्नेले नेपालमा पाँच वर्ष निरन्तर बसोबास गरेको प्रमाण र आफ्नै नागरिकता त्यागेको कागज पेस गरेपछि मात्र नेपाली नागरिकता पाउने प्रस्ताव पनि घोषणापत्रमा राखिएको छ।

आर्थिक नीतिमा ‘वैज्ञानिक कर प्रणाली’ लागू गर्ने, धनी वर्गबाट बढी कर उठाउने र गरिब तथा श्रमिकलाई सहुलियत दिने भनिएको छ। ‘एक गाउँ–एक उद्योग’, ‘एक घर–एक स्वरोजगार’ नीति लागु गरिने र विदेशी लगानी बिनासर्त मात्र स्वीकार गरिने प्रतिबद्धता जनाइएको छ।

सुशासनका विषयमा पार्टीले कठोर नीति अघि सारेको छ। सरकारी कर्मचारीले गल्ती गरेमा सरुवा होइन—सीधै बर्खास्त गर्ने प्रावधान ल्याइनेछ। पत्रकारिता, कर्मचारी प्रशासन र न्यायालयलाई पूर्ण रूपमा गैरराजनीतिक बनाउने र सबै सरकारी बैठक तथा प्रक्रियालाई प्रत्यक्ष सार्वजनिक प्रसारणमार्फत पारदर्शी बनाउने योजना छ।

नयाँ पुस्ताका गुनासा सम्बोधन गर्न ‘जेनजी आयोग’ गठन गर्ने प्रस्ताव पनि गरिएको छ। धर्मनिरपेक्षता कायम राख्दै करकाप वा लालचमा धर्म परिवर्तन गराउन नपाइने नीति पार्टीले लिएको छ।

धरानमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका हर्क साम्पाङले यो घोषणापत्रमार्फत आफू अब राष्ट्रियस्तरको वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुन खोजेको स्पष्ट संकेत दिएका छन्।

03/12/2025
25/08/2025

सिमाना मिच्न पाइदैन छिमेकी देश नेपाल लाइ हेप्न पाइदैन 🥰🥰🥰🇳🇵🇳🇵🇳🇵



25/08/2025

Address

Bagabazar Road(way To Putali Sadak, Suit Palace Building 4th Floor, Near P. K. College East South Side Corner/Opposite VIP Marg)
Kathmandu

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+97715333789

Website

Alerts

Be the first to know and let us send you an email when STUDY JAPAN N5 01-5333789 Bagbazar, Ktm., Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to STUDY JAPAN N5 01-5333789 Bagbazar, Ktm., Nepal:

Share