08/04/2026
विद्यार्थी मैत्री एवं प्राज्ञिक वातावरण कायम गर्न हार्दिक अपिल !
त्रि–चन्द्र बहुमुखी क्याम्पसको शैक्षिक प्रशासनिक सुधार, दीर्घकालीन रूपमा प्राज्ञिक वातावरणलाई थप सुदृढ बनाउनेका निम्ति यस विद्यार्थीको निर्वाचित साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन, त्रि–चन्द्र बहुमुखी क्याम्पस कार्य समितिले सम्बन्धित सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछ ।
---
(१) शिक्षकवर्गको हकमा:
(क) त्रि.वि. नियमअनुसार वा क्याम्पस प्रशासनले तय गरे अनुसार अनिवार्य अध्यापनका निमित्त समयमा कक्षा कोठामा उपस्थित हुनु पर्ने।
(ख) विद्यार्थीको जिज्ञासा एवं प्रश्नमा सौहार्दपूर्ण एवं सम्मानपूर्ण ढंगमा उत्तर दिनु पर्ने।
(ग) प्रयोगात्मक कक्षामा अनिवार्य उपस्थित हुने तथा कक्षाको पूरा समय विद्यार्थी संग रहनु पर्ने।
(घ) विभागीय प्रमुखको हकमा क्याम्पस समयभर अनिवार्य विभागमा उपस्थित हुनुपर्ने।
नोट: उपरोक्त विषयमा Monitoring & Evaluation गर्न मासिक विद्यार्थीबाट शिक्षक मूल्यांकन
(Teacher’s Review by student) गराईने र गैर जिम्मेवारी देखिएमा नाम सार्वजनिक गरिनेछ।
---
(२) कर्मचारी प्रशासनको हकमा:
(क) त्रि.वि. नियमअनुसार वा क्याम्पस प्रशासनले तय गरे बमोजिम आफ्नो कार्यस्थलमा पूरा समय अनिवार्य रहनुपर्ने।
(ख) विद्यार्थीको जायज कामलाई असहज नठानी सम्भवपूर्ण तरिकाले गर्नुपर्ने।
(ग) Administrative Protocol लाई उल्लंघन नगर्न / नगराउन।
नोट: प्रशासनिक प्रक्रिया बाहिरका काम अथवा गैर जिम्मेवारी सवालमा
"Student's Hearing" मार्फत मूल्यांकन एवं कारवाही सिफारिस कार्य अगाडि बढाइने छ।
_ _
(३) विद्यार्थीको हकमा:
(क) क्याम्पस हाताभित्रका भौतिक संरचना, चोट बिर्का, खेलकुद सामग्री, प्रयोगात्मक सामग्रीको संरक्षण गर्नुपर्ने।
(ख) क्याम्पस हाताभित्र सरसफाइ एवं शान्त राख्न पूर्ण सहयोग गर्नुपर्ने।
(ग) शिक्षक एवं कर्मचारीसंग आदरपूर्वक प्रस्तुत हुँदै सभ्यकारी ढंगमा प्रस्तुत हुने।
(घ) क्याम्पसका शैक्षिक गतिविधिसंग पूर्ण जानकारी रहनुपर्ने।
विद्यार्थी–विद्यार्थी बीचको फरक मत / जात / धर्म / लिङ्ग / भूगोल वा कुनै पनि फरकपनको सम्मान गर्दै (Agree To Disagree) अनुरूप कुनै भेदभाव देखाउनु नपर्ने।
यस विषयमा पीडितहरूले शिक्षा प्रशासन वा स्व.वि.यु.मा जानकारी गराउने।
(ङ) गैर कानुनी एवं अनैतिक क्रियाकलापमा संलग्न नहुने एवं लागू औषधि वा सूर्तिजन्य पदार्थको प्रयोग नगर्ने।
(च) Student Review एवं Student's Hearing मार्फत शिक्षक / कर्मचारीको
Evaluation मा स्व.वि.यु.लाई सहयोग एवं समन्वय गर्नुपर्ने।
(छ) आफ्नो सिर्जनशीलता एवं विचारलाई नेतृत्व गर्दै सधैँ क्याम्पसको हितका निम्ति प्रशासन, शिक्षक, कर्मचारी एवं स्व.वि.यु.सँग पूर्ण सहयोग लिनु।
(ज) कर्तव्य पालन गर्दै विद्यार्थीको हक र हितको लागि आवाज उठाउने।
_ _ _
(४) विद्यार्थी संगठन, क्लब एवं समूहहरूको हकमा:
(क) आफ्ना कार्यक्रमको उद्देश्य, अनुमानित लागत तथा आवश्यक सहयोगका लागि स्व.वि.यु. समक्ष पूर्व सूचना सहित जानकारी गराउनु पर्ने।
(ख) क्याम्पस हाताभित्र आफ्नो सूचना, ब्यानर अथवा स्टिकर प्रयोग तोकिएको सूचना मात्र गर्नु पर्ने।
(ग) कुनै पनि कार्यक्रम सूचना वा अपिलका लागि पठान पाठन चलिरहेको समयमा कक्षा कोठालाई भाव नपार्ने तथा ब्रेकको समयमा मात्र कक्षा कोठामा प्रवेश गर्नु पर्ने।
(घ) विद्यार्थीको हक हित एवं समस्या समाधानका निमित्त स्व.वि.यु.सँग समन्वय एवं एकताबद्ध रहने।
(ङ) आफ्नो उद्देश्य र वैचारिक विषयमा संवाद एवं बहस मार्फत सुसूचित गर्ने।
अन्त्य
अतः हाम्रो यस अपिलले क्याम्पससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाई
एकताबद्ध एवं जिम्मेवारीबोध बनाउनेमा आशावादी रहँदै क्याम्पस प्रशासनलाई
उपरोक्त विषयको प्रत्याभूतिको निमित्त खबरदारी गर्न चाहन्छौं।
धन्यवाद।
बोधार्थ
१. श्री क्याम्पस प्रमुख, त्रि–चन्द्र बहुमुखी क्याम्पस।
२. त्रि.वि. प्राध्यापक संघ, त्रि–चन्द्र बहुमुखी क्याम्पस इकाई।
३. त्रि.वि. कर्मचारी संघ, त्रि–चन्द्र बहुमुखी क्याम्पस इकाई।
४. सम्पूर्ण विद्यार्थी संगठन, समूह एवं क्लबहरू।
गोविन्द कोइराला
अध्यक्ष
स्वतन्त्र विद्यार्थी युनियन