University of Nepal

University of Nepal Official page of University of Nepal

-- प्रेस विज्ञप्ति--**नेपाल विश्वविद्यालयको पहिलो प्राज्ञिक कार्यक्रमको उद्घाटन**अवधारणागत चिन्तन-मनन तथा गुणस्तरीय उच्च...
23/04/2026

-- प्रेस विज्ञप्ति--
**नेपाल विश्वविद्यालयको पहिलो प्राज्ञिक कार्यक्रमको उद्घाटन**
अवधारणागत चिन्तन-मनन तथा गुणस्तरीय उच्चशिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने रणनीतिक सोचद्वारा निर्देशित सात वर्षको अनवरत प्रयासपछि स्थापित नेपाल विश्वविद्यालयले आफ्नो पहिलो प्राज्ञिक कार्यक्रमका रूपमा सार्वजनिक नीति विषयक स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गर्ने उद्देश्यले २०८३ साल वैशाख ९ गते आयोजना गरिएको उद्घाटन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।
करिब तीन घण्टासम्म चलेको उक्त कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति, संरक्षक परिषद्का सदस्यहरू, पदाधिकारीहरू, शिक्षक, कर्मचारी, नवप्रवेशी विद्यार्थीहरूका साथै लोकसेवा आयोगका सदस्य मा. माधव बेलवासे, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि प्रा. डा. हृदयरत्न वज्राचार्य, अमेरिका स्थित न्यु मेक्सिको विश्वविद्यालयका प्राध्यापक आलोक बोहोरा लगायत राष्ट्रिय जीवनका मूर्धन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उक्त समारोहमा सञ्चालन गर्न लागिएको स्नातकोत्तर तहको सार्वजनिक नीति कार्यक्रमको उद्देश्य, पाठ्यक्रम संरचना तथा संलग्न प्राध्यापकहरूको सूचीबारे प्रकाश पारिएको थियो।
नेपाल विश्वविद्यालका संस्थापक कुलपति डा. विन्दु लोहनीले नवप्रवेशी विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रेरणादायी सन्देश दिनुभयो। उहाँले अध्ययनका क्रममा ज्ञान आर्जन गर्दा शिक्षकहरूसँग मात्र होइन, आफ्ना सहपाठीहरूसँग पनि सहकार्य गर्दै सिक्न सुझाव दिनुभयो। साथै, प्राप्त ज्ञानलाई निरन्तर अद्यावधिक गर्दै उत्कृष्टता हासिल गर्न जीवनपर्यन्त सिकिरहनुपर्नेमा जोड दिनुभयो। उहाँले स्नातकोत्तर तहका विद्यार्थीले विश्वविद्यालयबाट ज्ञान र सीप आर्जन गर्ने मात्र नभई विश्वविद्यालय स्वयंको विकासमा समेत योगदान पुर्‍याउनुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो।
यसअघि उपकुलपति डा. अर्जुन कार्कीले नेपाल विश्वविद्यालयको ऐतिहासिक विकास प्रक्रियाबारे संक्षिप्त प्रकाश पार्दै यस विश्वविद्यालयलाई यो तहसम्म ल्याइपुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण स्वदेशी तथा विदेशी मित्रहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
उपकुलपति डा. कार्कीले विद्यार्थीहरूलाई विश्वविद्यालयको मूल मन्त्र ‘५ सी’ — इन्टेलेक्चुअली कम्पिटेन्ट, क्रिटिकल थिङ्किङ, कम्युनिकेशन स्किल, क्रियटिभिटी, र कमिटमेन्ट फर सोसाइटी — को अवधारणालाई आत्मसात् गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो।
कार्यक्रममा नेपाल विश्वविद्यालयका अन्तरराष्ट्रिय सल्लाहकार, टोकियो विश्वविद्यालयका इमेरिटस प्राध्यापक डा. सिगेरु मोरिचीले विकासशील देशमा सार्वजनिक नीति विषयको अध्ययनको महत्वबारे प्रकाश पार्दै कार्यक्रमको सफलताका लागि पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

सूर्यराज आचार्य
रजिष्ट्रार
१० वैशाख २०८३

आमा: The first teacher, the first friend, and the forever love. ❤️​यस मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा सुस...
17/04/2026

आमा: The first teacher, the first friend, and the forever love. ❤️
​यस मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्तिको हार्दिक मंगलमय शुभकामना।

13/04/2026
नेपाल विश्वविद्यालयको Master of Public Policy (MPP) को कक्षा आगामी वैशाख १४ देखि काठमाडौंमा सुरु हुँदैछ। भर्नाका लागि के...
01/04/2026

नेपाल विश्वविद्यालयको Master of Public Policy (MPP) को कक्षा आगामी वैशाख १४ देखि काठमाडौंमा सुरु हुँदैछ। भर्नाका लागि केही सीमित सिट अझै बाँकी रहेकाले सार्वजनिक नीतिमा खँदिलो ज्ञान र व्यवहारिक सीप सहित पेशागत क्षेत्रमा सफलता हासिल गर्न इच्छुक जुनसुकै विषयमा कम्तिमा स्नातक उपाधि भएकालाई आवेदन दिन आह्वान गर्दछौं।
पहिलो ब्याचका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।

**UNepal Registrar Meets Leaders of Prestigious Universities in the UAE**This week, Dr. Surya Raj Acharya, Registrar of ...
27/02/2026

**UNepal Registrar Meets Leaders of Prestigious Universities in the UAE**
This week, Dr. Surya Raj Acharya, Registrar of the University of Nepal (UNepal), held meetings with senior executives of leading universities in the United Arab Emirates.

During these meetings, Dr. Acharya presented the rationale behind the establishment of UNepal, highlighting its institutional vision, distinctive features, and ambition to develop as a premier university committed to academic excellence and social responsibility. He shared that UNepal is preparing to launch its Master’s program in Public Policy in the near future and will welcome its first undergraduate cohort in August 2026, offering various majors under a Liberal Arts and Sciences framework. He emphasized UNepal’s strong commitment to learning from global best practices and exploring opportunities for academic and research collaborations.

During the visit, Dr. Acharya met with Prof. Tod A. Laursen, Chancellor of American University of Sharjah; Prof. Arthur King, Acting Dean of Mohammed Bin Rashid School of Government; and Prof. Carol Brandt, Associate Vice-Chancellor, Prof. Awam Ampka, Vice-Provost, and Prof. Erich Dietrich, Vice-Provost, of New York University Abu Dhabi.

During the meetings, senior leadership of all these universities highly appreciated UNepal’s vision and initiatives and discussed possible collaboration in areas such as curriculum development, faculty and student exchanges, joint research, and other academic activities.

...सरकार, उद्योग र शैक्षिक क्षेत्र मिलेर समृद्धिका लागि राष्ट्रिय सहकार्य गर्ने निक्कीको प्रस्ताव...नेपाल–भारत उद्योग वा...
08/02/2026

...सरकार, उद्योग र शैक्षिक क्षेत्र मिलेर समृद्धिका लागि राष्ट्रिय सहकार्य गर्ने निक्कीको प्रस्ताव...

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल विश्वविद्यालयले नेपालमा व्यवसायमैत्री वातावरण सिर्जना गर्न स्थायी संरचनाको रूपमा उद्योग–शैक्षिक–सरकार आइएजी संरचना गठन गर्न सरकारसमक्ष प्रस्ताव पेसस गरेका छन्।
Details :
https://www.hamroartha.com/news/128983

काठमाडौं । नेपालभारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल विश्वविद्यालयले नेपालमा व्यवसायमैत्री वातावरण सिर्जना...

सरकार, उद्योग र शैक्षिक क्षेत्र मिलेर समृद्धिका लागि राष्ट्रिय सहकार्य गर्ने निक्कीको प्रस्ताव...नेपाल–भारत उद्योग वाणिज...
08/02/2026

सरकार, उद्योग र शैक्षिक क्षेत्र मिलेर समृद्धिका लागि राष्ट्रिय सहकार्य गर्ने निक्कीको प्रस्ताव...

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल विश्वविद्यालयले नेपालमा व्यवसायमैत्री वातावरण सिर्जना गर्न स्थायी संरचनाको रूपमा उद्योग–शैक्षिक–सरकार आइएजी संरचना गठन गर्न सरकारसमक्ष प्रस्ताव पेसस गरेका छन्।
Details :
https://nayapatrikadaily.com/news-details/188092/2026-02-08

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल विश्वविद्यालयले नेपालमा व्यवसायमैत्री वातावरण सिर्जना गर्न

नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बेंग्लोरबिच समझदारीपत्रमा हस्ताक्षर
29/01/2026

नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बेंग्लोरबिच समझदारीपत्रमा हस्ताक्षर

भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आइआइएस्सी), बेंग्लोर र नेपाल विश्वविद्यालयबिच

*नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच समझदारीपत्रमा हस्ताक्षर*भारतको प्रतिष्ठित विश्वविद्यालय...
29/01/2026

*नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच समझदारीपत्रमा हस्ताक्षर*

भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आइआईएस्सी), बैंगलोर र नेपाल विश्वविद्यालयबीच हिजो विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, अनुसन्धान तथा अन्य प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ।

सो अवसरमा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यले ‘बोर्ड अफ ट्रस्टी’ मा आधारित स्वायत्त शासकीय स्वरूपलगायत नेपाल विश्वविद्यालयको समग्र संरचना तथा भावी योजनाबारे प्रस्तुति गर्दै उत्कृष्ट प्राज्ञिक गुणस्तर सुनिश्चित गर्न आइआईएस्सी जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यको महत्वमाथि प्रकाश पार्नुभयो। आइआईएस्सी बैंगलोरका निर्देशक प्रा. गोविन्दन रंगराजनले नेपाल विश्वविद्यालयको विकासका लागि विभिन्न प्राज्ञिक गतिविधिमा सहकार्यमार्फत सहयोग गर्ने तत्परता व्यक्त गर्नुभयो। उहॅाले नेपाल विश्वविद्यालयले स्नातक तहमा ‘लिबरल आर्ट एण्ड साइन्स’ अवधारणा अन्तर्गत सुरु गर्न लागेको ‘एकीकृत विज्ञान’ को पाठ्यक्रम संरचना आइआईएस्सी को स्नातक कार्यक्रमसँग धेरै हदसम्म मिल्दोजुल्दो रहेकाले दुवै संस्थाबीच साझेदारीको राम्रो सम्भावना रहेको भन्दै प्रा. रंगराजनले टिप्पणी गर्नुभयो।

आइआईएस्सी बैंगलोरको सहकार्य तथा सहयोगप्रतिको सदाशयताप्रति धन्यवाद ज्ञापन गर्दै नेपाल विश्वविद्यालय संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष श्री लालकृष्ण केसीले आइआईएस्सी जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यबाट प्राप्त हुने हरेक सम्भावनालाई नेपाल विश्वविद्यालयले विद्यार्थीको अध्ययन–अध्यापन, फ्याकल्टीको क्षमता अभिवृद्धि तथा संयुक्त अनुसन्धानका लागि सदुपयोग गर्ने बताउनुभयो।

आइआईएस्सी बैंगलोरको निमन्त्रणामा नेपाल विश्वविद्यालयका संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष इ. लालकृष्ण केसी, रजिस्ट्रार डा. सूर्यराज आचार्य तथा स्नातक कार्यक्रमका निर्देशक डा. करण ठगुन्ना सहभागी तीन सदस्यीय प्रतिनिधिमण्डलले आइआईएस्सीका अन्तरराष्ट्रिय विभागका प्रमुख, विभिन्न संकायका डीनहरू, विभागका प्रमुखहरू तथा अन्य प्राध्यापकहरूसँग सहकार्यका विविध पक्षबारे छलफल तथा अन्तरक्रिया गरेको थियो। यस क्रममा नेपाल विश्वविद्यालयको टोलीले विज्ञान शिक्षक तालिम, हावापानी परिवर्तन अध्ययन, दिगो प्रविधि विकास, विज्ञान–प्रविधि सीप विकास लगायतका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न कर्नाटकाको चल्लाकेरमा अवस्थित आइआईएस्सी को नयाँ क्याम्पसको समेत अवलोकन–भ्रमण गरेको थियो।

👉𝐌𝐏𝐏 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐑𝐞𝐨𝐩𝐞𝐧𝐞𝐝 – 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐞𝐚𝐭𝐬 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞!👈https://unepal.edu.np/application-form
27/01/2026

👉𝐌𝐏𝐏 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐑𝐞𝐨𝐩𝐞𝐧𝐞𝐝 – 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐞𝐚𝐭𝐬 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞!👈
https://unepal.edu.np/application-form

पूर्वाधार विज्ञ आचार्यको प्रश्न, ‘जान्ने विद्यार्थीले डाक्टर–इन्जिनियर नै बन्नुपर्ने हो र ?’काठमाडौँ । नेपाल विश्वविद्या...
27/01/2026

पूर्वाधार विज्ञ आचार्यको प्रश्न, ‘जान्ने विद्यार्थीले डाक्टर–इन्जिनियर नै बन्नुपर्ने हो र ?’

काठमाडौँ । नेपाल विश्वविद्यालयका रजिष्ट्रार तथा पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले नेपालमा पढाइमा अब्बल विद्यार्थीले विज्ञान तथा प्रविधि विषय नै रोज्नुपर्ने बाध्यात्मक सामाजिक मनोविज्ञानमाथि प्रश्न उठाएका छन् । उनले राम्रो ग्रेड ल्याउने विद्यार्थी डाक्टर वा इन्जिनियर नै बन्नुपर्ने भन्ने परम्परागत सोच गलत भएको टिप्पणी गरेका हुन् ।

आचार्यले सोमबार सामाजिक सञ्जालमा आफ्नो अनुभव साट्दै स्कुले जीवनमा प्रथम हुँदा शिक्षकहरूले नै ‘पाइलट बन्ने बुद्धि’ भएको भन्दै विज्ञान विषय पढ्न प्रेरित गरेको स्मरण गरेका छन् । एसएलसीसम्म राम्रो अङ्क ल्याएपछि आफू पनि त्यही सामाजिक दबाब र मनोविज्ञान अनुसार ‘प्लान’ पढ्न गएको र भारतबाट इन्जिनियर बनेको उनले उल्लेख गरेका छन् । तर, उच्च शिक्षाका लागि विदेश जाँदा विकसित मुलुकमा राम्रो ग्रेड ल्याउने विद्यार्थीको रोजाइ विज्ञान मात्र नभई कानुन, अर्थशास्त्र र व्यवस्थापनजस्ता विषय पनि हुने गरेको उनले बताएका छन् ।

विकसित देशहरूमा मेधावी विद्यार्थीले विषयभन्दा पनि कुन विश्वविद्यालय उत्कृष्ट भन्ने कुरालाई प्राथमिकता दिने र स्नातकको पछिल्लो चरणमा मात्रै रुचि अनुसारको विषय छनोट गर्ने अभ्यास रहेको उनले प्रष्ट पारेका छन् । नेपालमा भने अझै पनि केही सीमित विद्यालयबाहेक अन्यत्र राम्रो श्रेणी ल्याउने विद्यार्थीले डाक्टरी वा इन्जिनियरिङ नै पढ्नुपर्छ भन्ने मानसिकता बलियो रहेको उनको भनाइ छ ।

उनले कानुन र अर्थशास्त्रजस्ता अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण विषयमा राम्रो ग्रेड ल्याउने विद्यार्थी किन आकर्षित हुँदैनन् भन्दै आश्चर्य प्रकट गरेका छन् । विद्यार्थी, अभिभावक र शिक्षकहरूमा यस्ता विषयको महत्त्वबारे पर्याप्त जानकारी नहुँदा समस्या देखिएको आचार्यको निष्कर्ष छ । विज्ञान–प्रविधि मात्र नभई समाज विज्ञान, मानविकी तथा कला–साहित्यलगायत हरेक विधामा उत्तिकै सम्भावना रहेको उनले औँल्याएका छन् । यो विषय शिक्षा नीति र सार्वजनिक बहसमा गम्भीर रूपमा नउठाइएको भन्दै उनले अब यसमा बहस गर्नुपर्ने समय आएको बताएका छन् ।

काठमाडौँ । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा पढाइमा अब्बल विद्यार्थीले विज्ञान तथा प्रविधि विषय नै ....

26/01/2026

👉𝐌𝐏𝐏 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐑𝐞𝐨𝐩𝐞𝐧𝐞𝐝 – 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐞𝐚𝐭𝐬 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞!👈
𝑊𝘦 𝘵ℎ𝘢𝑛𝘬 𝘢𝑙𝘭 𝘢𝑝𝘱𝑙𝘪𝑐𝘢𝑛𝘵𝑠 𝑎𝘯𝑑 𝑜𝘵ℎ𝘦𝑟𝘴 𝘧𝑜𝘳 𝘵ℎ𝘦𝑖𝘳 𝘪𝑛𝘵𝑒𝘳𝑒𝘴𝑡 𝑎𝘯𝑑 𝑡𝘩𝑒 𝑜𝘷𝑒𝘳𝑤𝘩𝑒𝘭𝑚𝘪𝑛𝘨 𝘪𝑛𝘲𝑢𝘪𝑟𝘪𝑒𝘴 𝘳𝑒𝘨𝑎𝘳𝑑𝘪𝑛𝘨 𝘰𝑢𝘳 𝘔𝑎𝘴𝑡𝘦𝑟 𝑜𝘧 𝘗𝑢𝘣𝑙𝘪𝑐 𝑃𝘰𝑙𝘪𝑐𝘺 (𝑀𝘗𝑃) 𝘱𝑟𝘰𝑔𝘳𝑎𝘮. 𝑊𝘦 𝘢𝑟𝘦 𝘦𝑛𝘤𝑜𝘶𝑟𝘢𝑔𝘦𝑑 𝑏𝘺 𝘵ℎ𝘦 𝘴𝑡𝘳𝑜𝘯𝑔 𝑖𝘯𝑡𝘦𝑟𝘦𝑠𝘵 𝘴ℎ𝘰𝑤𝘯 𝘪𝑛 𝑡𝘩𝑖𝘴 𝘨𝑟𝘢𝑑𝘶𝑎𝘵𝑒 𝑝𝘳𝑜𝘨𝑟𝘢𝑚.
𝘈𝑓𝘵𝑒𝘳 𝘤𝑜𝘮𝑝𝘭𝑒𝘵𝑖𝘯𝑔 𝑡𝘩𝑒 𝑓𝘪𝑟𝘴𝑡 𝑟𝘰𝑢𝘯𝑑 𝑜𝘧 𝘢𝑝𝘱𝑙𝘪𝑐𝘢𝑡𝘪𝑜𝘯𝑠 𝑎𝘯𝑑 𝑖𝘯𝑡𝘦𝑟𝘷𝑖𝘦𝑤𝘴, 𝑎 𝑓𝘦𝑤 𝑎𝘱𝑝𝘭𝑖𝘤𝑎𝘯𝑡𝘴 𝘥𝑖𝘥 𝘯𝑜𝘵 𝘮𝑒𝘦𝑡 𝑡𝘩𝑒 𝑝𝘳𝑜𝘨𝑟𝘢𝑚 𝑐𝘳𝑖𝘵𝑒𝘳𝑖𝘢, 𝑝𝘢𝑟𝘵𝑖𝘤𝑢𝘭𝑎𝘳𝑙𝘺 𝘵ℎ𝘦 𝘳𝑒𝘲𝑢𝘪𝑟𝘦𝑚𝘦𝑛𝘵 𝘰𝑓 𝑡𝘸𝑜 𝑦𝘦𝑎𝘳𝑠 𝑜𝘧 𝘧𝑢𝘭𝑙-𝑡𝘪𝑚𝘦 𝘢𝑣𝘢𝑖𝘭𝑎𝘣𝑖𝘭𝑖𝘵𝑦. 𝘈𝑠 𝑎 𝑟𝘦𝑠𝘶𝑙𝘵, 𝑎 𝑙𝘪𝑚𝘪𝑡𝘦𝑑 𝑛𝘶𝑚𝘣𝑒𝘳 𝘰𝑓 𝑠𝘦𝑎𝘵𝑠 𝑟𝘦𝑚𝘢𝑖𝘯 𝘢𝑣𝘢𝑖𝘭𝑎𝘣𝑙𝘦.
𝑇𝘩𝑒 𝑀𝘗𝑃 𝑝𝘳𝑜𝘨𝑟𝘢𝑚 𝑖𝘴 𝘯𝑜𝘸 𝘳𝑒𝘰𝑝𝘦𝑛𝘪𝑛𝘨 𝘢𝑝𝘱𝑙𝘪𝑐𝘢𝑡𝘪𝑜𝘯𝑠 𝑓𝘰𝑟 𝑞𝘶𝑎𝘭𝑖𝘧𝑖𝘦𝑑 𝑎𝘯𝑑 𝑐𝘰𝑚𝘮𝑖𝘵𝑡𝘦𝑑 𝑐𝘢𝑛𝘥𝑖𝘥𝑎𝘵𝑒𝘴. 𝐴𝘱𝑝𝘭𝑖𝘤𝑎𝘵𝑖𝘰𝑛𝘴 𝘸𝑖𝘭𝑙 𝑏𝘦 𝘤𝑜𝘯𝑠𝘪𝑑𝘦𝑟𝘦𝑑 𝑜𝘯 𝘢 𝘳𝑜𝘭𝑙𝘪𝑛𝘨 𝘣𝑎𝘴𝑖𝘴, 𝑎𝘯𝑑 𝑠𝘦𝑎𝘵𝑠 𝑤𝘪𝑙𝘭 𝘣𝑒 𝑓𝘪𝑙𝘭𝑒𝘥 𝘢𝑠 𝑞𝘶𝑎𝘭𝑖𝘧𝑖𝘦𝑑 𝑎𝘱𝑝𝘭𝑖𝘤𝑎𝘵𝑖𝘰𝑛𝘴 𝘢𝑟𝘦 𝘳𝑒𝘤𝑒𝘪𝑣𝘦𝑑.

Apply Now:

Website for University of Nepal

Address

Sano Gaucharan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when University of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share