22/03/2026
देशलाई चाहिने मानविकी र समाजविज्ञानको पढाइ, तर घट्दै विद्यार्थीको आकर्षण किन?
मानविकी र समाजशास्त्र अध्ययनको वर्तमान अवस्था, यसको आवश्यकता, अन्तरविषयक अध्ययनको महत्व र भविष्यका सम्भावनाबारे साउथ एशिया इन्स्टिच्युट अफ हिस्ट्री एन्ड फिलोसफी (SiHP) का Shailesh Pandey र Kanak Mani Dixit सँग गरिएको विशेष अन्तरवार्ता।
Shailesh Pandey ले भनेझैं, अहिलेको AI र Large Language Models (LLMs) लाई मानविकीको प्रयोगशाला जस्तो हेर्न सकिन्छ। LLMs केही भाषामा अत्यन्त दक्ष भए पनि अन्य भाषामा सीमित हुन्छन्, र यही असमानता मानविकी अध्ययनका लागि अवसर सिर्जना गर्छ। प्रविधि अब केवल प्राविधिक प्रश्नहरूको लागि होइन; यसको मूल चुनौती दर्शन, शक्ति र अर्थ सिर्जना जस्ता मानवीय सवालहरूसँग सम्बन्धित छ। यी प्रणालीहरूमा पूर्वाग्रह, निर्णयशक्ति र सामाजिक संरचना कसरी उत्पन्न हुन्छन् भन्ने हामी वास्तविक समयमा अवलोकन गर्न सक्छौं। यसले मानविकीका पुराना प्रश्नहरूलाई empirically परीक्षण गर्ने अवसर दिएको छ। Pandey का अनुसार, “हामीलाई New Humanities आवश्यक छ जसले यी परिणामहरूलाई विश्लेषण र व्याख्या गर्न सक्छ।”
त्यस्तै, Kanak Mani Dixit ले मानविकी र समाजशास्त्रको अध्ययन समाजमा नेतृत्वदायी र नीतिगत निर्णयमा सक्रिय जनशक्ति उत्पादन गर्न कति महत्वपूर्ण छ भन्ने कुरा स्पष्ट पारेका छन्।
यसै सन्दर्भमा SiHP ले MA in History and Philosophy र Post-Graduate Diploma in History & Philosophy कोर्समार्फत मानविकी, इतिहास, दर्शन, समाज र प्रविधिबीचको अन्तरसम्बन्धमा अध्ययन–अध्यापन प्रवर्द्धन गर्दै आएको छ।
🔗 Full article: https://www.ukaalo.com/news/33005/
हाम्रा विकास नीति–योजनादेखि कैयौँ कुरा प्रभावकारी हुन नसक्नुको एउटा प्रमुख कारण मानिस अर्थात् समाजसँग टाढिनु प...