Chirag Higher Secondary Boarding School-OFFICIAL

Chirag Higher Secondary Boarding School-OFFICIAL Best educational institute of Nepal.

20/04/2026

जानकारी !
========

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइबहिनीहरु,

विद्यालयको वार्षिक कार्यपात्रो (क्यालेन्डर) मा उल्लेख भए बमोजिम बैशाख ६ गते आइतबारदेखि विद्यालयको पठनपाठन विविध कारणले संचालन गर्न नसकेकोमा क्षमाप्रार्थी छौँ । विद्यालय संचालनमा विलम्ब हुँदा पाठ्यक्रम र पाठ्यपुस्तकले निर्दिष्ट गरेका उद्देश्यहरु प्राप्त गर्न तोकिए बमोजिमको पाठ्यभार नपुग्ने देखिएको र लामो समयसम्म विद्यार्थीहरु कक्षाकोठा भन्दा बाहिर रहँदा उनीहरुको सिकाईमा गम्भीर असर पर्ने भएको हुँदा भोलि बैशाख ८ गते मंगलबारदेखि औपचारिक रुपले विद्यालय खोलेर सिकाई सम्बन्धि विविध क्रियाकलापहरु संचालन गर्ने निर्णय भएकोले सोही बमोजिम गर्नु गराउनु हुन यहाँहरु सबैमा सादर अनुरोध छ।

भोलिदेखि पूर्ववत् रुपमा विद्यालयका सवारी साधनहरु पनि संचालन हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिको लागि पुनः अनुरोध गरिन्छ।
धन्यवाद।

13/04/2026

शुभकामना !
========

नव बर्ष २०८३ सालको पावन अवसरमा विद्यालयका आदरणीय संस्थापक सदस्यहरु, सेयरदाता महानुभावहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु, शिक्षक-अभिभावक संघका सदस्यहरु, आदरणीय अभिभावकहरु, पूर्व शिक्षक, शिक्षिका तथा कर्मचारीहरु, भूतपूर्व विद्यार्थीहरु, हाल विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरु, विद्यार्थी भाइबहिनीहरु लगायत सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

नयाँ बर्ष २०८३ को सुखद अवसरमा यहाँहरु सबैमा सुस्वास्थ्य,, दीर्घायु र सफलताको कामना गर्दछौं । नयाँ बर्षले यहाँहरु सबैमा सुख, खुसी र समृद्धि ल्याउन सकोस् , शुभकामना !


विद्यालय परिवार

शुभकामना !=========आज चैत्र १९ गते बिहिवारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा हाम्रो विद्यालयबाट  सहभाग...
01/04/2026

शुभकामना !
=========

आज चैत्र १९ गते बिहिवारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा हाम्रो विद्यालयबाट सहभागी हुने सम्पूर्ण प्रिय विद्यार्थी भाइबहिनीहरुमा सफलताको शुभकामना !

Best Wishes Program of Class X
21/03/2026

Best Wishes Program of Class X

आज मिति २०८२/१०/०९ गते शुक्रबार वसन्त पञ्चमी/श्री पञ्चमीको पावन अवसरमा यस चिराग आ•  मा • वि• गल्याङ-३, स्याङ्जामा विगतका...
23/01/2026

आज मिति २०८२/१०/०९ गते शुक्रबार वसन्त पञ्चमी/श्री पञ्चमीको पावन अवसरमा यस चिराग आ• मा • वि• गल्याङ-३, स्याङ्जामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विद्याकी देवि सरस्वतीको पूजा आराधाना भव्य रुपमा सम्पन्न गरियो ।

Saraswoti Pooja Special

 #सरस्वती पूजा २०८२ तथा शुभ अक्षरारम्भ कार्यक्रम !================================बसन्त पञ्चमी अर्थात्  सरस्वती पूजाको श...
20/01/2026

#सरस्वती पूजा २०८२ तथा शुभ अक्षरारम्भ कार्यक्रम !
================================

बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको शुभ अवसरमा यस विद्यालयले विद्यालय सुरु गर्ने उमेर पुगेका वालवालिकाहरुको लागि विधिपूर्वक अक्षरारम्भ कार्यक्रम संचालन गर्ने भएकोले सम्पूर्ण आदरणीय अभिभावकज्युहरुलाई आगामी माघ ९ गते शुक्रबार बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म विद्यालयमा उपस्थित भएर लाभान्वित हुनुहुन सादर अनुरोध छ।

उक्त दिन भर्ना हुने विद्यार्थीहरुका लागि विगतका वर्षहरूमा जस्तै प्रि-नर्सरी कक्षाहरु संचालन हुने समेत सहर्ष जानकारी गराउन चाहान्छौँ। यस्ता कक्षाहरु निशुल्क संचालन हुने र अहिले भर्ना भएका विद्यार्थीहरु शैक्षिकसत्र २०८३ को नर्सरी कक्षामा स्वत: भर्ना हुने कुरा समेत जानकारीको लागि अनुरोध छ।

पुन्श्च : नयाँ शैक्षिकसत्रको लागि मन्टेश्वरी र पूर्व-आधारभूत तहका विद्यार्थीहरुको लागि खेल्दै सिक्ने अवसरका लागि सुविधासम्पन्न बाल उद्यान समेत निर्माण हुन लागेको सहर्ष जानकारी गराइन्छ।

धन्यवाद !!

 #हार्दिक बधाई !==========गत पौष १ गते श्री सार्वजनिक नमुना मा.वि., गल्याङ-२ मालुङ्गाले आयोजना गरेको नगरपालिका स्तरीय हा...
20/12/2025

#हार्दिक बधाई !
==========

गत पौष १ गते श्री सार्वजनिक नमुना मा.वि., गल्याङ-२ मालुङ्गाले आयोजना गरेको नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा #तृतीय स्थान तथा हिजो पौष ४ गते श्री गण्डकी मा.वि. गल्याङ-९ आपचौरले आयोजना गरेको अत्यन्तै प्रतिस्पर्धात्मक हाजिरीजवाफ प्रतियोगितामा #द्वितीय स्थान हासिल गरी विद्यालयको गरिमा वृद्धि गर्न सफल मेधावी विद्यार्थीहरु श्री दीप गाहा(कक्षा-१०), श्री सुदीक्षा खनाल (कक्षा -९) तथा श्री कमल पाण्डे (कक्षा-९) लाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं ।
उक्त दुबै प्रतियोगिताहरुमा सहभागी भएर विभिन्न स्थान प्राप्त गर्ने सम्पूर्ण विद्यालयहरु र विद्यार्थीहरुमा समेत हार्दिक बधाई सहित थप सफलताको लागि शुभकामना व्यक्त गरिन्छ।

Congratulations English Spelling Competition
18/12/2025

Congratulations
English Spelling Competition

Congratulations 🎈🍾🎉 Text  Book Quiz Competition
18/12/2025

Congratulations 🎈🍾🎉
Text Book Quiz Competition

Congratulations 🎈🎉🎊Science Quiz Competition
18/12/2025

Congratulations 🎈🎉🎊
Science Quiz Competition

Congratulations English Dictation
17/12/2025

Congratulations
English Dictation

Congratulations Nepali Dictation
17/12/2025

Congratulations
Nepali Dictation

Address

Galyang Municipality/3
Syangja
33815

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 15:00
Sunday 06:00 - 17:00

Telephone

+97763460101

Website

Alerts

Be the first to know and let us send you an email when Chirag Higher Secondary Boarding School-OFFICIAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share