01/01/2026
दिनाङ्क 31 दिसम्बर 2025 बुधवारको दिन 20 अगस्त 1964 को दिन स्थापना भएको *त्रिरत्न ५५५ समाज* रंगीत मझुवाको नयाँ भवनको उद्घाटन गरियो। जमिनदाता ईन्द्र थिम्रा कुलुङको करकमलबाट पूजा अर्चना गरि नरिवल फुटाएपछि समाजकै सभापति भरत खालिङको हातबाट रिबन काटेर नवनिर्मित समाज घरभित्र प्रवेश गरेपछि समाजका सचिव सुरेन कुलुङले कार्यक्रमलाई सुचारु ढङ्गमा सञ्चालन गरेका थिए।