New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt

  • Home
  • India
  • Sheohar
  • New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt
Call Directions Website Contact the university

New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt New Galaxy Higher Secondary School is also a +2 College of Science, Management, Tourism and Hotel Management studies at Pokhara, Nepal.

विश्व पर्यटन दिवस मनाउन न्यू ग्यालेक्सी दिगो पर्यटन क्लबको बैठक सम्पन्न; इको-हाइक गरिनेन्यू ग्यालेक्सी दिगो पर्यटन क्लबक...
22/09/2026

विश्व पर्यटन दिवस मनाउन न्यू ग्यालेक्सी दिगो पर्यटन क्लबको बैठक सम्पन्न; इको-हाइक गरिने

न्यू ग्यालेक्सी दिगो पर्यटन क्लबको यस वर्षको तेस्रो बैठक क्लबकी अध्यक्ष प्रजना कुमारी खत्री (कक्षा १२, होटल म्यानेजमेन्ट, सेक्सन 'बी') को अध्यक्षतामा सम्पन्न भएको छ। आगामी सेप्टेम्बर २७ मा मनाइने ४७औँ विश्व पर्यटन दिवस को अवसरमा आयोजना गरिने विशेष कार्यक्रमहरूको तयारीका लागि उक्त बैठक डाकिएको हो। यस वर्षको विश्व पर्यटन दिवसको नारा "Digital Agenda and Artificial Intelligence to Redesign Tourism" रहेको छ।विद्यालयका प्रिन्सिपल एवं क्लब संरक्षक डा. रामजी शर्माको प्रमुख आतिथ्यता तथा क्लब संयोजक शिक्षक विष्णु प्रसाद अधिकारी र सह-संयोजक शिक्षक भरत प्रसाद भण्डारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो।बैठकमा क्लबकी उपाध्यक्ष सविना के.सी. (कक्षा ११, सेक्सन 'सी') ले स्वागत मन्तव्यसहित कार्यसूची (एजेण्डा) प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सह-सचिव अनुस्का कोइराला (कक्षा ११, सेक्सन 'बी') ले गर्नुभएको थियो।

बैठकका मुख्य निर्णयहरू:
(१) इको-हाइक (Eco-Hike): विश्व पर्यटन दिवसको अवसरमा क्लबले एकदिने 'Eco-Hike' आयोजना गर्ने निर्णय गरेको छ।
(२) अध्ययन अनुसन्धान: वर्तमान डिजिटल युग र यस वर्षको नारालाई आत्मसात गर्दै कृत्रिम बौद्धिकता (AI) ले ग्रामीण पर्यटन तथा पर्या-मार्ग (Eco-Trail) को विकास र प्रवर्द्धनमा पार्न सक्ने प्रभावबारे विशेष अध्ययन गरिने भएको छ।







Culinary delights at New Galaxy by HM Students
16/09/2026

Culinary delights at New Galaxy by HM Students







15/09/2026
उद्वारकोषमा न्यू ग्यालेक्सी परिवारबाट रु ५,१७,७७७/- सहयोगहालसालै नेपालको भोटेकोशीमा गएको विध्वंसकारी बाढीका कारण पिडित प...
15/09/2026

उद्वारकोषमा न्यू ग्यालेक्सी परिवारबाट रु ५,१७,७७७/- सहयोग

हालसालै नेपालको भोटेकोशीमा गएको विध्वंसकारी बाढीका कारण पिडित परिवारको उद्धार र पुनर्स्थापनाका लागि पोखरा नदिपुरमा अवस्थित न्यू ग्यालेक्सी मा वि का विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जाने गरी :

👉 हिसान कास्की मार्फत रु ३,१७,७७७ /- र
👉 नेसनल प्याब्सन कास्की मार्फत रु २,००,००० गरी
👉 जम्मा रु ५,१७,७७७/- प्रदान गरियो।

उक्त राहत कोष जिल्ला अध्यक्षहरु मार्फत हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा हिसानका तर्फबाट केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डे, प्रदेश अध्यक्ष डा. रामजी शर्मा, जिल्ला अध्यक्ष दिवाकर जैसी र जिल्ला उपाध्यक्ष पुरन कुँवर उपस्थित हुनुहुन्थ्यो भने नेसनल प्याब्सनका तर्फबाट केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्की जिल्ला अध्यक्ष मनकाजी गुरुङ, जिल्ला वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी तथा जिल्ला कोषाध्यक्ष राजु कायस्थ उपस्थित हुनुहुन्थ्यो।

उक्त रकम विद्यालयका प्रिन्सिपल तथा हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्मा, विद्यालयका निर्देशक तथा नेसनल प्याब्सन कास्कीका कोषाध्यक्ष राजु कायस्थ तथा विद्यालयका भाइस प्रिन्सिपल राजेश भण्डारीद्वारा संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो।





14/09/2026

💐 श्री कृष्ण जन्माष्टमी कार्यक्रम (प्राइमरी तहबाट) 💐







💐 Teej Special 2083 at New Galaxy 💐
13/09/2026

💐 Teej Special 2083 at New Galaxy 💐

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

🌺 Wishing a Blessed and Joyful Haritalika Teej! 🌺👉 On this beautiful occasion, we extend our warmest wishes to all our s...
13/09/2026

🌺 Wishing a Blessed and Joyful Haritalika Teej! 🌺

👉 On this beautiful occasion, we extend our warmest wishes to all our students, faculty, staff, and well-wishers. May the festival of Teej bring happiness, prosperity, and a strong spirit of togetherness to our school/college community.

👉 To all the incredible women shaping futures inside and outside our classrooms—may your day be as bright and colorful as the festivities around us!

🔴✨Happy Teej! 🥳🎊

💐 हार्दिक बधाई 💐न्यासनल प्याब्सन कास्कीको नवौ जिल्ला अधिवेशनबाट यस  न्यू ग्यालेक्सी विद्यालयका निर्देशक राजु कायस्थज्यू ...
08/09/2026

💐 हार्दिक बधाई 💐
न्यासनल प्याब्सन कास्कीको नवौ जिल्ला अधिवेशनबाट यस न्यू ग्यालेक्सी विद्यालयका निर्देशक राजु कायस्थज्यू कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा अध्यक्ष मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, उपाध्यक्ष राजु के. सी., सचिव शिवराज पौडेल लगायत सबै निर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरूमा विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

डा.रामजी शर्मा
प्रिन्सिपल
तथा विद्यालय परिवार

Address

Nadipur, Pokhara
Sheohar

Alerts

Be the first to know and let us send you an email when New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to New Galaxy School / +2 College of Science, Management, Tourism & Hotel Mgmt:

Shortcuts

Share