09/10/2026
प्राध्यापक तथा कार्मचारी संघद्वारा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजनाhttps://dmc.tu.edu.np/news/1276प्राध्यापक तथा कार्मचारी संघद्वारा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना
आश्विन २३
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा त्रि. वि. प्राध्यापक संघ तथा कर्मचारी संघको संयुक्त आयोजनामा विजया दशमी, शुभदिपावली, नेपाल संवत, छठ लगायत नेपालीहरुका महान चाड पर्वको अवसरमा क्याम्पस परिवरमा एकआपसमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजान गरियो । यस क्याम्पस कार्यरत प्राध्यापक तथा कर्मचारीहरुमा विजया दशमी तथा शुभ दिपावलीको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान गर्नु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथिको आसनबाट क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले संस्थागत विकासमा गुणात्मक सहभागिता र सक्रियता आवश्यक रहेको विचार व्यक्त गर्दै सबै प्राध्यापक, कर्मचारी, विद्यार्थी, अविभावक, शिक्षाप्रेमी तथा समाजसेवीहरुमा शुभकामना प्रदान गर्नु भएको थियो । क्याम्पस प्रमुख सह प्रा. डा. सुदर्शन सिलवालले क्याम्पस परिवारमा शुभकामना प्रदान गर्दै क्याम्पसको गुणात्मक अभिवृद्धिमा साझा भावना बनाएर अगाडी बढेमा संस्थालाई पनि शुभ हुने विचार व्यक्त गर्नु भएको थियो । यस कार्यक्रमा इतिहास विभागका विभागीय सदस्य रामचन्द्र शर्माले शुभकामना सम्बद्ध गजल वाचन गर्नु भएको थियो । यसै गरी विभागीय प्रमुखहरुको तर्फबाट ध्रुवराज गौतम, पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक संघको पूर्व सभापतिको तर्फबाट गोविन्दराज गौतम, सहायक क्याम्पस प्रमुख त्रय डा. डिल्लीराज गौतम, हिरलाल रेग्मी तथा हरिप्रसाद पाण्डेयले शुभकामना व्यक्त गर्दै क्याम्पस परिवार तथा यस क्याम्पस परिवारसंग सम्बद्ध सबैमा सुख, शान्तिका साथै संस्थागत विकासमा क्याम्पस परिवार एक भएर अग्रसर हुन सकेमा उत्तम रहने विचार व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम त्रि वि प्रगगतिशील कर्मचारी संगठनका वरिष्ट उपाध्यक्ष भुपाल चालिसेको स्वागत, प्राध्यापक संघ एकाइ समितिका सभापति भक्तिराम न्यौपानेको अध्यक्षता तथा कर्मचारी संघका सभापति शिवराज पन्तको सञ्चालन सम्पन्न भएको थियो ।