24/09/2026
विद्यालय बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना
भद्रपुर नगरपालिकाबाट प्राप्त जानकारी तथा मौसम विज्ञान विभागले जारी गरेको प्रतिकूल मौसमसम्बन्धी सूचनालाई मध्यनजर गर्दै यस विद्यालयका साथै कक्षा ११ र १२ (Plus Two) का सम्पूर्ण कक्षाहरू मिति २०८३/०६/०९ गते शुक्रबारदेखि २०८३/०६/११ गते आइतबारसम्म बन्द रहने व्यहोरा सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ।
उक्त अवधिको बिदा आगामी हिउँदे बिदाबाट कट्टा गरिनेछ।
मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राखी सबैले आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।
शिशु निकेतन इङ्लिस स्कुल, भद्रपुर