19/08/2024
सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा 'क्लाेज क्याम्प' सकिएकाे छ। प्रदेशस्तरकाे छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशाेधनकाे सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ। पार्टी परिपक्व हुने चरणमा छ। हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं। स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौ। अबको यात्रा संयम र धैर्य सहित परिस्कृत बैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथी उठेर सुसंस्कृत राजनीतिक अभ्यासको । संसारभरका रास्वपा परिवारका साथीहरू लाई धेरै-धेरै माया र सम्झना।