BFIP Nepal ( Best Fund of Impressive Process)

BFIP Nepal ( Best Fund of Impressive Process) Best Fund of Impressive Process
www.bfipnepal.tk

22/02/2018

"5th Nationwide Seminar on What After SEE" काे चौथो कार्यक्रम यहिँ मिति २०७४/११/१२ गते, शनिवार बिहान ७ बजे, पृथ्वी माध्यमिक विद्यालय, कालिका ७ मा
हुने भएको छ। आउने होइन त भोलेन्टिएर भएर सहभागी हुन 😊😊

18/02/2018

"5th Nationwide Seminar on What After SEE" काे तेस्रो कार्यक्रम यहिँ मिति २०७४/११/०७ गते बिहान १० बजे, चतुर्मुखी माध्यमिक विद्यालय, कालिका ९, शक्तिखोरमा
हुने भएको छ। यस दिनको कार्यक्रमलाई CDP Centre 003, आयोजकको रूपमा रहने छ।
5th Session को कार्यक्रमहरु मध्ये भोलि हुने कार्यक्रम हाम्रोलगि निकै महत्वपूर्ण छ।

अनि हामी बिर्सन चाहान्नौ 5th Session लागि सहयोग गर्ने Forbes College, Bharatpur - 2 र New Ultimate IT Institute, Kalika-6 लाई।

15/02/2018

"5th Nationwide Seminar on What After SEE" काे दोस्रो कार्यक्रम यहिँ मिति २०७४/११/०४ गते बिहान ७ बजे, राष्ट्रिय माध्यमिक विद्यालय, गर्दासमा
हुने भएको छ।

23/02/2017

चितवनको ग्रामिण ठाउ, गर्दास अनि त्याँहाको सरकारी बिधालय, राष्ट्रिय माध्यामिक बिधालय, दाहाखानी ९, गर्दासमा कक्षा १० मा अध्ययन गरिरहोको बिध्यार्थीहरुलाई भोलि BFIP Nepal ले उच्च शिक्षा र त्यस्को अवसरहरु, छात्रवृति, ग्रेड सम्बन्धि जानकारीहरु, कलेज, बिषय कसरि छनोट गर्ने, ईग्जाम कसरी फेस गर्ने भन्ने बिषयमा जानकारीमुलक एक दिने सेमिनार गर्ने भएको छ| उक्त कार्यक्रममा भोलेन्टिएरको रुपमा सहभागि हुन चाहाने व्यक्तिहरुले कमेन्ट गरिदिनु होला |
कार्यक्रम बिहान ७ बजे सुरु हुनेछ|






Yes ! We Can Do

16/10/2016

के मैले सहि निर्णय गरे ?
--------------------
धेरै पहिले देखी एउटा कार्यक्रमको बारेमा सोचेको थिए, त्यो थियो 'जुटपानीमा बृहत सास्कृँतिक कार्यक्रम गर्ने' तर अरु भन्दा अलि फरक, अलि पृथक जस्ले आफैमा केहि महत्व बोक्न सकोस् |
अक्सर सास्कृँतिक कार्यक्रमहरु क्षणिक मनोरन्जनको लागी मात्र हुने गर्छ, मैले चाहेको थिए हामिले गर्ने कार्यक्रम क्षणिक मनोरन्जनमा मात्र सिमित नहोस... ताकि यस्ले दिगो सन्देश दिन सकोश युवा शक्तिको, एकताको, भाईचाराको , आपसि सदभाव, सहयोग र सहकार्यको |

अन्तत समय जुरेरै छाड्यो, र त्यो समय थियो २०७२ साल, सम्भवत कसैले भुल्न नसक्ने बर्ष, जस्ले पिडा र कष्ट मात्र दिएर गयो | गोरखा भुकम्पले हल्लिएको देश अनि भारतिय नाकाबन्दिले थल्लिएको देश जाँहा हामि राम्रो सँग हास्न सकेका थिएनै, कष्टपुण दैनिकि चलिरहेको अव्स्था थियो, तर यो भन्दा पनि मुख्य समस्या एउटै गाँउ (तिवारी चोक-गैडेखोला-जुटपानी-जुटपानी तल्लो बजार) भएपनि युवा युवा बिच बड्दैगएको दुरी जस्ले रेकिने नाम लिएको थिएन | यस्तो परिस्थितिमा हामिले राष्ट्र र राष्ट्रियताको निम्ति हामि स्वाभलम्बि युवा भन्ने मुल नारा सहित जुटपानीमा नै लामो समयको अन्तरालमा "बृहत सास्कृतिक कार्यक्रम -२०७२" आयोजना गर्याै | १२ दिन को तयारीमा भएको कार्यक्रम भव्यरुपमा सु-सम्मपन्न गरायौ र सबैको राम्रो प्रतिक्रिया पायौ | जुन आश गरेभन्दा बढि थियो हाम्रो लागी, यो हुनुमा म हाम्रो कमिटि मेम्बर,सल्लाहाकार, सहयोगि संग संस्था एव स्वयमसेवक का सदस्यहरुलाई धन्यवाद दिन चाहान्छु | आझ बिषेश गरी मन्जु सिम्खडा, सुजन पोख्रेल, बिष्णु अधिकारी, पुष्कल बस्नेत, जगदिश अधिकारी, बिनोद मगर,पवन अधिकारी, सुजन रायमाझी, अर्जुन थपलिया, ईश्वर बुढाथोकी, दिवस बस्नेत, निराजन गैली, राजु पाठक, बाबुराम पैाडेल, निर्मला थापा, सुवास राेग्मि.... कतिको त यतिबेला नाम याद आएको छैन तर त्यस कार्यक्रमलाई सफल बनाउन दिनरात खेटेको झलझलि सम्झिरहेछु; यति बेला | त्यो कार्यक्रमको सफलताको जस उनिहरुलाई जान्छ |

एकैछिन भएपनि हामिले सबैलाई हसायौ, दुख कष्ट भुलाएर नचायौ, अनि मुख्य कुरो थोराै भएपनि युवा युवा बिच बढेको दुरी घटायौ | र महसुस पनि गरियो कि यो दुरी यति लामो छ कि एउटा कार्यक्रमले यस्लाई सजिलै घटाउन असम्भव छ, र यस्लाई निरन्तरता दिनु जरुरी छ र त्यति बैलानै हामिले भनेका थियौ यो कार्यक्रम आगामि बर्षहरुमा पनि गरिने छ |

समय बित्दै गयो, समय संगै सबै आ-आफ्नो कामतिर पहिले भन्दा धेरै व्यस्त हुन थाले, र यउटा चिन्ताले सताउन थाल्यो, काहि मेनपावर (Support) नभएर कार्यक्रम निरन्तरता दिन पो नसकिने हो कि ? गाउमा भएका सक्रिय युवाहरु पनि गाउमा नभएपछि एक्लैले आट गर्न मैले सकिन | यसै बिच नसोचेको भयो, हामि भन्दा तल्लो जेनेरेशनले (भाई बहिनीहरु) आज बिहान कार्यक्रम गरै भनेर हौसला दिए | तपाई आच्म्म हुनु होला त्यो भुराहरुले (समाजले भन्ने) कार्यक्रम गरै भन्दा के नसोचेको भयो त ? यो दिपेश बैलायो पनि भन्न भ्याउनु भो होला | मैले खुद कसैको मुखबाट सुनिसकेको छु | यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनु हुन्छ, म संग प्रशस्त तर्कहरु छन् जस्ले तपाईको सोच गलत सवित गर्न सक्छ | तपाई मध्दे कतिले मलाई राम्रो संग चिन्नुहुन्छ, २०६४ सालमा जब म १३ बर्षको थिए त्यो बेला देखि BFIP Nepal भन्ने संस्था स्थापना गरेर समाजसेवामा लागेको थिए, २०६८ सालमा जब म १७ बर्षको थिए त्यो बेला BFIP Cup Football टुर्नामेन्ट को संयोजक रहेर कार्यक्रम सफल बनाएका थियौ, र स्मरण रहोस त्यो प्रतियोगिता चितवनको महिनाको उत्कृष्ट कार्यक्रम भएको थियो, र त्यो बेलाको गा. वि. स. सचिवले कार्यक्रमको समापनमा १७ बर्षका युवाहरुले गरेको बृहत कार्यक्रमको निकै प्रशंशा गरेका थिए | म त्यो कार्यक्रममा सहयोग गर्ने सम्पुणमा पुन आभार व्यक्त गर्न चाहान्छु | यस्ता धेरै कार्यक्रमहरु यस बिच गरियो, आज तिनिहरु जस्ले कार्यक्रम गरु भनेर हैसला दिए तिनिहरुमा त्यो बेलेको मेरो जोस र जागरलाई सम्झन्छु त्यो दिपेशलाई सम्झनुछु |
र आज किनहो किन निकै खुसी छु कारण के भने एक बर्ष अगाडि गरेको कार्यक्रमको सबैभन्दा ठुलो उपलव्दि/प्रतिफल सम्भवत कसैले पनि त्यो समय सोच्न भ्याएका थिएन् जुन आज पाउदै छु | कम्तिमा हामिले भविश्यका ति युवाहरुलाई त्यो कार्यक्रमको माध्ययमबाट केहि गर्न सकिदो रहेछ भन्ने प्रेरणाको स्रोत बन्न सफल भएका रहेछौ | यो खुसि भनेको एउटा आमाले सानो बच्चालाई आमा आमा भन्नेर सिकाउदा तोते बोलिमा पहिलो पल्ट आमा भनेर फर्काउदा ति आमा जति खुसि हुन्छ त्यति नै खुसि मैले पाएको छु | अरुले भन्लान भुराहरुसंगमिलेर के कार्यक्रम गर्छस् अनि म भन्छु ति भुरा सधैको भुरा पक्कै होईन् , हामि पनि त्यो उमेर पार गरेर आएका हौ, त्यो बेला हामिमा पनि जोस जागर थिए होला, तिनिहरु नै भविश्यको समाजका पिल्लरहरु हुन र हामिले बेलैमा राम्रो जग हाल्दिनु पर्ने हुन्छ | र मैले निर्णय गरे यो बर्ष म जुटपानि-गैडाखोला-तिवारी चोक का हामि भन्दा तल्लो जेनेरेसन( भाई बहिनि) संग मिलेर कार्यक्रम गर्नेछौ | तिनिहरुको हौसला मर्न दिने छैन | संगै हिडाउने छु , नजानेको सिकाउनेछु, उनिहरुलाई नै अगाडि बढाउछु ताकि भविश्यमा हाम्रो अनुपस्थितिमा पनि समाजको महत्वपुण जिम्मेवारीहरु उनिहरुले सम्हाल्न सकुन | र कार्यक्रमको स्लोगन पनि तयार पारे "समाजको जिम्मेवारी बोक्दै हामी युवा" !

मैले बुझेको यो त केवल जिम्मेवारी हस्तान्तरणको प्रकृया हो, जस्लो अहिले सामाजिक एव राजनितिक क्षेत्रमा भएको जेनेरेसन ग्याप हटाउन मद्दत पुर्याउन सक्छ |

के मैले सहि निर्णय गरे ?
यदि गरे भने तपाईको सहयोग हुन्छ त ?
मैले मेरो जिम्मेवारी बहन गरे जस्तो लाग्छ तपाई ले नि ?

14/11/2015

शुभ दिपावली २०७२ को हार्दिक मंगलमय शुभकामना सहित BFIP Nepal को मुल आयोजना, कालिका सेवा समाज र स्थानिय युवाहरुको सह- आयोजनामा भव्यरुपमा सम्पन्न भएको बृहत सास्कृतिक कार्यक्रम २०७२ को प्रसारण क्रिस्टल टेलिभिजन बाट साझ ६ बजे प्रसारण हुनेकुरा सम्पुर्णमा जानकारी गराईन्छ।

10/11/2015

शुभ दिपावली २०७२ को हार्दिक मंगलमय शुभकामना सहित BFIP Nepal को मुल आयोजना, कालिका सेवा समाज र स्थानिय युवाहरुको सह- आयोजनामा हुनलागेको बृहत सास्कृतिक कार्यक्रम २०७२ मा उपस्थिति भईदिनुहुनको सम्पुणमा हार्दिक आमन्त्रण गर्दछौ।
मिति :२०७२/०७/२५ बिहान ११ बजे
स्थान : जुटपानी चौर।

कलाकारहरु
मिलन लामा, कृष्ण भट्टराई,नेत्रजी पन्त,आमित रसाईली,शरण लम्साल तथा स्थानिय कलाकारहरु।

शुभ दिपावलि २०७२ को अवसर पारेर "राष्ट्र र राष्ट्रियताको लागी हामी स्वाभलम्बि युवा " भन्ने मुलनाराका साथ BFIP Nepal बाट "...
29/10/2015

शुभ दिपावलि २०७२ को अवसर पारेर "राष्ट्र र राष्ट्रियताको लागी हामी स्वाभलम्बि युवा " भन्ने मुलनाराका साथ BFIP Nepal बाट "बृहत संस्कृतिक कार्यक्रम - २०७२" आयोजना हुन गईरहेको कुरा संपुर्णमा सहर्ष जानकारी गराउन चाहान्छौ।

साथै उक्त कार्यक्रममा याँहाको सहयोग एव समन्वयको हामिलाई सधै खाचो छ।

थप जानकारीको लागी
दिपेश बस्नेत :९८४५३५५७७७
जगिदश अधिकारी :९८४५३२६१२३
सुवास राग्मी : ९८४५६७५६१४
अर्जुन थपलीया :९८४५०२४०५९

सक्दाे सेयर गराै ।

20/07/2015

संविधानको मस्यौदा माथी यहि श्रावण ४ र ५ गते आफ्नो निर्वाचन क्षेत्रको शुझाव संकलन कार्यक्रम मा सहभागी भै शुझाब उपलब्ध गराउन हार्दिक अनुरोध गरिन्छ ।

बि एफ आइ पि नेपाल

19/06/2015

SLC परिक्षामा सफल हुनु भएका सम्पुण भाई बहिनिहरुमा हार्दिक बधाई तथा उच्च शिक्षाको निम्ति आग्रिम शुभकामना।

BFIP परिवार

08/06/2015

आज ४५ दिन पुगेको स्मृतिमा BFIP Nepal द्रारा माहा भुकम्पमा परेर मृत्यु भएका जनहरुको आत्माको चिर शान्तिको निम्ति करिब १०००० मैनबत्ति बालेर शोक सभा गर्यौ।
उक्त कार्यक्रमको निम्ति सहयोग पुर्याईदिनु हुने संपुण संघ संस्था, व्यक्तिहरुमा पनि हामि ह्रदय देखि धन्यवाद दिन चाहान्छौ। साथै शोक सभामा उपस्थिति भइ दिनुभएका संघ संस्थाका प्रतिनिधि, समाजसेवि, पत्रकार, सुरक्षा निकाए एव संमपण जनसमुदाय प्रति पनि हार्दिक आभार प्रकट गर्न चाहान्छौ।
BFIP Nepal परिवार

र याे अाजकाे कान्तिपुरबाट । यति सम्म पनि हुन्छन त काेहि । :(
08/06/2015

र याे अाजकाे कान्तिपुरबाट । यति सम्म पनि हुन्छन त काेहि । :(

Address

Jutpani
Bharatpur
977

Alerts

Be the first to know and let us send you an email when BFIP Nepal ( Best Fund of Impressive Process) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to BFIP Nepal ( Best Fund of Impressive Process):

Share