16/10/2016
के मैले सहि निर्णय गरे ?
--------------------
धेरै पहिले देखी एउटा कार्यक्रमको बारेमा सोचेको थिए, त्यो थियो 'जुटपानीमा बृहत सास्कृँतिक कार्यक्रम गर्ने' तर अरु भन्दा अलि फरक, अलि पृथक जस्ले आफैमा केहि महत्व बोक्न सकोस् |
अक्सर सास्कृँतिक कार्यक्रमहरु क्षणिक मनोरन्जनको लागी मात्र हुने गर्छ, मैले चाहेको थिए हामिले गर्ने कार्यक्रम क्षणिक मनोरन्जनमा मात्र सिमित नहोस... ताकि यस्ले दिगो सन्देश दिन सकोश युवा शक्तिको, एकताको, भाईचाराको , आपसि सदभाव, सहयोग र सहकार्यको |
अन्तत समय जुरेरै छाड्यो, र त्यो समय थियो २०७२ साल, सम्भवत कसैले भुल्न नसक्ने बर्ष, जस्ले पिडा र कष्ट मात्र दिएर गयो | गोरखा भुकम्पले हल्लिएको देश अनि भारतिय नाकाबन्दिले थल्लिएको देश जाँहा हामि राम्रो सँग हास्न सकेका थिएनै, कष्टपुण दैनिकि चलिरहेको अव्स्था थियो, तर यो भन्दा पनि मुख्य समस्या एउटै गाँउ (तिवारी चोक-गैडेखोला-जुटपानी-जुटपानी तल्लो बजार) भएपनि युवा युवा बिच बड्दैगएको दुरी जस्ले रेकिने नाम लिएको थिएन | यस्तो परिस्थितिमा हामिले राष्ट्र र राष्ट्रियताको निम्ति हामि स्वाभलम्बि युवा भन्ने मुल नारा सहित जुटपानीमा नै लामो समयको अन्तरालमा "बृहत सास्कृतिक कार्यक्रम -२०७२" आयोजना गर्याै | १२ दिन को तयारीमा भएको कार्यक्रम भव्यरुपमा सु-सम्मपन्न गरायौ र सबैको राम्रो प्रतिक्रिया पायौ | जुन आश गरेभन्दा बढि थियो हाम्रो लागी, यो हुनुमा म हाम्रो कमिटि मेम्बर,सल्लाहाकार, सहयोगि संग संस्था एव स्वयमसेवक का सदस्यहरुलाई धन्यवाद दिन चाहान्छु | आझ बिषेश गरी मन्जु सिम्खडा, सुजन पोख्रेल, बिष्णु अधिकारी, पुष्कल बस्नेत, जगदिश अधिकारी, बिनोद मगर,पवन अधिकारी, सुजन रायमाझी, अर्जुन थपलिया, ईश्वर बुढाथोकी, दिवस बस्नेत, निराजन गैली, राजु पाठक, बाबुराम पैाडेल, निर्मला थापा, सुवास राेग्मि.... कतिको त यतिबेला नाम याद आएको छैन तर त्यस कार्यक्रमलाई सफल बनाउन दिनरात खेटेको झलझलि सम्झिरहेछु; यति बेला | त्यो कार्यक्रमको सफलताको जस उनिहरुलाई जान्छ |
एकैछिन भएपनि हामिले सबैलाई हसायौ, दुख कष्ट भुलाएर नचायौ, अनि मुख्य कुरो थोराै भएपनि युवा युवा बिच बढेको दुरी घटायौ | र महसुस पनि गरियो कि यो दुरी यति लामो छ कि एउटा कार्यक्रमले यस्लाई सजिलै घटाउन असम्भव छ, र यस्लाई निरन्तरता दिनु जरुरी छ र त्यति बैलानै हामिले भनेका थियौ यो कार्यक्रम आगामि बर्षहरुमा पनि गरिने छ |
समय बित्दै गयो, समय संगै सबै आ-आफ्नो कामतिर पहिले भन्दा धेरै व्यस्त हुन थाले, र यउटा चिन्ताले सताउन थाल्यो, काहि मेनपावर (Support) नभएर कार्यक्रम निरन्तरता दिन पो नसकिने हो कि ? गाउमा भएका सक्रिय युवाहरु पनि गाउमा नभएपछि एक्लैले आट गर्न मैले सकिन | यसै बिच नसोचेको भयो, हामि भन्दा तल्लो जेनेरेशनले (भाई बहिनीहरु) आज बिहान कार्यक्रम गरै भनेर हौसला दिए | तपाई आच्म्म हुनु होला त्यो भुराहरुले (समाजले भन्ने) कार्यक्रम गरै भन्दा के नसोचेको भयो त ? यो दिपेश बैलायो पनि भन्न भ्याउनु भो होला | मैले खुद कसैको मुखबाट सुनिसकेको छु | यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनु हुन्छ, म संग प्रशस्त तर्कहरु छन् जस्ले तपाईको सोच गलत सवित गर्न सक्छ | तपाई मध्दे कतिले मलाई राम्रो संग चिन्नुहुन्छ, २०६४ सालमा जब म १३ बर्षको थिए त्यो बेला देखि BFIP Nepal भन्ने संस्था स्थापना गरेर समाजसेवामा लागेको थिए, २०६८ सालमा जब म १७ बर्षको थिए त्यो बेला BFIP Cup Football टुर्नामेन्ट को संयोजक रहेर कार्यक्रम सफल बनाएका थियौ, र स्मरण रहोस त्यो प्रतियोगिता चितवनको महिनाको उत्कृष्ट कार्यक्रम भएको थियो, र त्यो बेलाको गा. वि. स. सचिवले कार्यक्रमको समापनमा १७ बर्षका युवाहरुले गरेको बृहत कार्यक्रमको निकै प्रशंशा गरेका थिए | म त्यो कार्यक्रममा सहयोग गर्ने सम्पुणमा पुन आभार व्यक्त गर्न चाहान्छु | यस्ता धेरै कार्यक्रमहरु यस बिच गरियो, आज तिनिहरु जस्ले कार्यक्रम गरु भनेर हैसला दिए तिनिहरुमा त्यो बेलेको मेरो जोस र जागरलाई सम्झन्छु त्यो दिपेशलाई सम्झनुछु |
र आज किनहो किन निकै खुसी छु कारण के भने एक बर्ष अगाडि गरेको कार्यक्रमको सबैभन्दा ठुलो उपलव्दि/प्रतिफल सम्भवत कसैले पनि त्यो समय सोच्न भ्याएका थिएन् जुन आज पाउदै छु | कम्तिमा हामिले भविश्यका ति युवाहरुलाई त्यो कार्यक्रमको माध्ययमबाट केहि गर्न सकिदो रहेछ भन्ने प्रेरणाको स्रोत बन्न सफल भएका रहेछौ | यो खुसि भनेको एउटा आमाले सानो बच्चालाई आमा आमा भन्नेर सिकाउदा तोते बोलिमा पहिलो पल्ट आमा भनेर फर्काउदा ति आमा जति खुसि हुन्छ त्यति नै खुसि मैले पाएको छु | अरुले भन्लान भुराहरुसंगमिलेर के कार्यक्रम गर्छस् अनि म भन्छु ति भुरा सधैको भुरा पक्कै होईन् , हामि पनि त्यो उमेर पार गरेर आएका हौ, त्यो बेला हामिमा पनि जोस जागर थिए होला, तिनिहरु नै भविश्यको समाजका पिल्लरहरु हुन र हामिले बेलैमा राम्रो जग हाल्दिनु पर्ने हुन्छ | र मैले निर्णय गरे यो बर्ष म जुटपानि-गैडाखोला-तिवारी चोक का हामि भन्दा तल्लो जेनेरेसन( भाई बहिनि) संग मिलेर कार्यक्रम गर्नेछौ | तिनिहरुको हौसला मर्न दिने छैन | संगै हिडाउने छु , नजानेको सिकाउनेछु, उनिहरुलाई नै अगाडि बढाउछु ताकि भविश्यमा हाम्रो अनुपस्थितिमा पनि समाजको महत्वपुण जिम्मेवारीहरु उनिहरुले सम्हाल्न सकुन | र कार्यक्रमको स्लोगन पनि तयार पारे "समाजको जिम्मेवारी बोक्दै हामी युवा" !
मैले बुझेको यो त केवल जिम्मेवारी हस्तान्तरणको प्रकृया हो, जस्लो अहिले सामाजिक एव राजनितिक क्षेत्रमा भएको जेनेरेसन ग्याप हटाउन मद्दत पुर्याउन सक्छ |
के मैले सहि निर्णय गरे ?
यदि गरे भने तपाईको सहयोग हुन्छ त ?
मैले मेरो जिम्मेवारी बहन गरे जस्तो लाग्छ तपाई ले नि ?