24/11/2025
🎉 प्रतिभावान विद्यार्थीहरूलाई हार्दिक बधाई !
भोजपुर नगरपालिकाद्वारा आयोजित नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच सम्पन्न तहगत प्रतियोगिताहरूमा हाम्रो विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्नुभएको छ।
🗣️ वक्तृत्वकला प्रतियोगिता (आधारभूत तह – कक्षा ६–८)
🥈 द्वितीय स्थान: कक्षा ८ का छात्र उदय दाहाल
💃 नृत्य प्रतियोगिता (माध्यमिक तह – कक्षा ९–१२)
🏅 सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरू:
शुष्मा शिवा (कक्षा १२)
एलिसा खड्का (कक्षा १२)
सिलिमा राई (कक्षा ११)
सन्ध्या प्रधान (कक्षा ११)
📌 विद्यार्थीहरूको उत्कृष्ट तयारी, सहभागिता तथा व्यवस्थापनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण शिक्षकज्यूहरूलाई विद्यालय परिवारको तर्फबाट विशेष धन्यवाद प्रकट गर्दछौं।
👏 सबै सफल सहभागीहरूलाई हार्दिक बधाई तथा भावी यात्राका लागि शुभकामना!