17/11/2025
पूर्वाञ्चल विश्वविद्यालय प्रविधिमैत्री दिशामा
पूर्वाञ्चल विश्वविद्यालयले सूचना तथा प्रविधिको प्रयोगमार्फत् विश्वविद्यालयबाट सम्पादन हुने विविध कार्यक्रमलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । हालै विश्वविद्यालयले केन्द्रीय कार्यालय र यस अन्तर्गतका १७ वटा निकायहरुमा सम्पादन हुने आर्थिक क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाई वैज्ञानिक ढंगबाट लेखा व्यवस्थापन चुस्त, पारदर्शी र अझ प्रभावकारी बनाउनमिति २०८२/०८/०१ गते देखि सञ्चालन हुने गरी Integrated Accounting Solution सफ्टवेयरको उपकुलपति प्रा.डा.विजु कुमार थपलियाज्यू र रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीज्यूबाट सम्पूर्ण संकाय डीनहरु, कार्यकारी निर्देशकहरु, योजना महाशाखा प्रमुख,निकायका प्रमुखहरु, प्रशासक तथा लेखा प्रमुखहरुको उपस्थितिमा संयुक्तरुपमा उद्घाटन सम्पन्न भयो ।
साथै, विश्वविद्यालयलाई थप प्रविधिमैत्री बनाउन, विश्वविद्यालयको अनुगमनलाई प्रभावकारी बनाउन एवं आवश्यक तथ्यांकहरुको वैज्ञानिक ढंगबाट संग्रह र विश्लेषण गर्न आगामी एक महिनाभित्र तयार हुने University Management System सफ्टवेयरको Demo Version को आवश्यक सुझावहरु लिने कार्य समेत सम्पन्न भयो ।
कार्यक्रमको अन्त्यमा उपकुलपतिज्यू र रजिष्ट्रारज्यूले सफ्टवेयर निर्माणमा योगदान पुर्याउने सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गर्दै डिजिटल रूपान्तरणका यस्ता थप परियोजनाहरूलाई निरन्तर अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।