Urlabari Multiple Campus

Urlabari Multiple Campus Urlabari Multiple Campus (उर्लाबारी बहुमुखी क्याम्पस)

M.A. प्रथम सेमेस्टरको परीक्षा आवेदन फारम भर्ने तथा परीक्षा तालिका सम्बन्धी सूचना ।
08/06/2026

M.A. प्रथम सेमेस्टरको परीक्षा आवेदन फारम भर्ने तथा परीक्षा तालिका सम्बन्धी सूचना ।

M.Ed. चौथो सेमेस्टरको पठनपाठन सम्बन्धी सूचना ।
08/06/2026

M.Ed. चौथो सेमेस्टरको पठनपाठन सम्बन्धी सूचना ।

'प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३' सम्बन्धी पत्रकार सम्मेलनमिति: २०८३/०२/२३, शनिवारयस उर्लाबारी बहुमुखी क्याम्पसको...
06/06/2026

'प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३' सम्बन्धी पत्रकार सम्मेलन
मिति: २०८३/०२/२३, शनिवार

यस उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा आगामी जेठ २९ र ३० गते दुई दिवसीय 'प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३' आयोजना हुन गइरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ । सोही गौरवमय कार्यक्रमको सन्दर्भमा आज मिति २०८३ साल जेठ २३ गते शनिवारका दिन क्याम्पसद्वारा एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको रूपरेखा र तयारीबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छ।

क्याम्पसले ‘उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्तन र दिगो विकास’ विषयक यस सम्मेलनमार्फत आगामी जेठ २९ र ३० गते दुई दिवसीय 'प्राध्यापक–विद्यार्थी सहकार्यात्मक अनुसन्धानात्मक लेख प्रस्तुतीकरण' (Faculty-Student Collaborative Research Paper Presentation) कार्यक्रम सञ्चालन गर्न लागेको हो।

उच्च शिक्षामा अनुसन्धान संस्कृतिको विकास गर्ने, प्राध्यापक र विद्यार्थीबीच शैक्षिक सहकार्य अभिवृद्धि गर्ने, अनुसन्धानमा आधारित सिकाइको प्रवर्द्धन गर्ने तथा नवीन ज्ञान आदान–प्रदान गर्ने मुख्य उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको हो।

पत्रकार सम्मेलनका मुख्य बुँदाहरू:
सहभागिता: सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय, आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूको व्यापक सहभागिता रहने जानकारी क्याम्पस प्रमुख खेमराज कार्कीले दिनुभएको छ।

विषयगत क्षेत्रहरू: सम्मेलनमा शिक्षा, मानविकी, व्यवस्थापन, सामाजिक विज्ञान, डिजिटल रूपान्तरण, जलवायु परिवर्तन, दिगो विकास, वित्तीय साक्षरता, सुशासन, उद्यमशीलता, गुणस्तरीय शिक्षा, समालोचनात्मक चिन्तन तथा स्थानीय एवं आदिवासी ज्ञान प्रणालीलगायत १३ वटा विषयगत क्षेत्रमा अनुसन्धानमूलक प्रस्तुतीकरण गरिने प्रचारप्रसार उपसमिति संयोजक एवं पूर्व क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले प्रष्ट पार्नुभएको छ।

क्याम्पसको गौरव र प्राज्ञिक विकास: पत्रकार सम्मेलनमा अनुसन्धान तथा प्रकाशन उपसमितिकी संयोजक सह-प्राध्यापक भीष्मकुमारी रेग्मीले पत्रकारहरूका जिज्ञासाको उत्तर दिँदै कार्यक्रम सञ्चालनको ढाँचाबारे प्रकाश पार्नुभएको थियो। त्यसैगरी, क्याम्पसका कार्यवाहक अध्यक्ष मिन प्रसाद दाहालले यो सम्मेलन क्याम्पसको इतिहासमै गौरव बढाउने महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गर्नुभएको छ।

QAA प्रक्रिया र वर्तमान अवस्था: सो अवसरमा सहायक प्राध्यापक शिवप्रसाद भट्टराईले क्याम्पसको विगत र वर्तमान अवस्थाबारे जानकारी दिँदै विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रक्रिया अन्तर्गत अन्तिम पीआरटी भिजिटले दिएका अल्पकालीन र दीर्घकालीन सुझावहरूलाई पूर्ण रूपमा कार्यान्वयन गरी प्रतिवेदन पेश भइसकेको सुखद यथार्थ सञ्चारकर्मीमाझ साझा गर्नुभएको थियो।

"यो सम्मेलनले अनुसन्धान र नवप्रवर्तनमा आधारित उच्च शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। क्याम्पसको यस प्राज्ञिक महाकुम्भलाई सफल बनाउन सम्पूर्ण सञ्चारमाध्यम, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थी महानुभावहरूबाट रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ।"

उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी, मोरङ
प्रचार–प्रसार उपसमिति

आवश्यकता सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मिति २०८३/०२/२२
05/06/2026

आवश्यकता सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति २०८३/०२/२२

विश्व वातावरण दिवस २०२६ को अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्बन्धी सूचना ।
04/06/2026

विश्व वातावरण दिवस २०२६ को अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्बन्धी सूचना ।

परीक्षा आवेदन फारम सम्बन्धी अत्यन्त जरुरी सूचना ।
03/06/2026

परीक्षा आवेदन फारम सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Exam Centre for One Yrs B.Ed Partial & Chance-2081
01/06/2026

Exam Centre for One Yrs B.Ed Partial & Chance-2081

1st UMC National Conference 2026
01/06/2026

1st UMC National Conference 2026

‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरिएको सम्बन्धमा ।मिति : २०८३/०२/१७ गते, आईतवारयस उर्लाबारी बहुमुखी क्याम्पसले स्थापना ...
01/06/2026

‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरिएको सम्बन्धमा ।
मिति : २०८३/०२/१७ गते, आईतवार

यस उर्लाबारी बहुमुखी क्याम्पसले स्थापना कालदेखि नै गुणस्तरीय तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको यहाँहरूमा सर्वविदितै छ। अबका विद्यार्थीहरूलाई श्रमबजारको मागअनुसार सक्षम, प्रतिस्पर्धी र रोजगारमुखी बनाउन उद्योग तथा शैक्षिक क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको महसुस गर्दै यस क्याम्पसद्वारा ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरिएको सहर्ष जानकारी गराउँदछौँ।
क्याम्पसको रोजगार प्रवर्धन, विद्यार्थी परामर्श तथा गुनासो सुनुवाइ उपसमितिका संयोजक श्री नगेन्द्र बहादुर घिमिरेको सभापतित्वमा मिति २०८३ साल जेठ १७ गते आयोजित एक विशेष भेलाले शिक्षा र उद्योग–व्यवसाय क्षेत्रबीचको दूरी घटाउँदै बजारको आवश्यकता, आवश्यक सीप तथा रोजगारीका सम्भावनाबारे नियमित संवाद र सहकार्य गर्ने उद्देश्यका साथ ११ सदस्यीय मञ्च गठन गरेको छ।
कार्यक्रमका मुख्य विशेषता तथा भनाइहरू:
• प्रमुख अतिथि मीना खतिवडा: उर्लाबारी बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको र दक्ष जनशक्ति उत्पादनमा सरोकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
• विशिष्ट अतिथि भोलेश्वर दुलाल (पूर्व विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष एवं उद्योगपति): दक्ष जनशक्ति उत्पादन गर्न सके युवाहरू विदेशिनुपर्ने बाध्यता कम हुने बताउँदै व्यवहारिक ज्ञान, सीपमूलक शिक्षा, कार्यक्षमता अभिवृद्धि तथा आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने धारणा राख्नुभयो। साथै, सरकारले ल्याएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए सकारात्मक परिणाम प्राप्त हुने उल्लेख गर्नुभयो।
• स्थानीय व्यवसायीहरू (सचिन शाक्य, निरु चौहान, बोधराज खतिवडा, राजीव खड्का, मुकुन्द न्यौपाने लगायत): बजारमा रोजगारीका अवसर भए पनि दक्ष जनशक्ति अभाव रहेको गुनासो गर्दै शिक्षा र उद्योग क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको सुझाव दिनुभयो।
• क्याम्पस प्रमुख खेमराज कार्की: क्याम्पस सञ्चालक समितिको अभिभावकत्व, मार्गदर्शन र सरोकारवालाहरूको सक्रिय सहभागिताबिना यस्तो प्रयास सफल हुन नसक्ने बताउँदै सबै पक्षलाई साथ दिन आग्रह गर्नुभयो। उहाँले उद्योग–क्याम्पस मञ्च स्थापना गरी कार्ययोजना, निर्देशिका र कार्यविधि निर्माण गरेर यसलाई सक्रिय रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। यसबाट शिक्षाको गुणस्तर वृद्धि हुने, युवाहरू विदेशिने क्रममा कमी आउने र सीपको विकास भई रोजगारीको नयाँ अवसरहरू सिर्जना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
गठित ११ सदस्यीय ‘उद्योग–क्याम्पस संवाद मञ्च’ को विवरण:
पद नाम
अध्यक्ष (संयोजक) : ध्रुवचन्द्र पराजुली
सहसंयोजक : निरु चौहान
सदस्य सचिव : अम्बिका गौतम
सदस्यहरू : राजीव खड्का, बोधराज खतिवडा, मनोज लुइँटेल, निर्मला गौतम, मनोरथ भण्डारी, रामु तिवारी, ईश्वरी खड्का र रञ्जु खतिवडा ।
गुणस्तर सुनिश्चितताको महत्वपूर्ण मापदण्ड मानिने QAA प्राप्तिको अन्तिम प्रक्रिया पूरा गरिसकेको यस क्याम्पसले विद्यार्थी केन्द्रित तथा रोजगारमुखी कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। क्याम्पसको यो नवीन पहलले विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। सहायक प्राध्यापक श्री मिलन ढकालबाट हाल सम्मका क्याम्पसका गतिविधीका बारेमा प्रस्तुत गर्नुभएको थियो ।
उक्त विशेष भेला तथा कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक शिव प्रसाद भट्टराईले गर्नुभएको थियो।

M.A. प्रथम सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना ।
27/05/2026

M.A. प्रथम सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना ।

Address

Aitabare
Biratnagar
56613

Opening Hours

Monday 06:00 - 11:00
Tuesday 06:00 - 11:00
Wednesday 06:00 - 11:00
Thursday 06:00 - 11:00
Friday 06:00 - 11:00
Sunday 06:00 - 11:00

Telephone

+97721540061

Alerts

Be the first to know and let us send you an email when Urlabari Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Urlabari Multiple Campus:

Share