A loyal citizen

A loyal citizen Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A loyal citizen, College & University, Butwal.

हाम्रा राष्ट्रहरूबीच प्रगाढ भू-राजनीतिक सम्बन्ध रहेको छ, जसले गर्दा धर्म, संस्कृति, व्यापार र रोजगारीका स्तम्भहरूमा नेपा...
09/03/2026

हाम्रा राष्ट्रहरूबीच प्रगाढ भू-राजनीतिक सम्बन्ध रहेको छ, जसले गर्दा धर्म, संस्कृति, व्यापार र रोजगारीका स्तम्भहरूमा नेपाल र भारतबीच एक वृहत सहमति निर्माण गर्न आवश्यक देखिन्छ।
​यद्यपि, यो साझेदारी आपसी सम्मानमा आधारित हुनुपर्दछ; नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप वा हाम्रो सार्वभौमसत्तामाथिको प्रहार स्वीकार्य छैन। यसको सट्टा, हामी विकासका समान साझेदारका रूपमा अघि बढौं।
​सम्पूर्ण नेपाली जनताको तर्फबाट, प्रधानमन्त्री मोदि ज्यू, तपाईंको बधाईका लागि म धन्यवाद व्यक्त गर्दछु❤️🌸 B***n Narendra Modi

सुर्यवंशीको कुलमा जन्मिएर सुर्यलाई सखाप पारे bro ले 😅 B***n
09/03/2026

सुर्यवंशीको कुलमा जन्मिएर सुर्यलाई सखाप पारे bro ले 😅 B***n

08/03/2026

गगन थापा नेपाली राजनीतिका त्यस्ता पात्र हुन् जसले सधैं 'सिस्टम' र 'एजेन्डा' को कुरा गरे। तर अहिलेको निर्वाचनको नतिजाले उनको १८ वर्ष लामो संसदीय यात्रामा एउटा ठूलो पूर्णविराम लगाइदिएको छ।
​सर्लाही–४ बाट चुनाव लडेका गगनलाई रास्वपाका अमरेश कुमार सिंहले भारी मतले पराजित गरेपछि अब उनी संसदमा देखिने छैनन्। गगन बिनाको नेपाली राजनीति र संसद कस्तो होला त?
​संसदको 'बौद्धिक शून्यता': संसदमा एउटा यस्तो नेताको कमी हुनेछ जो कुनै पनि विधेयक वा मुद्दामा गहिरो अध्ययन गरेर बोल्थ्यो। गगनले संसदमा गर्ने तर्कपूर्ण बहसले सदनको स्तर बढाउँथ्यो। अबको संसदमा "गगन स्टाइल" को त्यो तार्किक र ओजिलो आवाज सुनिने छैन।
​कांग्रेसको 'भविष्य' माथि प्रश्न: नेपाली कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो। तर उनी आफैँले चुनाव हारेपछि कांग्रेसभित्रको 'पुस्तान्तरण' को मुद्दा कमजोर हुन सक्छ। यसले गर्दा पार्टीभित्र पुरानै नेताहरूको पकड फेरि बलियो हुने र नयाँ पुस्तामा निराशा छाउने देखिन्छ।
​बालेन र नयाँ शक्तिको उदय: गगनको हार र बालेन शाहको समर्थन पाएका रास्वपाका उम्मेदवारहरूको जितले के सङ्केत गर्छ भने— नेपाली जनता अब 'पुराना अनुहार' बाट आजित भइसकेका छन्, चाहे ती जतिसुकै राम्रो किन नबोलुन्। अबको राजनीति 'पुराना दल' भर्सेज 'नयाँ सोच' बीचको तीव्र टक्करमा जानेछ।
​सडक र संगठनको भूमिका: संसदमा नरहे पनि गगन थापा कांग्रेसको सभापति हुन्। अब उनले आफ्नो पुरै शक्ति पार्टी सुधार्न र सडकबाटै जनदबाब सिर्जना गर्न लगाउन सक्छन्। यदि उनले यो समयलाई पार्टीको संरचना बदल्न प्रयोग गरे भने, उनी फेरि अझ बलियो भएर आउन सक्छन्।
​वास्तवमा भन्नुपर्दा, गगन संसदमा नहुनु भनेको एउटा "राम्रो थिति" बसाल्न खोज्ने इन्जिनको ब्रेक लाग्नुजस्तै हो। अबको नेपालको राजनीति अझ बढी अस्थिर र "पपुलिजम" (लोकप्रियतावाद) तर्फ ढल्किने खतरा पनि उत्तिकै छ।

07/03/2026

इतिहास रचिएको छ! बालेन शाह ज्यू, यस ऐतिहासिक र भव्य जितका लागि तपाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। यो जित केवल एक व्यक्ति वा पार्टीको सफलता होइन, यो त परिवर्तनका पक्षपाती तमाम नेपाली जनताको आशा र भरोसाको प्रतिफल हो।
तपाईंको दृढ इच्छाशक्ति र काम गर्ने शैलीले हामीमा एउटा नयाँ उर्जा भरेको छ। तर, यो जितसँगै तपाईंको काँधमा अझ ठूलो जिम्मेवारी र चुनौतीको भारी पनि थपिएको छ। हामी चाहन्छौँ, तपाईंको नेतृत्वमा देशले साँच्चै नै सुशासन र समृद्धिको नयाँ मार्ग पहिल्याओस्।
एउटा कुरा के बिर्सनु हुँदैन भने:
हामी तपाईंलाई समर्थन मात्र गर्ने अन्धभक्त होइनौँ, हामी त सचेत नागरिक हौँ। तपाईंले राम्रो काम गर्दा हामी जति खुसी भएर सडकमा उत्रिन्छौँ, यदि तपाईंको कदमले बाटो बिरायो, जनताको भावनामा चोट पुर्‍यायो वा कुनै गलत निर्णय भयो भने, हामी त्यति नै कडा रूपमा आलोचना र विरोध गर्न पनि पछि पर्ने छैनौँ। सत्ताको मादले जनभावना नकुल्चियोस् र शक्तिको दुरुपयोग नहोस् भन्नेमा हाम्रो सधैं खबरदारी रहनेछ।
आशा छ, तपाईंको यो कार्यकाल गफमा भन्दा काममा, र आश्वासनमा भन्दा परिणाममा बढी केन्द्रित हुनेछ। सधैं जनताको साथमा रहनुहोला। शुभकामना!
B***n

07/03/2026

फाल्गुन २१', 'फाल्गुन २१', 'फाल्गुन २१' गर्दा गर्दै! आज हामी फाल्गुन २३ मा छौँ। के होला, कसो होला भनी सोच्दा सोच्दै केही उत्तर पनि पायौँ। पछिल्ला छ महिना एउटा लामो सपना वा ऐठन जस्तै भए!
उफ्! देशको लागि अहिले कस्तो राहत! कम्तीमा अहिलेका लागि, तर आशा छ आगामी समयले हामीलाई फेरि धोका दिने छैन! मेरो देशको जय होस्। हाम्रो देशको जय होस्। 🇳🇵🕉️

07/03/2026

एकजना व्यक्तिको यत्रो शक्ति! ***n
B***n

07/03/2026

यहाँ रास्वपाको नेताहरु हुनुहुन्छ। याद गर्नु होला सरकार बनेसि तपाईँहरुको पहिलो महत्वपूर्ण काम टाउको ताकि ताकि गोलि हान्न लगाउने हरुलाई सजाय दिनु हो र

दोस्रो महत्वपूर्ण काम सिँहदरबार जलाउने र जलाउन उक्साउनेहरुलाई सजाय दिनु हो। त्यो जब सम्म गर्न सक्नु हुन्न, तपाईँहरु मेरो लागि नैतिक हिसाबले राज्यको नेतृत्व गर्न लाएकको पात्रमा गनिनु हुन्न। विचार गर्नुहोला अहिले देखि !
B***n Pukar Bam पुकार बम

21/01/2026

एउटालाई बन्चरोले हानेर मारेर बर्षौँ जेलमा सडेर धुर्त्याईँ गर्दै राजनीतिमा उदाएसी एकजनालाई यो समाजले "बा" बनायो र अर्कोले ले समाज रुपान्तरण गर्ने आन्दोलन त गर्यो तर त्यत्रोको मृत्यु हुने राजनीतिक आन्दोलन गरेर अन्तिममा सत्तामा पुगेर आफै भ्रष्टचार र सत्ता साँठगाँठ को 'अमृत पान' मा लिप्त भयो। सत्य निरुपण आयोग भन्ने जन्तु कुन दुलोमा छ अझै अत्तोपत्तो छैन। तर उनको विलासि life चाहिँ सन्सारले देख्ने गरि टल्किरहन्छ! कम्युनिस्टहरु भनेका नेपालको सन्दर्भमा अरुको डाढ गर्ने, लुटेर खाने, आफु उत्पादन गरेर free market मा compete गर्न नसक्ने दरिद्र प्राणीहरुमा सिमित भए! नेपालमा communist आन्दोलन पूर्ण रुपमा असफल भैसकेको छ, नैतिक र व्यवहारिक हिसाबले। खास गरि माओवादि आन्दोलनले लेराएको सामाजिक जागरणलाई इतिहासले सहि मूल्याङकन गर्ने नै छ तर communist नामका स्यालहरु जो अन्दोलन सुरु गर्दा एउटा चरित्र देखाउछन् र सत्तामा पुगेसी अर्को चरित्र देखाउँछन् उनीहरुबाट यो देशको आर्थिक क्रान्ती सम्भव छैन। अबको आर्थिक विकासको आधार र सुरुवात liberal democratic शक्तिहरुले नै गर्ने हो। वर्गिय विभेदको angle बाट मात्र समाजलाई हेर्नु सङ्कुचित, outdated र समाज विभाजनकारी perspective हो। किनकि अहिलेको समाजका समस्याहरु बहुआयामिक छन्। केहि कुरालाई परिभाषित गर्दा त्यसको multidimensionality लाई ignore गरेर त्यसको complexity solve हुँदैन।यो देश बाट अहिलेकै अवस्थामा कङ्ग्रेस भन्दा चाँडो एमाले र माओवादिको नयाँ गुट नामोनिशान नरहने गरि बढारिनु पर्छ। अबको समय democratic alliance को हो। Communist हरु बाट यो देश बन्दैन।

काङ्ग्रेसको रुख बद्लिएको जस्तो देखिएको हो जरा बदलिएको छैन।विचार र आलोचना आफ्नो ठाउँमा छ। तर यदि तपाईँ मलाई सुन्नु हुन्छ भनेँ तपाईं हरु चुपचाप अहिले लाई 🔔बजाउनुहोस |😃
Vote मेरो घण्टिमा हुनेछ। बालेन रविको कारण होइन, वैकल्पिक राजनीति लाई mainstream बनाउनको लागि! काङ्ग्रेस, एमाले, नेकपा को सरकारबाट कम्तिमा १० बर्ष यो देशले मुक्ति पाउन पर्छ भन्ने सोच को लागि। तर भावनात्मक support को कारण मात्र नभएर, रास्वपा merit मा अगाडि आवोस् भन्ने चाहन्छु। समयले बताउनेछ रास्वपा निलो क्रान्ति हो कि निलो काङ्ग्रेस! रास्वपा पछि अर्को शक्ति उदाउँदै न उदाउने होइन।
म कसैको झोले होइन है। कुनै पार्टिको कोहि पनि भ्रममा नपर्नु

साच्चै सुन्य छ गाउँ कोही त फर्की आउ गरेनौ समझना ,भुल्यौ चटक्कै अनि लगायौ भोटे ताल्चा!!आउ खोल्नलाई लगाएको भोटे ताल्चा फर्...
13/09/2024

साच्चै सुन्य छ गाउँ कोही त फर्की आउ

गरेनौ समझना ,भुल्यौ चटक्कै अनि लगायौ भोटे ताल्चा!!

आउ खोल्नलाई लगाएको भोटे ताल्चा फर्क सुन्दर गाउँ !!

आउ रमाउ सोच्छ् हावामा खेल सुन्दर प्रकृति सङ!!

देखाउ तिम्रो बच्चाहरुलाई तिमीले हिड्न सिकेका ठाउँहरु!!

बाचा गर अनि भन छोड्ने छैन अब कहिलै!!

बगाउने छु पसिना एहि माटोमा..!!

सुनाउनेछु संघर्षका कथाहरु!!!

गाउँका छुट्टै ब्याथाहरु!!!

सुन्ने छु बुढा पाकाहरुका कुरा!!

साट्नेछौ सुख अनि दु:ख!!

हुनेछन खुसी बुढा आमा बुवाहरु!!

लाग्नेछ आशिष आउनेछन सम्झना!!

फर्की आउ तिम्रो सुन्दर गाउँ!!

सम्झाउन पुराना याद हरु !!

13/09/2024

शिक्षिका र स्वास्थ्यकर्मीले महिनावारीको पाप पखाल्न ऋषीपञ्चमीमा पुजा गरेर दत्युन चपाउछन् भने अन्यलाई पाप होईन कस्ले भनिदिने??
'यो सामन्य प्रक्रिया हो' पनि त्यो पुरूषले भनीदिनु पर्ने जस्को महिनावारी नै हुदैन,
तिमी आफ्नै शरिरको प्रक्रियालाई पाप ठान्छ्यौ,किन?
शरिरबाट दिशा जानु ,पिसाब जानु ,सिगान जानु, पसिना जानु, खकार जानु आदि पाप होईनन,किन??
किन रजस्वला हुनु मात्र पाप???
पुरूषको रजस्वला हुदैन त्यसैले त होईन???
सोचेकी छ्यौ?

23/08/2024

समाजलाई जति असर जिवन्त चिजले पार्छ त्यति असर भाइरल चिजले पार्दैन!
नेपाली समाजलाई असर पारेका केही त्यस्ता जिवन्त चिज छन जुन पुस्तान्तरण भैरहेका छन
हुदा हुदा यहाँ त के पनि पुस्तान्तरण भैदियो भने बाउ भ्रष्ट थियो भने छोरो नि भ्रष्ट भैदिन थाल्यो।
आहुतिले यहि प्रसङ्गमा भनेका हुन सक्छन "जति असर यो समाजलाई नारायण गोपालका गितले गर्यो त्यति असर ज्योती मगरका गितले गर्दैन"
ज्योति मगरका गितले नृत्यले एक चोटि भिडलाई उत्तेजित बनाउला रात परे सङै त्यो उत्तेजित भिड सिथिल भैजान्छ |

Address

Butwal

Telephone

+9779866570743

Website

Alerts

Be the first to know and let us send you an email when A loyal citizen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to A loyal citizen:

Share