18/03/2025
महेन्द्र बहुमुखी क्याम्पसमा बित्तिय साक्षरता कार्यक्रम
दाङ, ५ चैत– महेन्द्र बहुमुखी क्याम्पस, दाङ र गरिमा बिकास बैक सहकार्यमा आज मंगलबार बिबिए प्रथम सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुका लागि बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा गरिमा बिकास बैक घोराही शाखाका प्रबन्धक बलदेव धिताल र अपरेशन इञ्चार्ज इश्वरी प्रकाश वलीले बित्तिय साक्षरताका विविध आयामहरुका बारेमा बिद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो ।
साक्षरता कार्यक्रममा बैक प्रवन्धक धिताल तथा अपरेशन इञ्चार्ज वलीले मानव जीवनमा बित्तिय साक्षरताको आबश्यकता, बचत गर्दा हुने फाइदा, कर्जा, बैकको लगानी व्यबस्थापन, डिजीटल बैकिड, बैकिड कसुर, चेक अनादर, कालोसूची व्यबस्थापन, चेक ठगीका प्रकारहरु जस्ता बिबिध बिषयमा बिद्यार्थीहरुसंग अन्तक्र्रियात्मक छलफल गर्नुभएको थियो ।
बिबिए कार्यक्रम संयोजक सुदर्शन रिजालले बिद्यार्थीहरुले कितावको सैद्घान्तिक ज्ञानका साथै मानव जिवनको अभिन्न अंग बन्दै गएको बैकिङ कारोबार गर्दा अपनाउनु पर्ने सावधानीहरुका बारेमा बिद्यार्थीहरुलाई जानकारी दिन बैकसंग सहकार्य गरी बित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको बताउनुभयो । क्याम्पसले यस अघि सानिमा तथा साग्रीला बैकको सहकार्यमा यस्तै प्रकारको बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । क्याम्पसले नेपाल बैक लिमिटेडको सहकार्यमा बिबिए कार्यक्रम तर्फ पाचौ सेमेष्टरका बिद्यार्थीहरुका लागि यसै हप्ता बैकिङ साक्षरता कक्षा सञ्चालन गरिने जनाएको छ ।