10/08/2026
आउँदै गरेको विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा यस मोरङ मोडल आवासीय माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू, शिक्षक–शिक्षिकाज्यूहरू, कर्मचारीवर्ग, शुभेच्छुक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यी पवित्र पर्वहरूले हामी सबैको जीवनमा आपसी प्रेम, सद्भाव, एकता, संस्कार र मानवताको भावना अझ गहिरो बनाउँदै नयाँ आशा, उत्साह, ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने हार्दिक कामना पनि गर्दछौं।
प्रिन्सिपल
मातृकाप्रसाद खतिवडा
एवम्
मोरङ मोडल आ.मा.वि.परिवार