B.P. Koirala Institute of Health Sciences

B.P. Koirala Institute of Health Sciences Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B.P. Koirala Institute of Health Sciences, College & University, Ghopa, Dharan.
(1)

03/06/2026

जानहितमा जारि

03/06/2026

📢 महत्त्वपूर्ण सूचना
स्वास्थ्य बीमा तथा अन्य सेवासम्बन्धी OPD Registration तथा Billing Counter व्यवस्थापनमा परिवर्तन

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री बनाउन OPD Registration तथा Billing Counter व्यवस्थापनमा केही परिवर्तन गरेको जानकारी गराइन्छ। उक्त व्यवस्था २०८३ जेठ १८ गतेदेखि लागू भएको छ।

🔹 स्वास्थ्य बीमा अन्तर्गतका सेवाग्राहीका लागि (GOPD भवन) - OPD दर्ता काउन्टर ( ७ वटा), OPD काउन्टरमा स्थानान्तरण तथा बिलिङ काउन्टर (६ वटा)"
✅ OPD दर्ता समय: सोमबारदेखि शुक्रबारसम्म
• बिहान ७:३० बजे – दिउँसो १२:०० बजे (सबै OPD सेवा)
• दिउँसो १२:०० बजे –२: ०० बजे (GOPD तथा Special Clinic मात्र)
✅ बिलिङ समय: • बिहान ८:०० बजे – बेलुका ४:३० बजेसम्म

🔹 सामान्य OPD तथा EHS सेवाका लागि (SOPD भवन)
✅ सामान्य OPD दर्ता: सोमबारदेखि शुक्रबारसम्म
• बिहान ७:३० बजे – दिउँसो १२:०० बजे (सबै OPD सेवा)
• दिउँसो १२:०० बजे –२ :०० बजे (GOPD तथा Special Clinic मात्र)
✅ सामान्य बिलिङ:
• बिहान ८:०० बजे – बेलुका ४:३० बजेसम्म
✅ EHS OPD दर्ता:
• बेलुका ३:३० बजे – बेलुका ५:०० बजेसम्म
✅ EHS बिलिङ:
• बेलुका ५:०० बजेसम्म

🔹 IPD, EHS तथा Health Welfare Scheme (HWS) सेवाका लागि 📍 Ward Block A & B बीच रहेको CSSD अगाडि
✅ HWS OPD दर्ता:सोमबारदेखि शुक्रबारसम्म
• बिहान ७:३० बजे – दिउँसो १२:०० बजेसम्म
✅ बिलिङ:
• आइतबारदेखि शनिबारसम्म (सार्वजनिक बिदासमेत) • बिहान ७:०० बजे – बेलुका ९:०० बजेसम्म (आइतबारदेखि शनिबारसम्म)
🙏 सेवाग्राही महानुभावहरूलाई नयाँ व्यवस्थाबारे जानकारी राखी सेवा लिन अनुरोध गर्दछौं।

Medical Licensing Examination Results(MBBS stream): A Proud Moment for BPKIHS
02/06/2026

Medical Licensing Examination Results(MBBS stream): A Proud Moment for BPKIHS

🏥 आज BPKIHS मा एकै दिनमा ३,८७० बिरामीले सेवा लिए📅 २०८३/०२/१८ (२०२६/०६/०१)🕚 राति ११:०० बजेसम्मको विवरण👨‍⚕️ बिरामी दर्ता🩺 ...
01/06/2026

🏥 आज BPKIHS मा एकै दिनमा ३,८७० बिरामीले सेवा लिए
📅 २०८३/०२/१८ (२०२६/०६/०१)
🕚 राति ११:०० बजेसम्मको विवरण

👨‍⚕️ बिरामी दर्ता
🩺 OPD : ३,६७४
🚑 आकस्मिक सेवा : १९६
📈 कुल : ३,८७०

💳 सेवा कार्यक्रम अनुसार
🛡️ स्वास्थ्य बीमा : २,३४१
🤝 विपन्न नागरिक : ४४
🏥 SSU : २
📋 अन्य : १,४८३

🛏️ भर्ना सेवा
👥 हाल भर्ना : ४१२
⬆️ नयाँ भर्ना : १५१
✅ डिस्चार्ज : ९५

💙 पूर्वी नेपाल तथा आसपासका लाखौं नागरिकको स्वास्थ्य सेवाको भरोसा — BPKIHS।

सेवा, शिक्षा र अनुसन्धानमार्फत जनस्वास्थ्यको क्षेत्रमा निरन्तर समर्पित।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) की पूर्व चिफ, कलेज अफ नर्सिङ तथा सामुदायिक स्वास्थ्य नर्सिङ (Commun...
01/06/2026

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) की पूर्व चिफ, कलेज अफ नर्सिङ तथा सामुदायिक स्वास्थ्य नर्सिङ (Community Health Nursing) विभागकी पूर्व प्रमुख प्राध्यापक अंगुर देवी धितालज्यूलाई वहाँको अवकाशको अवसरमा प्रतिष्ठान परिवार हार्दिक कृतज्ञता तथा शुभकामना व्यक्त गर्दछ ।
प्रतिष्ठानमा वहाँको दशकौं दशकको समर्पित सेवा, उत्कृष्ट शैक्षिक योगदान, नर्सिङ क्षेत्रका भावी पुस्ताहरूलाई डो¥याउने र उनीहरूको भविष्य निर्माण गर्नमा वहाँको अटल निष्ठा र अटुट प्रतिबद्धताले यस प्रतिष्ठानमा एक अमिट छाप छोडेको छ । वहाँको सबल नेतृत्व, अगाध ज्ञान र कुशल मार्गदर्शनलाई प्रतिष्ठानले सदैव उच्च सम्मान र कृतज्ञताका साथ स्मरण गर्नेछ ।

वहाँको अवकाशप्राप्त जीवन सुःख, सुस्वास्थ्य, हर्षोल्लास र नवीन अवसरहरूले भरिएको बनोस् ....... हाम्रो हार्दिक शुभकामना छ ।

"BPKIHS का लागि दिनुभएको अमूल्य र अतुलनिय योगदानका लागि असिम धन्यवाद अंगुर म्याडम ।"

On behalf of B.P. Koirala Institute of Health Sciences (BPKIHS), we extend our heartfelt appreciation and best wishes to Prof. Angur Devi Dhital, former Head of the Department of Community Health Nursing and former Chief, College of Nursing, on the occasion of her retirement.

Her decades of dedicated service, outstanding academic contributions, and unwavering commitment to shaping future generations of Nursing professionals have left an enduring legacy at this Institution. Her leadership, wisdom, and mentorship will always be remembered with deep respect and gratitude.

We wish her a fulfilling, healthy, and joyful retired life. May the years ahead bring you continued happiness, peace, and new opportunities to enjoy the passions you cherishes."

Thank you, Prof. Dhital, for your invaluable contributions to BPKIHS.

सूचनाबी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान हाल विभिन्न आर्थिक तथा व्यवस्थापकीय चुनौतीहरूको सामना ग...
29/05/2026

सूचना
बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान हाल विभिन्न आर्थिक तथा व्यवस्थापकीय चुनौतीहरूको सामना गरिरहेको भए तापनि स्वास्थ्य सेवा, शैक्षिक कार्यक्रम तथा प्रशासनिक गतिविधिहरूलाई निरन्तर, प्रभावकारी र गुणस्तरीय रूपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराइन्छ।
विश्वभरका विश्वविद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक संस्थाहरूमा दान तथा सहयोगमार्फत संस्थागत विकास र सेवा सुदृढीकरण गर्ने अभ्यास एक स्वीकृत र सकारात्मक परम्परा हो। सोही अनुरूप BPKIHS लाई आर्थिक, भौतिक तथा सेवाजन्य सहयोग उपलब्ध गराई प्रतिष्ठानको सेवा प्रवाहलाई थप सुदृढ बनाउन इच्छुक महानुभाव, संघ-संस्था, उद्योगी व्यवसायी तथा शुभेच्छुकहरूलाई हार्दिक अनुरोध गर्दछौं।
सहयोग गर्न इच्छुक महानुभावहरूले आवश्यक समन्वय तथा थप जानकारीका लागि देहायका सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न सक्नुहुनेछः
सम्पर्क व्यक्ति:
प्रा. डा. अनुप घिमिरे
संयोजक, दान–दातव्य संकलन तथा कोष परिचालन समिति
बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
मोबाइल नं.: ९८४२०२२३५६
BPKIHS को सेवा सुदृढीकरणमा यहाँहरूको अमूल्य सहयोग, सद्भाव तथा सहकार्यको अपेक्षा गर्दछौं। 🙏

भोलि २०८३ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा गरिएको जानकारी गराइन्छ।यस अवसरमा सम्प...
28/05/2026

भोलि २०८३ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा गरिएको जानकारी गराइन्छ।
यस अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🇳🇵

– बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

सूचनाबी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान भोलि नियमित रूपमा सञ्चालनमा रहने जानकारी सम्पूर्ण सेवाग्...
27/05/2026

सूचना
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान भोलि नियमित रूपमा सञ्चालनमा रहने जानकारी सम्पूर्ण सेवाग्राही, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूमा गराइन्छ।
बकर इद (इद-उल-अजहा) पर्वको अवसरमा प्रतिष्ठानका इस्लाम धर्मावलम्बी शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई मात्र सार्वजनिक बिदा प्रदान गरिएको हुँदा अन्य सम्पूर्ण अस्पताल तथा शैक्षिक सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
यस अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🌙✨

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS)
धरान, सुनसरी

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान परिवारका तर्फबाट Pest Pro Solution Pvt. Ltd. तथा प्रोप्राइटर ...
27/05/2026

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान परिवारका तर्फबाट Pest Pro Solution Pvt. Ltd. तथा प्रोप्राइटर श्री सुप्रिया माझी बनेपालीज्यूलाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं।
अस्पतालजन्य सामग्री सहयोगमार्फत स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याउनुभएको योगदानले प्रतिष्ठानको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ।

मानव सेवाप्रतिको तपाईंहरूको समर्पण र सहकार्यको भावना अत्यन्त प्रशंसनीय छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्य निरन्तर रहोस् भन्ने अपेक्षा गर्दछौं।
धन्यवाद। 🙏

बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान परिवारका तर्फबाट स्नातकोत्तर तहका विभिन्न विधामा सफलतापूर्वक...
22/05/2026

बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान परिवारका तर्फबाट स्नातकोत्तर तहका विभिन्न विधामा सफलतापूर्वक उत्तीर्ण हुनु भएका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्य व्यवसायीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। 🎓✨

तपाईंहरूको कठोर मेहनत, समर्पण, अनुशासन र निरन्तर प्रयासको परिणामस्वरूप प्राप्त यो सफलता स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो।

हामी विश्वस्त छौं कि यहाँबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाज तथा राष्ट्रको स्वास्थ्य सेवामा समर्पित गर्दै उत्कृष्ट योगदान पुर्‍याउनु हुनेछ।

तपाईंहरूको आगामी व्यावसायिक यात्रा अझ सफल, प्रेरणादायी र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

Address

Ghopa
Dharan
56700

Alerts

Be the first to know and let us send you an email when B.P. Koirala Institute of Health Sciences posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share