Resunga Secondary School

Resunga Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Resunga Secondary School, Community College, Gulmi Tamghas.

CongratulationsDIKSHYA POKHAREL HAS GOT 4.00GPA
12/05/2026

Congratulations
DIKSHYA POKHAREL HAS GOT 4.00GPA

हार्दिक बधाई तथा शुभकामना । शैक्षिक सत्र २०८२ को SEE परीक्षामा सहभागी यस विद्यालयका विद्यार्थीहरूमध्ये ४GPA सहित सर्वोकृ...
12/05/2026

हार्दिक बधाई तथा शुभकामना ।
शैक्षिक सत्र २०८२ को SEE परीक्षामा सहभागी यस विद्यालयका विद्यार्थीहरूमध्ये ४GPA सहित सर्वोकृष्ट नतिजा प्राप्त गर्ने दीक्षा पोखरेल लगायत उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवारको तर्फदेखि हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं।
तपसिल
१. ४ GPA - १ जना
२. ३.९ भन्दा माथि ३.९९ सम्म ६ जना
३. ३.६ भन्दा माथि ३.९ सम्म १३ जना
४. ३.२ भन्दामाथि ३.६ सम्म ३० जना
५. २.८ भन्दामाथि ३.२ सम्म ३२जना
६. २.४ भन्दा माथि २.८ सम्म ९जना
७. २.०० भन्दा माथि २.४ सम्म २ जना
विद्यालय परिवार
श्री रेसुङ्गा माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका -२
तम्घास , गुल्मी

हार्दिक बधाई तथा शुभकामना । शैक्षिक सत्र २०८२ को SEE परीक्षामा सहभागी यस विद्यालयका विद्यार्थीहरूमध्ये सर्वोत्कृष्ट४GPA ...
11/05/2026

हार्दिक बधाई तथा शुभकामना ।

शैक्षिक सत्र २०८२ को SEE परीक्षामा सहभागी यस विद्यालयका विद्यार्थीहरूमध्ये सर्वोत्कृष्ट४GPA सहित उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवारको तर्फदेखि हार्दिक बधाई थप शैक्षिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं।
तपसिल :

09/05/2026

रेसुङ्गा माध्यमिक विद्यालय र सिद्धबाबा माध्यमिक विद्यालय ‘शैक्षिक विकास तथा सेवाको गुणस्तर अभिवृद्धि (स्मार्ट विद्यालय) कार्यक्रम’ अन्तर्गत छनोट हुन सफल भएका छन्।

यस महत्वपूर्ण उपलब्धिसँगै रेसुङ्गा नगरपालिकाको शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा, उत्साह र सम्भावनाको ढोका खुलेको छ। आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली, डिजिटल पूर्वाधार, स्मार्ट कक्षा सञ्चालन तथा गुणस्तरीय शिक्षाको विस्तारमा यी विद्यालयहरूले अब थप फड्को मार्ने अपेक्षा गरिएको छ।

स्मार्ट विद्यालय कार्यक्रममार्फत विद्यार्थीहरूलाई प्रविधिसँग जोडिएको व्यवहारिक र प्रभावकारी शिक्षा प्रदान गरिनेछ भने शिक्षकहरूको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। यस कदमले समुदायमा शैक्षिक चेतना र प्रतिस्पर्धात्मक सिकाइ वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले विद्यालय छनोटलाई गौरवको विषयका रूपमा लिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

भर्ना हुन काेही बाँकी हुनुहुन्छ भने छिट्टै विद्यालयमा सम्पर्क गर्नुहोला। धन्यवाद।
08/05/2026

भर्ना हुन काेही बाँकी हुनुहुन्छ भने छिट्टै विद्यालयमा सम्पर्क गर्नुहोला। धन्यवाद।

आज मिति २०८३ वैशाख २२ गतेका दिन सेउघा आधारभूत विद्यालय ,रेसुङ्गा नगरपालिका -४,जनजागृति प्राथमिक विद्यालय ,रेसुङ्गा नगरपा...
05/05/2026

आज मिति २०८३ वैशाख २२ गतेका दिन सेउघा आधारभूत विद्यालय ,रेसुङ्गा नगरपालिका -४,जनजागृति प्राथमिक विद्यालय ,रेसुङ्गा नगरपालिका -१० तथा माइका स्थान प्राथमिक विद्यालय ,रेसुङ्गा नगरपालिका -१० बाट काज सरुवा भई आउनु भएका नि.मा.वि.राहत शिक्षक शिव खनाल ,प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक पार्वती पाण्डे र सुमित्रा थापा पछाई तथा साउनेथुम आधारभूत विद्यालय ,रेसुङ्गा नगरपालिका -६ बाट काज सरुवा भई आउनुभएका बाल विकास सहजकर्ता लक्ष्मी पुनलाई आज एक कार्यक्रमका साथ विद्यालयमा स्वागत गरियो ।काज सरुवा भई आउनुभएका सम्पूर्ण शिक्षकहरू तथा बालविकास सहजकर्ता लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौं।
धन्यवाद।

04/05/2026

आदरणीय अभिभावक ज्यु नमस्कार ।।
निरन्तर बर्षा भैरहेको छ। अझ साँझपख हावाहुरी सहित ठुलो पानी पर्ने गरेको छ त्यसकारण यो मौसमी प्रतिकुलतालाई ख्याल गरी सम्पूर्ण अभिभावकज्यूहरुले सानो कक्षाका बच्चाहरुलाई अनिवार्य रुपमा लिन आउने तथा माथिल्लो कक्षाका बच्चाहरुलाई छाता, प्लाष्टिक, रेनकोट मध्येको कुनै एक सामग्री साथ विद्यालयमा पठाउनु हुन सूचित गर्दछौ !!!
विद्यालय प्रशासन
श्री रेसुङ्गा माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका- २ ,तमघास ,गुल्मी

02/05/2026
गलत सूचनाको पछाडि नलागी आफ्ना नानी बाबुहरूलाई विद्यालयमा भर्ना कार्यक्रम चलिरहेकोले भर्ना गर्न ल्याउनु हुन हार्दिक अनुरो...
02/05/2026

गलत सूचनाको पछाडि नलागी आफ्ना नानी बाबुहरूलाई विद्यालयमा भर्ना कार्यक्रम चलिरहेकोले भर्ना गर्न ल्याउनु हुन हार्दिक अनुरोध गर्दछौं।

02/05/2026

हार्दिक बधाई तथा शुभकामना 8 जना GPA 4 सहित 100% उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Resunga Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Resunga Secondary School:

Share