10/12/2020
।।सुचना ।।
तोयानाथ नर्मदा खतिवडा बलाहा बहुमुखी क्याम्पस इनरुवा-५ बलाहा सुनसरी मा अध्यनरत सम्पुर्ण बिध्यर्थी भाइ बहिनी हरु,अध्यापक - कर्मचारी ज्युहरु। कोभिड१९ ( कोरोना ) महामारिका कारण लामो समय देखि क्याम्पसमा भौंतिक रुपमा सैक्षय्णिक क्रियाकलाप तथा प्रशासनिक कार्य बन्द रहेको बिदितै छ।यस बिचमा हामिले बैकल्पिक रुपमा online class सञ्चालन गरि प्रभाबकारी रुपमा कक्षा सञ्चालन गरिरहेका छोउ। हाल नेपाल सरकार तथा त्रिभुवन बिश्वबिद्धालय को निर्य्णय अनुसार ,स्थानिय निकाय सग समन्वय गरि स्वास्थ्य मापदण्ड पालन गर्दै भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन का लागि भएको निर्देसन बमोजिम ,मिति २०७७/पुष /०५ गते आइतबार ,बिहान ७ बजे देखि भौतिक रुपमा यस क्याम्पसका सम्पुर्ण कक्षा नियमित रुपमा सञ्चालन हुने ब्यबहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। निम्न उल्लेखित नियमहरुको पालना गर्नु सम्बन्धित सबैको कर्तब्य हुनेछ।
१. बिध्यार्थी,अध्यापक तथा कर्मचारिहरुले अनिबार्य रुपमा कोभिड १९ सग संबंधित निर्दिष्ट गरिएका स्वास्थ्य मापदण्ड पालन गर्नु पर्नेछ।
२. बिध्यार्थी,अध्यापक तथा कर्मचारिहरुले मास्क, ब्यक्तिगत रुपमा सेनेटाइजर, पिउने पानी तथा अन्य स्वास्थ्य सामग्रीको स्वयं ले ब्यबस्था गर्नु पर्नेछ।
३. आबस्यकता अनुसार क्याम्पस प्रशासनको निर्देसन सबैले अनिबार्य पालन गर्नु पर्नेछ।
( नोट- क्याम्पसमै कक्षा सञ्चालन हुनुभन्दा अघिकोअबधी सम्म सय्चालन भैरहेको online class नियमित रुपमा हुनेछ।)
उप.प्रा. श्री उमानाथ कट्टेल
( क्याम्पस प्रमुख )
२०७७/०८/२५