24/08/2026
विद्यालयमा लगातार १० वर्ष शिक्षण सेवा पूरा गरेका धनगढीको एउटा संस्थागत विद्यालय Axis Vidyashram का दुई जना शिक्षकको विद्यालयले एक तह बढुवा गरेको छ । विद्यालयका प्राथमिक तहका शिक्षक बिनिता सिंह र गिरिस भट्टलाई विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता पन्तले एक कार्यक्रमबिच प्राथमिक तह द्वितीय श्रेणीमा बढुवा गरिएको घोषणा गर्दै सम्मान गर्नुभएको थियो ।