03/04/2024
- २ /३ पटक मिति नसारि परीक्षा हुँदैन !
- Result आउने बेला उत्तरपुस्तिका हराउँछ ।
- पहिलो वर्षको नतिजा तेस्रो वर्ष सकिदा सम्म आउदैन ।
- पुनः परीक्षा नगरी result आउदैन ।
- ४ बर्से bachelor ६/७ वर्ष पुग्छ ।
- पुनः मिति नतोकि सम्म फम भर्ने मिति सकिदैन ।
- ५/७ वर्षमा जेनतेन एउटा प्रमाणप्रत्र पायो, खोस्टोको भाउमा यो देशमा बिक्दैन ।
- यस्तै पाराले ३० वर्ष सम्म पढेर सकिदैन ।
- कहिले कमाउने कहिले जमाउने कहिले जागीर खाने अनि के को लागी यो देशमा युवा बस्ने ?
- यसै माथी भन्दै छन् लोकसेवा उमेर हद ३५ लाई ३२ मा झार्ने ।
- मुद्दा मामिला नझेली लोकसेवाको परीक्षा मिति तय हुदैन ।
- एक पटकमै नाम निकाल्न सके त ठिकै छ, अर्को पटक लाई अनुभव रहे उमेर रहदैन !
- अनि आखिर अन्तिम गन्तब्य उहि खाडि त हुने भयो ।
यो देशमा युवा कसरी बस्छ?
students