16/08/2026
छात्रवृत्ति, खेल सहभागिता र अनुसन्धान तथा प्राज्ञिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Home
News
छात्रवृत्ति, खेल सहभागिता र अनुसन्धान तथा प्राज्ञिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
३१ श्रावण २०८३
त्रिवि खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम र नेपाल विद्यालय खेलकुद महासंघबीच छात्रवृत्ति, खेल सहभागिता र अनुसन्धान तथा प्राज्ञिक सहकार्यसम्बन्धी समझदारी पत्रमा आज एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । समझदारी पत्रमा खेलकुद विज्ञानको तर्फबाट डीनको रोहवरमा कार्यक्रम संयोजक पशुपति अधिकारीले हस्ताक्षर गनुभएको छ भने महासंघको तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले महासंघका महासचिव राजकुमार कार्कीको रोहवरमा हस्ताक्षर गर्नुभयो । उक्त समझदारी पत्रमा सम्झौता बमोजिम सहकार्यका क्षेत्रहरूमा विद्यार्थी छात्रवृत्ति, अनुसन्धान, प्रकाशन, खेल प्रशिक्षण र सहभागिता, सेमिनार, कार्यशाला, तालिम, इन्टर्नसीप, प्रयोगशाला, खेल प्रतिभा पहिचान, खेल व्यवस्थापन, खेल मनोविज्ञान, खेल बायोमेकानिक्स, पोषण, चिकित्सा, फिजियोथेरापी, लगायत शैक्षिक एवम् प्रशासनीक विषयहरू पर्दछन् । कार्यक्रममा समझदारी पत्र प्रमुख अतिथि डीन प्रा.डा. दुविनन्द ढकाल र संस्थाका अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षरपछि आदानप्रदान गर्नुभएको थियो । समझदारी पत्रको अवधि पाँच वर्षको रहेको छ ।
I hope this message finds you well. As we begin this new term, I would like to extend my appreciation for your continued dedication and commitment to the Sports Science Program. Our master's level program remains focused on academic excellence, innovative research, and creating meaningful learning e...