24/02/2023
#45
Male
Confess via :
https://forms.gle/Vk5DpbVNYZTJ3umPA
आजभोलि को प्रेम प्रेम होइन वासना हो
❤️: कामुकता को भिखारी कचौरा मा प्रेम लाइ कहिल्यै समेट्न सकिदैन। त्यसैले महिला ले प्रेमको योग्य पुरुष खोज्छिन ! उसलाइ लालसा चाहिदैन उसलाइ शुद्ध प्रेम चाहिन्छ, त्यो पनि गहिरो ! कामुकता को सतह मा फसेको मानिसले शरीरको माग गर्छ, प्रेम होइन..! कामुकता ले प्रेमलाइ कहिल्यै बुझ्न सक्दैन र कहिल्यै बुझ्दैन ! त्यसैले महिला ले सधैं उसलाइ कहिल्यै नबुझेको बताउँछिन ! महिलाको यो भनाइको अर्थ आरोप सत्य हो ! कामना कहिल्यै पूरा हुँदैन ! लोभ बढ्दै जान्छ ! यो कहिल्यै पूरा हुँदैन ! कामुकता ले भरिएको पुरुषले नारी लाइ सधैं वासना को साधन मान्छ ! उनलाइ पूजा होइन भोग्य मान्छ ! हर पल वासना ले हेरि रहन्छन ! उसलाइ मायाको नजरले हेर्दैन !
जबकि नारी सधैं प्रेमले भरिएको हुन्छ !यो सधैं पूर्ण हुन्छ ! नारीको खोजी मात्रै छ ! उनले सुन्दर पुरुषको खोजी गर्दैनन ! उसलाइ माया गर्ने र बुझ्ने मान्छे खोज्छे ! महिलाको खोजी कहिल्यै रोकिदैन ! उनी सधैं उसलाइ खोज्छिन ! जसमा उसले आफ्नो मायाको वर्षा गर्छ ! महिलाको यो निरन्तर खोजमा पुरुषले उनको चरित्र माथि प्रश्न चिन्ह खडा गर्छ ! असफल मान्छेले अरु के नै गर्न सक्छ ! महिला माथि मात्रै प्रश्न चिन्ह लगाउनु बाहेक !
नारी लाइ पुरुषमा कामवासना हुँदैन, उनी सधैं मायाको खोजीमा रहन्छिन् । उनी प्रेमको गहिराइ मा झर्न चाहन्छिन ! आत्मा सम्म माया छुन चाहन्छिन् ! उनी अमर प्रेम खोज्छिन् जसले उनलाइ एकताको साथ प्रेम गर्ने छ ! मायाको वर्षा मा रंगिन चाहन्छ ! प्रेमले रङ्गिने रङ खोज्छिन् सायद, त्यसैले होला नारीले प्रेमको चाहनामा शरीर समर्पण गर्छ र पुरुषले शरीरको लालसा मा माया गर्छ :!
Details and identify will be highly confidential and even unknown to admin so just write whatever you want.