Nikesh Kumar Shah

Nikesh Kumar Shah Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nikesh Kumar Shah, College & University, Kathmandu.

अर्को पृथ्वी तिमी रिसाएपछिबादलले बिदा माग्यो आकाशको डिलबाटघुमिरहने पृथ्वीमा ओर्लिएरएकोहोरो गुनासो गरिरह्यो जूनलेचराहरूले...
02/12/2022

अर्को पृथ्वी

तिमी रिसाएपछि
बादलले बिदा माग्यो आकाशको डिलबाट
घुमिरहने पृथ्वीमा ओर्लिएर
एकोहोरो गुनासो गरिरह्यो जूनले
चराहरूले बदले उँड्ने आकाश
र,
बाटो बदले अनाम यात्रीहरूले।

शीत र आँसुले लछप्प भिजेर
कुहिरोमा यात्रा बिर्सिएको मानिस
हिँडेको हो, तिमी रिसाएकै दिन
अस्ताएको इन्द्रेणी हेरर रोएको हो, बालक
र ,
निर्वासित भएका हुन्, खुसीका हरफहरू।

सबै कुरा रोकिएको छ -
सदाबहार बजिरहने मनको बाँसुरी
मनकै मझेरीमा उदाउने कलिलो घाम
कसैले लगेको छ फूलको सुगन्ध
पहाडकै खोँचबाट हराएको छ, खोलाको सङ्गीत।

तिमी रिसाएपछि खोजिरहेछु -
हरदम चरा उँडिरहने अर्को आकाश
कहिल्यै नअस्ताउने प्रेमको इन्द्रेणी
र अर्को पृथ्वी।❣️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nikesh Kumar Shah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share