06/01/2022
सेयर बजार मा दोहोरो अन्क को वृद्धि
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज ४३.२९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६९२.४७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ९.१६ अंकले बढेर ५०६.१६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की बजारको बढाइले लगानीकर्ताको मनोबल बढ्दै गएको बुझ्न सकिने बताउँछन्। ‘आगामी दिनमा बजार सकारात्मक नै हुन्छ’, उनले भने।
तरलता सहज हुनु, सीडी रेसियो घट्दै जानु, पुँजीगत खर्च बढ्नुजस्ता कारणले बजार बढ्नलाई सहयोग गरेको कार्की बताउँछन्। ‘अहिले धेरै लगानीकर्ताहरुले रिस्कभन्दा रिवार्ड बढी देखेर लगानी गरेको देखिन्छ’, उनले भने।
बजार थप बढ्ने अनुमोन बेच्नेहरु पछाडि हट्दा कारोबार घटेको कार्की बताउँछन्।
सक्रिय लगानीकर्ता निमानन्द कँडेल तरलता सहज हुनु, पुस मसान्तमा तिर्नुपर्ने ब्याजको पनि जोहो गरिसक्नु र सबैतिर सकारात्मक महौल बन्दा बजार बढेको बताउँछन्। ‘आगामी दिनमा पनि सामान्य करेक्सनहुँदै बजार अगाडि बढ्ने देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.४८ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.४८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९५ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, वित्त समूहमा १.२४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०५ प्रतिशत, अन्य समूहमा १.०३ प्रतिशत, लघुवित्त समूहमा १.०३ प्रतिशत, जीवन बीमा समूहमा ०.७८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६४ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह ०.६८ प्रतिशतले ओरालो लाग्दा उत्पादन तथा प्रशोधन समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत २३८ कम्पनीका ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा किनबेच भएका छन्।
आज अपी पावरको सर्वाधिक १६ करोड ३७ लाख रुपैयाँको बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको १४ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेसनल माइक्रोफाइनान्सको १० करोड रुपैयाँ, गरिमा विकास बैंकको ९ करोड