निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं प्याब्सक

  • Home
  • Nepal
  • Kathmandu
  • निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं प्याब्सक

निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं प्याब्सक Private And Boarding School Organization Kathmandu(PABSOK) Estd: 2061 BS

प्याब्सकका प्रमुख सल्लाहकार श्री राजन श्रेष्ठ सरलाई शुभ जन्म दिनको हार्दिक मंगलबार शुभकामना ब्यक्त गर्दछाै ।अध्यक्ष तथा ...
18/05/2026

प्याब्सकका प्रमुख सल्लाहकार श्री राजन श्रेष्ठ सरलाई शुभ जन्म दिनको हार्दिक मंगलबार शुभकामना ब्यक्त गर्दछाै ।

अध्यक्ष तथा
प्याब्सक कार्यसमिति परिवार ।

निजि तथा अावासिय  विद्यालय सङ्गठन काठमाडाै प्याब्सकको २०८३ बैशाख २८ गते सोमबार सम्पन्न छैटाै अधिवेशनबाट निर्वाचित नयाँ क...
18/05/2026

निजि तथा अावासिय विद्यालय सङ्गठन काठमाडाै प्याब्सकको २०८३ बैशाख २८ गते सोमबार सम्पन्न छैटाै अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक बसि विभिन्न एजेन्डा माथि छलफल गरि निर्णय समेत गरियाे ।

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (PABSOK) अधिवेशन–२०८३ अन्तर्गत सर्वसम्मत रूपमा निर्...
13/05/2026

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (PABSOK) अधिवेशन–२०८३ अन्तर्गत सर्वसम्मत रूपमा निर्वाचित हुनु भएका नव नेतृत्व तथा कार्यसमिति सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

निर्वाचित कार्यसमिति नामावली (२०८३):
१. मिरा सिलवाल - अध्यक्ष
२. सुदिप काफ्ले - वरिष्ठ उपाध्यक्ष
३. लक्ष्मी घले - उपाध्यक्ष
४. विजय न्यौपाने - उपाध्यक्ष
५. राजेश्वर तिवारी - महासचिव
६. होमलक्ष्मी गुरुङ - उप-महासचिव
७. रुपक लामिछाने - कोषाध्यक्ष
८. शशिकला खड्का - सचिव
९. अमित नेवा - सह-कोषाध्यक्ष
१०. निराजन आचार्य - सदस्य
११. सुस्मीता मैनाली - सदस्य
१२. सुरेन्द्र मगर - सदस्य
१३. किरण खड्का - सदस्य
१४. रमेश श्रेष्ठ- सदस्य
१५. नारायण चौलागाईं - सदस्य

नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, प्रभावकारी तथा उद्देश्यपूर्ण ढंगले अगाडि बढाउँदै निजी विद्यालय क्षेत्रको हकहित, गुणस्तरीय शिक्षा र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दछु।

सम्पूर्ण टिमलाई सफल कार्यकालको पुनः हार्दिक शुभकामना।

राजन श्रेष्ठ
प्रमुख सल्लाहकार / निवर्तमान अध्यक्ष
PABSOK

https://rastrapati.com/2026/05/71897
07/05/2026

https://rastrapati.com/2026/05/71897

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (PABSOK) को छैटौं अधिवेशन आयोजना हुने भएको छ। यही बैशाख २८ गते सोमब.....

05/05/2026

आदरणीय सर/म्याडम ज्युहरु
नमस्कार
निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं (PABSOK) को ६ अाै अधिवेसन यही मिती २०८३ साल बैशाख २८ गते सोमबार K.L Tower स्थित Imperial Banquet मा दिउसो १ बजे बाट आयोजना गर्ने कार्यसमिती बैठकको निर्णय भएको जानकारी गराउन चाहन्छु । कुनै सदस्य विध्यालयहरुको २०८२ सम्मको सदस्यता नविकरण गर्न बांकी भए समयमै गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

सुदिप काफ्ले
महासचिब
प्याबसक कार्यसमिती

हार्दिक बधाई तथा शुभकामना !! निजि तथा अावनसिय बिधालय संगठन प्याब्सकका अध्यक्ष श्री राजन श्रेष्ठ सर लायन्स अन्तर्राष्ट्रि...
26/04/2026

हार्दिक बधाई तथा शुभकामना !!

निजि तथा अावनसिय बिधालय संगठन प्याब्सकका अध्यक्ष श्री राजन श्रेष्ठ सर लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ E, नेपाल को चौथो राष्ट्रिय महाधिवेशनबाट लायन वर्ष २०२६–२७ का लागि डिष्ट्क्ट ३२५ ई को द्वितिय भाईस डिष्ट्क्ट गभर्नर पदमा निर्वाचित हुनुभएका हार्दिक बधाई ब्यक्त गर्दछैो।

महासचिव
प्याब्सक कार्यसमिति

आदरणीय सर/म्याडम,नमस्कार।निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सक) का अध्यक्ष  तथा नेपालि लायनवादमा उर्जाशिल र सक्षम यू...
19/04/2026

आदरणीय सर/म्याडम,
नमस्कार।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सक) का अध्यक्ष तथा नेपालि लायनवादमा उर्जाशिल र सक्षम यूवा नेतृत्वको पहिचान बनाउनु भएका लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिष्ट्क्ट ३२५ ई को द्वितीय भाईस डिष्ट्क्ट गभर्नर पदमा अाफ्नो उम्मेदवारि घोषणा गरिसक्नु भएको र मिति २०८३ वैशाख १२ गते सुकेधारा स्थित Universal Cafe मा चुनाव सम्पन्न हुन गईरहेको हुदाँ उहाँको उम्मेदवारिलाई विजेता बनाउनका लागि हामि प्याब्सक सदस्य बिधालयका तर्फबाट अा अाफ्नो ठाउबाट सहयोग तथा उक्त दिन उपस्थिति भई विजय गराउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

सुदिप काफ्ले
महासचिव, प्याब्सक

निजी तथा अावासीय विद्यालय सङ्गठन काठमाडाैं (प्याब्सक) कार्यसमितिकाे नियमित बैठक Trinetra  Bidhya Niketan स्कुलकाे बैठक ह...
30/10/2025

निजी तथा अावासीय विद्यालय सङ्गठन काठमाडाैं (प्याब्सक) कार्यसमितिकाे नियमित बैठक Trinetra Bidhya Niketan स्कुलकाे बैठक हलमा बसि विभिन्न एजेण्डामाथि छलफल गरि निर्णय समेत गरियाे । 🎊💐💐

PABSOK Boost Up Exam 2082 begins from today . we wish (400 plus students from 23 schools) all the best for your exam. Ex...
11/10/2025

PABSOK Boost Up Exam 2082 begins from today . we wish (400 plus students from 23 schools) all the best for your exam. Exam Center: Jugal Nawa Gurukul Kapan kathmandu.

काठमाडौं, नीजि तथा आवासीय विधालय संगठन काठमाडौं ( प्याब्सक) द्वारा गुरु पूर्णिमाको अवसरमा गुरु पूर्णिमा तथा शिक्षक सम्मा...
15/07/2025

काठमाडौं, नीजि तथा आवासीय विधालय संगठन काठमाडौं ( प्याब्सक) द्वारा गुरु पूर्णिमाको अवसरमा गुरु पूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम २०८२ चाबहिल स्थित स्मार्ट पार्टी प्यालेसको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ।
नीजि तता आवासीय विधालय संगठन काठमाडौं( प्याब्सक) का अध्यक्ष राजन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली दुतावास अस्ट्रेलियाका पुर्व राजदुत तथा सार्वजनिक सेवा आयोग नेपालका अध्यक्ष महेश राज दहाल रहेका थिए। त्यसैगरी अन्य अतिथिहरुमा प्याबसकका संस्थापक तथा सल्लाहकार केदार राज पुडासैनी,प्रमुख सल्लाहकार तथा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्याब्सक सल्लाहकार बिष्णु पराजुली,नारायण तिमल्सिना लगायत विभिन्न विधालय तथा कलेजका प्रमुखहरु, प्याबसकका सल्लाहकारहरू,विभिन्न विधालयका शिक्षक तथा शिक्षिकाहरु,विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरु,बिभिन्न बौद्धिक व्यक्तित्वहरु लगायत शिक्षक शिक्षिकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारेमा स्पष्ट पार्दै कार्यक्रमका सभापती तथा प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले विश्वमा नवीन प्रविधिमुलक तथा एआई जस्ता बहु चर्चित टेक्नोलोजीले अब शिक्षक मात्र होईन बिभिन्न क्षेत्रमा कार्यरत रहेका मान्छेहरुलाई समेत बिस्तापित गर्ने चुनौती थपिएको छ।जसको लागि शिक्षकहरु पनि अपडेट हुन अत्यावश्यक भएको बताउनुभएको थियो।त्यसैगरी यो सम्मानले अझै सम्मानित शिक्षक तथा शिक्षिकाहरुले यसैलाई प्रयाप्त नठानी अझै सम्बन्धित विधालयलाई गुणस्तर बृद्धिका लागि थप जिम्मेवारी सहित काम गर्नुहुनेछ भन्ने बिश्वास लिएको समेत बताउनु भएको थियो।
त्यसैगरी प्याबसकका प्रमुख सल्लाहकार गेन्द्र लामाले आफ्नो शुभकामना मन्तब्य राख्दै हामी शिक्षकहरु अपडेट हुन जरुरी रहेको बताउदै विधालय भित्र पढाइ हुने कोर्सहरू च्याप्टर र टाईटलका बारेमा अलि टाठाबाठा विद्यार्थीहरुले पहिले नै जानिसकेका हुन्छन त्यसकारण त्यो कोर्स र च्याप्टर सम्बन्धित नजिक र समय सापेक्ष रुपमा परिवर्तन हुन सकेनौ भने हामी आउटडेटेड शिक्षक हुनेछौ उहाँले भन्नू भयो।साथै यस गुरुपूर्णिमाको अवसरबाट अपडेट हुन सक्नुहोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नु भएको थियो।त्यसैगरी अन्य वक्ताहरुले आफ्ना शुभकामना मन्तब्य राख्दै अहिलेको विश्व परिस्थिति, टेक्नोलोजी, समय सापेक्ष रुपमा शिक्षकहरु पनि परिमार्जित हुन नसके निकट भविष्यमा शिक्षकहरुको पनि अस्तित्व समाप्त हुने सम्भावना रहेको बताउनुभएको थियो।शिक्षकहरु शिक्षण पेशामा आवद्ध भैसकेपछि थप पढ्नुपर्ने जानकारी दिदै आफ्ना अनुभवहरु, संघर्ष र सफलताको बारेमा समेत चर्चा गरेका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी महेश राज दहालले शिक्षकको भुमिका,महत्व र गुरुको परिभाषाको चर्चा गर्दै अँधेरो बाट उज्यालो तर्फ उन्मुख बनाउने व्यक्ति नै गुरु भएको बताउदै गुरुले शिक्षा मात्र होईन आदर्श,संस्कार संस्कृति समेत दिने बताउनुभएको थियो।उहाँले सम्मान कर्मको फल भएको बताउनु हुँदै सम्मान देख्दा सानो र हल्का भएपनि सम्मानको माला गलामा लगाएर सम्मान पत्र सहित स्टेजबाट तल झर्दै गर्दा क्विन्टल भन्दा गह्रुङ्गो हुन्छ त्यो गह्रुङ्ङो आस्था र जिम्मेवारीले हो त्यो बहन गर्नु पर्नेमा जोड दिनुभएको थियो।उहाँले कार्यक्रममा विभिन्न सकारात्मक उत्प्रेरक कुरा राख्दै विश्वमा अनौठा उपलब्धीहरुको समेत चर्चा गर्दै कार्यक्रमको आयोजक टिम लगायत सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नु भएको थियो।
प्याबसकका महासचिव सुदिप काफ्ले द्वारा संचालित औपचारिक कार्यक्रममा करिब २३ वटा विधालयका उत्कृष्ट शिक्षक तथा शिक्षिकाहरु सम्मानित भएका छन।कार्यक्रममा सम्मानित हुने शिक्षक शिक्षिकाहरुलाई सम्बन्धित विधालयले उनको कार्यगत क्षमता, सिकाइमा बौद्धिकता लगायत विभिन्न कुराहरुहरुको मुल्यांकन गरि सम्मानका लागि सिफारिस गरेको हो।जसअनुसार सम्मानित हुनेहरुमा प्रीन्सटन एकेडेमी बुढानिलकण्ठ- स्वस्तिका सापकोटा,प्रोग्रेसिभ हाइस्कुल कामनपा ६ बौद्ध- सुवाश पराजुली, त्रिनेत्र बिधा निकेतन - बिशाका श्रेष्ठ,तिरुपती बोर्डिङ हाईस्कुल- मनिषा कार्की,सगरमाथा एजुकेसन एकेडेमी -चण्डिका चालिसे,कान्तिपुर एकेडेमी हाइस्कुल - कमल राज सुनुवार,पुष्पलाल मेमोरियल स्कुल- निर्मला खतिवडा,काठमाडौं विधालय - योगेन्द्र कलेल,आकाश गंगा इन्टरनेसनल एकेडेमी -रिन्छेन शेर्पा,साइप्रस एकेडेमी -दिजेन्द तामाङ,प्रस्फुटन इन्टरनेसनल एकेडेमी - प्रमिला कुमारी पन्त,वेदब्यास विधाश्रम बोर्डिङ स्कुल बुनपा- स्वस्तिका कटुवाल,माउन्ट कैलाश स्कुल- भुवन खनाल,लड्स लाईट एकेडेमी गोकर्णेश्वर ६, बौद्ध- अशोक पोख्रेल ,मनास्लु वर्ल्ड स्कुल - रुपेश जिम्मा,जुगल नवगुरुकुल- सन्तोष श्रेष्ठ ,हाम्रो सनसाईन सेकेन्डरी स्कुल कामनपा ६ सिमलटार- निकेश खड्का,बेल पुष्प स्कुल- बिना बस्नेत,फेरिल्यान्ड इन्टरनेस्नल स्कुल सबिता ढुंगाना पराजुली,शुभकामना स्कुल- शर्मिला तामाङ,काठमाडौं बिधा मन्दिर सुनिता सिंह,ज्ञान चछु स्कुल - रक्षा सिंह र निउ मिलिनियम स्कुल बाट सम्झना श्रेष्ठलाई खादा ओढाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको हो।
स्वागत नृत्य वेदब्यास स्कुलका शिक्षक शिक्षिकाद्वारा प्रस्तुत गरिएको थियो।त्यसैगरी कार्यक्रमलाई थप मनोरञ्जन दिलाउन तथा आफ्नो कला प्रस्तुत गर्न अन्य विद्यालयहरु: प्रीन्स्टन एकेडेमी,पुष्पलाल मेमोरियल स्कुल, ज्ञान चछु स्कुल,आकाश गंगा स्कुल,त्रिनेत्र स्कुल,वेलपुष्प स्कुल लगायतका शिक्षक तथा शिक्षिकाहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए भने ब्यस्त समयका बाबजुद पनि उपस्थित भएर कार्यक्रम सभ्य भब्य रुपमा सफल बनाईदिनुहुने सम्पुर्णमा प्याबसनका सदस्य तथा कार्यक्रम संयोजक किरण खड्काले धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

निजि  तथा अावासिय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वरा अायाेजित Public Speaking training & competition -2081 अाज एक ...
23/02/2025

निजि तथा अावासिय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वरा अायाेजित Public Speaking training & competition -2081 अाज एक कार्यक्रमका बिच उद्घघाटन भएकाे छ। उक्त कार्यक्रम मनास्लु वर्ल्ड स्कुलकाे सभाहलमा एक दिन ट्रनिङ र अर्काे दिन प्रितस्पर्धा गरिनेछ । ट्रेनिङकाे लागि मुख्य भुमिका Ms Sugarika Kc ले गर्नु भएकाे छ ।

Address

Kapan
Kathmandu
4600

Telephone

+9779851048387

Website

Alerts

Be the first to know and let us send you an email when निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं प्याब्सक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं प्याब्सक:

Share