17/05/2026
यस विद्यालयको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै आफ्नो अमूल्य समयका बावजुद आज बैठकमा उपस्थित भई नानीबाबुहरूको समग्र पठनपाठनका सन्दर्भमा सल्लाह र सुझाव समेत प्रकट गर्नुहुने कक्षा सातका सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै यहाँहरुले दिनुभएको सुझाव र सल्लाह अनुरूप नानीबाबुहरूको चौतर्फी शैक्षिक उन्नयनका लागि विद्यालय प्रतिबद्ध रहने र अभिभावकज्यूहरूले पनि उत्कृष्ट अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा समेत व्यक्त गर्दछौं। धन्यवाद।
प्रधानाध्यापक तथा विद्यालय परिवार ।