KTM wisdom club

KTM wisdom club We are dedicated to Develop Research and Education of Philosophy in Nepal Nepal is heritage of about 132 tribes and non-tribe communities.

Institute of Philosophy is breaking news to all philosophy lovers 'you have unlimited chances to burst out brand new ideology in philosophy related topics going depth of tribal society of Nepal.

https://hatmakhabar.com/bichar/2025/11/15/269806/
15/11/2025

https://hatmakhabar.com/bichar/2025/11/15/269806/

-डा. गोविन्द एस उपाध्याय । छिमिकी राष्ट्र भारतको विहारमा भारतीय जनता पार्टीको गठबन्धनले जितेसंगै भारतीय र नेपाली...

12/11/2025

अव हामी सिरिजमा कार्यक्रम गर्ने छौँ :
Dialogue with philosophy and Science
20th Nov 2025
Room 32 Tri-Chandra Campus
1:PM

10/11/2025

सन् १९५१ पछिको नेपाली राजनैतिक परम्परा निकै नकारात्मक रूपमा अगाडी बढेको देखिन्छ | राणाहरूको कठोर आलोचना गर्दै २०९७ देखि १०१७ साल वित्यो | यही विचमा राजा महेन्द्रले निर्वाचित सरकारलाई "नराम्रो" भन्दै पंचायतको स्थापना गरे | राजाको यो कदमलाई प्रजातंत्रवादीहरूले निकै नकारात्मक रूपमा ग्रहण गरे | राणा र पन्च विरुद्धको आन्दोलन २०४७ मा "प्रजातंत्र" आएपछि सफल भनियो | त्यसपछि तुरुन्त माओवादी विद्रोह आरम्भ भयो र यसको पनि २०६३ सालमा राणा, महेन्द्र, बीरेन्द्र र २०४७ सालपछिका सत्तासीनहरुको आलोचनासंगै समाप्त भयो |

विस २०७२ मा लोकतान्त्रिक संबिधानसंगै आलोचना गर्ने संस्कृति समाप्त भएर देश अगाडी बढ्ला भनेर आशा गर्दागर्दै राजनैतिक व्यबस्था र नेत्त्रित्वप्रति एतिविध्न नकारात्मकता बढ्यो कि जेन्जी आन्दोलनको अवसर पारेर सरकारी, व्यक्तिगत सम्पदाहरूमा आगजनी, लूटपाट तथा नोक्सान गर्दै "नकारात्मकता" प्रकट भयो | राजनैतिक नेतृत्व र त्यसका प्रभावले विकसित भएको राजनैतिक संस्कारमा "नकारात्म्क्तात, अर्कोलाई अस्वीकार गर्ने संस्कार र दोषारोपण" गर्ने नयाँ मानसिक संस्कृतिको विकास भयो | अहिले नेपाली मानसिकता यही "नकारात्मक माइण्ड सेट"को भुग्रोमा जलिरहेको छ |

विस २०६२ पछि त झन् घृणावाद एतिविध्न बढ्यो कि नेपालका एकमात्र सर्वसम्मत विभूति र नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहलाई समेत "जुत्ता" हान्ने समुदायहरुको उदय भयो | नेपाली राजनैतिक दल र तिनका नेताहरूले निषेध र नकारात्मकताको माइण्ड-सेट एतिविध्न बढ्यो के नेपालमा कुनै पनि राजनैतिक व्यक्ति सर्वसम्मत "हिरो" बन्ने माइण्ड-सेट निर्मित हुनै सकेन | राजनैतिक दलहरूले सधैं दोहोरो मुकुण्डो लिएर हिंडे | आज नेपाली समाज मानसिक रूपमा एतिधेरै विभाजित भएको र अविश्वासको वन्दी भएको छ कि हरेकले अर्कालाई "भ्रष्ट्र, चरित्रहीन, घुस्याहा, फटाहा तथा झेली"का रुपमा परसिभ गर्न थालेका छन् |

आज स्थिति यस्तो भएको छ कि हरेक नेपालीहरू विभाजित छन् | साम्यवादीहरू मार्क्सवाद छोड्न तयार छैनन् तर मार्क्सवादका मूल्यहरूका पक्षमा छैनन् | समाजवादीहरूको पनि यस्तै दशा छ | अझै उदेक लाग्दो तत्थ्य त के हो भने "घरघरमा नेता" बन्ने प्रतियोगिता नै स्थापित भएको छ | जतिधेरै नेता त्यतिधेरै भ्रष्ट्राचार र अविश्वास" नेपालीहरूको भाग्य बन्न पुगेको छ | जवकसैले कसैलाई विश्वास गर्न नसक्ने अवस्था आउँछ, अनि देशमा नेताहरूको खेती हुन थाल्छ | जव निस्वार्थ जनताको सेवा गर्नेनै लक्ष हो भने "नेता" बन्ने र सत्तामा पुग्ने भीड किन बढीरहेको छ ? प्रश्न आफैसंग गर्नुपर्छ |

नेपाली राजनैतिक नेतृत्वले राजनीति सेवाका लागि हुन्छ भने परिभाषा र व्यबहारलाई परिवर्तन गर्दै "त्याग तपस्या गरेका नेताले सत्तामा पुगेर सत्तासुख" भोग्ने सुनिश्चित गर्नुनै "राजनीति" हो भन्ने अवस्था आएको छ | नेपालमा विकासका धेरै कामहरू भएका छन् | यी विकासका कामहरू २००७ सालपछि क्रमशः हुँदै आएको छ | तर मोबाइलमा विश्व बोकेर हिड्नेहरूले अमेरिका, बेलायत, जापानजस्ता मुलुकसंग आफ्नो देश र आफ्नो जीवन दशाको तुलना गर्दा निराशा बाहेक केही हात लाग्दैन | अनि, नया पुस्तामा पनि "नकारात्मकता"को माइण्ड-सेट आरम्भ हुन्छ | राजनीति गर्नेले राजनीति गर्छन् तर जनताको पक्षमा राजनीति नगरेर सत्तामा पुग्ने र त्यागतपस्याको फल प्राप्त गर्न "पद"प्राप्त गर्न का लागि गर्छन् |

मान्छे स्वार्थी हुन्छ यसमा शंका छैन तर मान्छे नै निश्वार्थ हुन्छ यो पनि सत्य हो | सेवाका लागि त्याग गर्ने राजनीतिज्ञ पनि छन् र केवल व्यक्तिगत स्वार्थपूर्ति गर्न राजनीतिमा प्रवेश गरेर सफलता प्राप्त गरेका पनि छन् | राजनीति गर्नेहरूका लागि सर्वोच्च पद प्राप्त गर्नु एकमात्र लक्ष हुन्छ | लक्षमा पुग्नेहरूले त्यस पदको गरीमा तथा शक्ति थाहा पाउँछन् | कसैले पदको गरीमालाई सेवाका लागि प्रयोग गर्छन् भने केहीले केवल व्यक्तिगत स्वार्थको पूर्ति गर्न उपयोग गर्छन् | राजनीतिको विश्वमा जतासुकै यस्तै हुन्छ | नेपाल पनि यसैभित्र पर्छ | तर एउटा सत्य के हो भने नेपालीहरूमा नेता बन्ने दौड सेवाका लागि होइन स्वार्थका लागि हो | जव देशमा उद्योग-व्यवसाय र जीविकोपार्जनका बाटाहरू हुँदैनन् मान्छेहरू राजनैतिक शक्तिका माध्यमबाट पेशा र रोजगार दुवै प्राप्त गर्न मरिमेट्छ | मार्क्सको प्रसिद्ध भनाई "तिमीसंग छोड्नु पर्ने केही छैन | पायौं भने विश्व प्राप्त गर्ने छौँ" - सही हुन्छ |

प्रसिद्ध दार्शनिक बेन्थम, मिल, स्पेंसरआदिले सुख र स्वार्थलाई केन्द्रमा राखेर मान्छेको व्याख्या गर्ने प्रयत्न गरे तर मान्छेको मन, चिन्तन र लक्ष विविध हुने हुँदा टुङ्गो लगाउन गाह्रो हुन्छ भन्ने बुझे | मनोबैज्ञानिक फ्राइडले मनको एकपाटे व्याख्या गरे तर वैदिक संस्कृतिमा उहाँको व्याख्याका विपरित अनेकौं साक्षहरू छन् | आजको राजनैतिक गतिविधिको कुरा गर्दा "राजनीति सेवाको प्रकल्प हो" भन्ने ब्याख्या नै गलत हो भन्न मिल्छ | राजनैतिक नेता र उच्च नोकरशाहहरू जनताका सेवक हुन् भन्ने कुरा भन्दा झूटो संसारमा अरू केही हुनै सक्दैन | "नेता र उच्च नोकरशाह" सेवक हुन् भन्ने कुरा आधुनिक समाजको मानवतावादी चाहनाको अभिव्यक्तिमात्र हो | व्यबहारमा यी दूवै पात्रहरू जनताका स्वामी, राजा, नियामक र प्रभु हुन् | मीठो जलप र आशा गर्दैमा सत्य रुपान्तरित हुँदैन |

01/11/2025

भविष्यको मान्छे र नैतिक भविष्य
"नैतिकता" शब्दले जुन व्यबहारको अपेक्षा गर्छ, विश्वभरीमा संस्कृति, धर्म, राजनीति र व्यक्तिहरूले व्यबहारमा चाहन्छन् तर नैतिक प्रतिमान भने एकैप्रकारका हुँदैनन् | नैतिकताका आ-आफ्ना मान्यताहरू हुँदाहुँदा पनि सार्वभौम नैतिकताको चाहना र स्थापना विश्व मानव समुदायको प्राथमिकतामा पर्छन् | आधुनिक विज्ञानको विकासले धार्मिक जीवनशैली र मान्यतामा आधारित नैतिक जीवन होस् वा सांस्कृतिक मान्यतामा आधारित जीवनशैली वा अन्य प्रकारले विकसित भएका नैतिक मान्यताहरूमा व्यापक परिवर्तन आएका छन् | उदारहणका लागि चिकित्सा विज्ञानले "गर्भाधान संस्कारको परम्परागत मान्यतामा प्रश्नचिन्ह लगाएको छ | चिकित्सकहरूले अपरिचित व्यक्तिको शुक्राणुको उपयोग गरेर टेस्ट-ट्युवमा रहेको डिम्बसंग सेचन गर्छन् | वैदिकहरूले संस्कारका रूपमा ग्रहण गर्दैआएको गर्भाधान संस्कार विवाहित स्त्री र पुरुषको नैतिक कर्तव्य हो तर विज्ञानले परिस्थितिनै वदलिदिएको छ | वैदिक जीवनको लागि प्रमुख नैतिक कर्तव्य मानिएको गर्भाधान संस्कार प्रभावित भएको छ | गर्भाधान संस्कारका कर्मकाण्डको स्वरूप फेरिनु पर्ने अवस्था बनेको छ | खासगरी धर्ममा आधारित नैतिक मान्यताहरूमा त झन् पहिरोनै गएको छ | हिन्दु, जैन, बौद्ध, शिख, यहुदी, इसाई तथा मुस्लिमहरूका नैतिक मान्यताहरू र विज्ञानको विकासका कारण विकसित भएको मानवीय माइण्ड-सेटमा निकै धेरै विरोधाभाषहरू देखा परेका छन् भने विज्ञानको अझैं समुन्नत विकाससंगै हिजो, आजका तुलनामा भविष्यका नैतिक मान्यता, तिनका मापदण्डहरू र ती मान्यतामा आधारित भएर विकसित हुने मानवीय व्यबहारहरू पक्कै पनि हिजो र आज भन्दा फरक हुने छन् | ईश्वरवादी धर्म र अनिश्वरवादी धार्मिकहरूको नैतिक जीवनमा केवल ईश्वरको डर र कर्मको डर बाहेक अन्य नैतिक प्रत्यायहरू समान छन् र आजको मितिमा पनि ती धर्ममा आधारित नैतिक प्रत्ययहरू सशक्त छन् | साथै, विज्ञानका विभिन्न आयामहरूले मानवीय जीवनमा प्रत्यक्ष प्रभाव पारेसंगै परम्परागत नैतिक विश्वास र तिनमा आधारित मानवीय व्यबहारहरूमा उल्लेखनीय फरक परेको छ | भविष्यमा झन् बढी नै पर्ने निश्चित छ | यस शोधपत्रमा केही धार्मिकतामा आधारित परम्परागत नैतिक प्रत्ययहरू, विज्ञानको प्रभावले आजको मितिमा मानवीय व्यबहारमा सोही प्रत्ययप्रति आएको परिवर्तन र भविष्यमा सोही परम्परागत नैतिक प्रत्ययको स्वरूप कस्तो हुने सम्भावना छ ? भन्ने विषयमा अनुमान गरिएको छ | दार्शनिकहरूले विगत र वर्तमानका आधारमा भविष्यको नैतिक जीवनमा विषयमा अनुमान गर्नु र त्यस विषयमा बहस चलाउनु उचित नै हुन्छ | यो कार्यपत्रले प्रस्तावित विषयवस्तु र त्यसको गम्भीरतालाई सार्वजनिक संकथनमा ल्याउने प्रयत्न गरेको छ |

31/10/2025

राजनीति दर्शन हो अथवा नीति ?
केही दशक अगाडीदेखि दर्शनशास्त्रअन्तर्गत राजनीति दर्शन पनि समावेश भएको छ | केही दार्शनिकहरूले दर्शनशास्त्रलाई राजनीतिको मार्गदर्शक ठान्छन् भने केही दार्शनिकहरूले दर्शनशास्त्र राजनीतिबाट निर्देशन हुने जिकिर गरेका छन् | जे-जस्तो तर्क गरे पनि विश्वभरीका मान्छेहरूको जीवन राजनैतिक प्रतिमानहरूबाट संचालित हुन्छन् भन्ने तत्थ्य लुकाउन सकिन्न | तर पनि राष्ट्रसंचालनका नीतिनियमहरूको मूलाधारमा दार्शनिकता नभई हुन्न | नीति भएको कारण राज्यले तय गरिने विधिनियमहरू नीतिअनुकुल हुनुपर्छ |

वैदिक संस्कृतिको विशिष्ठता के हो भने यसमा नीतिशास्त्रको विकास छुट्टै भएको छ | उदाहरणका लागि दिदुरनीति, चाणक्यनीति, शुक्रनीतिआदि | यी नीतिहरूले राष्ट्र, जनपद, उपजनपद (जिल्ला) नगर तथा ग्रामका निवासीहरूका लागि विधि, नियम तथा नीतिहरू तय गरेका छन् | नीतिको अर्थ लक्षनिर्धारणको पथ हो | निर्धारित गरिएको मार्गमा हिंडाउने कामचाहिं राजनीतिज्ञ हुन्छ | नीतिहरू सम्बन्धित समुदायको चाहना, आदर्श, चालचलन र मान्यताका आधारमा निर्धारित गरिन्छन् | यदि कुनै नीति सम्बन्धित समुदायका चालचलन, चाहना, मान्यता तथा आधारहरूसंग निर्धारित गरिएको नीति पराइस्रोतको छ भने त्यस्ता नीतिहरूले समाजमा विभाजन वा विद्रोह उत्पन्न गर्छन् |

नीतिहरू समस्या मुक्त हुँदैनन् | विजेताहरूले नीतिहरू निर्धारित गर्दा सधैं आफ्नो बर्चश्व स्थापित गर्ने दृष्टिकोणले गर्छन् | वाहिर देखिने नीति र आन्तरिक नीति फरक हुन सक्छन् | उदाहरणका लागि भारतमा अंग्रेजहरूले शासन गर्दा शिक्षा र विकासको क्षेत्रमा सहयोग गर्ने भन्दै विश्वविद्यालय, विद्यालयहरू खोले | रेल र सडक सञ्जालहरूको विकास गरे | तर आन्तरिक नीतिचाहि भारतवर्षमा अंग्रेजको संस्कृति, मानसिकता तथा मान्यताहरूप्रति विश्वास गर्ने समुदायको उत्पादन गर्ने र भारतीय कच्चापदार्थहरू बेचेर धनार्जन गर्ने नीति थियो | जसको प्रभावकारिता आजको भारत र भारतको सिको गर्दै शिक्षानीति अबलम्बन गर्ने नेपालमा समेत प्रत्यक्ष प्रभावकारी देखिएका छन् |

असलमा, राजनीतिले शुभअशुभको व्याख्या सत्ताप्राप्ति र सत्ताको स्थायित्वसंग जोडेर निर्धारित गर्छ | यस्तो गर्दा दर्शनशास्त्रको लक्षप्रति खासै अभिरुचि देखिन्न | धेरै अवसरहरूमा राजनीतिका लागि दर्शनशास्त्रका मूल प्रत्ययहरू सत्यको अनुसन्धान, सत्यको आचरण, तार्किकताको उपयोग र सत्यं शिवम्को उपासना पथ्यकर नहुन सक्छ |

30/10/2025

बौद्धधर्मको विकास हिन्दु धर्मबाट भएको तत्थ्य इतिहासको सत्य हो | हिन्दुहरूले बुद्धलाई बिष्णुको १० औं अवतार मानेर पूजाआजा गरे पनि बुद्धका शिक्षाहरूको कठोर आलोचना गरेका छन् र बौद्धहरूको पनि आलोचना गरेका छन् | बुद्धलाई विष्णुक रूपमा स्वीकार गरेर प्रशंसा गर्नु र बौद्ध धर्म, धार्मिकजन र साधनाहरूको आलोचना गर्नु आफैमा ठूलो विरोधाभाष हो |

दार्शनिक दृष्टिकोणले बुद्धको चिन्तनले नित्यसत्ता (ब्रह्म)को अस्तित्व अस्वीकार गर्छ तर पुनर्जन्म, कर्मफल तथा बहुदेववादको मान्यता स्वीकार गरेर नित्यसत्तावाद्को आफ्नै दार्शनिक चिन्तनसंग विरोधाभाष निम्त्याउँछ | वेदलाई निर्विकल्प प्रमाणका रूपमा अस्वीकार गरेर बुद्धले वैदिकहरूलाई चुनौति दिएका हुन् |

त्यसपछि, हिन्दुहरूले बौद्धप्रणालीहरूको, देवदेवताहरूको आलोचना गरेको भेटिन्छ भने बौद्धहरूले वैदिक देवीदेवताहरूलाई "धर्मपाल"का रूपमा बुद्धमा आश्रित बनाएका छन् | छुट्टै सम्प्रदायका रूपमा स्थापित भएपछि बौद्ध विद्वान् हरूले हिन्दुसनातन धर्मका देवीदेवता वा गुरू भन्दा बुद्ध श्रेष्ठ भएको दावी गर्दै बौद्ध साहित्य सृजना गर्नु स्वाभाविक हो | एता हिन्दुहरूले पनि ती बौद्ध दावीहरूलाई अस्वीकार गर्दै बौद्ध प्रतिक, साधना र दार्शनिक चिन्तनको कठोर आलोचना गरेका छन् |

बौद्धहरूले हिन्दु देवीदेवतालाई "धर्मपाल"जस्तो तेस्रोश्रेणीमा झारेर अपमानित गरेका छन् भने हिन्दुहरूले पनि बौद्धधर्मलाई "पाखण्ड-धर्म" भन्दै उछित्तो काढेका छन् | यति विध्न घोचपेच हुँदा र गर्दा पनि दूवै समुदायको दार्शनिक खण्डनमण्डन भने "आदरभाव" र सम्मानले भरिएका छन् | सेमेटिक रिलिजनहरूको जस्तो शत्रुतापूर्ण, अस्वीकार्य र निषेधवादी छैन | बौद्ध र हिन्दु दुवै विद्वानहरूले आफ्ना शास्त्रहरूमा उत्तर र पूर्वपक्षका रूपमा दार्शनिक पक्षहरूको सिलसिलेवार उल्लेख गरेका छन् | जसले गर्दा वैदिक र बौद्ध दार्शनिक विचारहरू जीवन्त र निरन्तर रहन सफल भएका हुन् |

म थाइल्याण्ड, श्रीलंका तथा भियतनाम पुगेको छु | ती देशहरूमा बौद्ध धर्म मान्नेहरूको बहुलता छ | तेहाका बौद्धहरूले हिन्दु मन्दिरहरूलाई नै बौद्ध आराधनास्थल बनाएका छन् | हिन्दु धर्मसंग उनीहरू घृणा गर्दैनन् अपितु गौरवका साथ आफ्ना पूर्वजहरू हिन्दुनै भएको स्वीकार गर्छन् | नेपालमा भने नवबौद्धहरू सेमेटिक धार्मिकताको प्रभावमा परेर "हिन्दु धर्म र धार्मिकता"उपर सधैं प्रश्न खडा गर्छन् | नेपाल र भारतमा हिन्दु तथा बौद्धका संयुक्त देवस्थलहरू छन् | उपर्युक्त देशहरूमा वैदिक देवीदेवताका मूर्तिहरूलाई नै बुद्ध वा बोधिसत्वका रूपमा आदर गरिन्छ | नेपाल र भारतका नवबौद्धहरूले झैं घृणा गर्दैनन् | नेपालीहरूका लागि गौरवको विषय हो कि सेमेटिक एकलवादबाट प्रभावित र प्रेरित भएका केही नवबौद्धहरूले हिन्दु र बौद्धको सहकार्यको खुवै विरोध गरे पनि सर्वसाधारणहरूमा यसको खासै असर परेको छैन |

यही कुरा जैन र हिन्दु विच, जैन र बौद्ध विच र बौद्ध र हिन्दुहरूका विचमा बुझिन्छ | सन्दर्भ हेर्दा जैन र बौद्ध एकअर्काका बढी आलोचक छन् जुन विषयमा बौद्ध र जैन दुवैले आजको मितिमा खासै चर्चापरिचर्चा गर्दैनन् |

29/10/2025

पाश्चात्य दार्शनिकहरूले दर्शनको इतिहास र आरम्भको इतिहास लेख्दा थेल्स र त्यसपछिका दार्शनिकहरूको चर्चा गर्छन् | उनीहरू आफ्नो दार्शनिक, बैज्ञानिक, धार्मिक इतिहासप्रति निकै सचेत छन् | उनीहरूले आफ्नो इतिहासमा गौरव गर्छन् | दर्शनशास्त्रमा गौरव गर्छन् | उनीहरू आफ्नो मौलिक दार्शनिक चिन्तनका आधारमा विश्व सम्पूर्ण मान्छेले जीवन जगत्का समस्याहरूको समाधान खोजुन् भन्ने कुरामा सचेत छन् | उनीहरू आफ्नो इतिहासका विषयमा कुनै सम्झौता गर्दैनन् |

नेपाली तथा भारतीयहरूको धार्मिक तथा दार्शनिक इतिहास उनीहरूको भन्दा प्राचीन हुँदाहुँदै पनि आफ्ना दार्शनिक अनुसन्धानको आरम्भ वेद, उपनिषद तथा पुराणका दार्शनिकहरूका विचारहरूबाट आरम्भ गर्दैनन् पश्चिमाहरूले लेखेको इतिहासको उद्धरण गर्छन् | पश्चिमाहरूले स्थापित गरेको माइण्ड-सेटले आफ्नो नेपाली तथा भारतीय दार्शनिकहरूलाई आफ्नो दार्शनिक इतिहासका पात्र र तिनका दार्शनिक विचारहरूलाई उल्लेख गर्न असजिलो पार्छ | यदि सोधार्थीहरूले आफ्नो मौलिक इतिहाससंग जोड्ने प्रयत्न गरे भने विविहरूले निरुत्साहित गर्छन् |

यो आरोप होइन, माइण्ड-सेटमा पश्चिमा इतिहासको चिन्तनले पारेको गहिरो प्रभावको अनुभव हो | यो कुरा धेरैलाई मन पर्ने छैन | पश्चिमाहरूले निर्माण गरेको वैचारिक प्रभावको प्रभावकारिता कति धेरै छ भन्ने तत्थ्यको प्रमाण हो | के हामीले आफैसंग प्रश्न गर्नु पर्दैन कि पश्चिमा दार्शनिकहरूले आफ्ना शोधग्रन्थहरूमा वैदिक दार्शनिक इतिहासका महत्वपूर्ण विचार र विचारकहरूलाई किन समाबेश गर्दैनन् र हामी मात्र किन गर्छौं ? विज्ञानको विकासले दार्शनिक इतिहासको प्राथमिक इतिहासमा वैदिक दार्शनिक चिन्तन निकै प्राचीन छ भन्ने तत्थ्य सिद्ध गरेको छैन र ? नेपाली र भारतीयहरूले दर्शनशास्त्रको इतिहास उल्लेख गर्दा पश्चिमी पक्षको उल्लेख गर्नु भन्दा दिनु भन्दा आफ्नै पक्ष उल्लेख गर्नु अन्याय हुन्छ र ? सायद नेपाली तथा भारतीय दार्शनिक जगतमा गम्भिर रुपमा छलफल गरिनु पर्ने विषय हो |

28/10/2025

कुनै पनि दार्शनिक विचार असल वा खराव हुँदैन | असल र खरावको उपयोगिता मान्छेको व्यबहारको लागि हो | विचारहरू प्रकट भएपछि मात्र सार्वजनिक संकथनका विषय बन्छन् | दार्शनिक विचारका सवालमा पनि यही हुन्छ | दर्शनशास्त्रका लागि त्यही विचार वा व्यबहार महत्वपूर्ण हुन्छ जसले तर्कसङ्गत सत्यको उद्घाटन गर्ने प्रयत्न गर्छ | धेरै मान्छेका लागि दर्शनशास्त्र रुचिकर हुँदैन किनभने यसले जीवन जगत्का बास्तविक समस्याहरुका विषयहरू उठान गर्छ | मान्छेसंग सत्य सुन्ने, सत्यको व्यबहार गर्ने र सत्ताका सम्बन्धमा प्रश्न गर्ने क्षमता छ | धेरै मान्छे प्रश्नसंग डराउँछन् | आफुभित्रको असत्य उजागर होला भनेर चूप रहन्छन् | जीवन र जगतका विषयमा अनभिज्ञ रहंदा सजिलो अनुभव गर्छन् |

तेसैले दर्शनशास्त्रमा रुचि राख्नेहरूले असल र खरावको विवेचना गर्नुभन्दा पनि असल र खरावको स्रोत र त्यसको प्रभाव वारे बढी अभिरुचि राख्छन् | प्रभावको प्रभावकारिताको पैमाना अनुभव गरेर निर्णय दिने प्रयत्न गर्छन् | यस्तो निर्णय स्वतन्त्र पनि हुन् सक्छ र ज्ञान तथा अनुभूतिमा आधारित पनि हुन सक्छ |

27/10/2025

दर्शनशास्त्रसंग जोडिन जात, भूगोल, वर्ण, धर्म, राष्ट्रियता र भाषाको बन्धन छैन | तपाईं केवल मानसिकरूपमा स्वतन्त्र र बैचारिक रूपमा इमान्दार हुनुपर्छ | निश्चय नै भाषा, धर्म, जातजातिआदि सबैको दार्शनिक पृष्ठभूमि हुन्छ तर सत्यका सवालमा दार्शनिकको अडान सत्यप्रति नै हुन्छ | भाषाको दर्शन, धर्मको दर्शन, विज्ञानको दर्शनका सीमा हुन्छन् तर दर्शनशास्त्र आफैमा सीमारहित, बन्धनरहित, पूर्वाग्रहरहित हुन्छ |

यदि तपाईंलाई लाग्छ कि तपाईं सत्यका पक्षमा हुनुहुन्छ, स्वतन्त्रता (स्वच्छन्दता होइन)का पक्षमा हुनुहुन्छ र बैचारिक रूपमा विश्वलाई प्राणीको साझा घर मान्नुहुन्छ भने जोडिनुहोस् | सहकार्य गरौँ | दर्शनशास्त्र कसैको स्वामी पनि होइन न् कुनै दार्शनिक चिन्तक वा चिन्तनको दास नै हो | दासहरूले दर्शनशास्त्र बुझ्न सक्दैनन् |

22/10/2025

हिन्दु संस्कृतिजस्तो भौतिकवादी दार्शनिक चिन्तन अर्को हुनै सक्दैन !

20/10/2025

Sri Suktam to you on the Depawali

20/10/2025

महालक्ष्मी, महासरस्वती तथा महाकाली पूजाको महापर्व दीपावलीको अवसरमा समस्त आत्मीयजनप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु |

Address

Mahakal/5
Kathmandu

Alerts

Be the first to know and let us send you an email when KTM wisdom club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share