10/11/2025
सन् १९५१ पछिको नेपाली राजनैतिक परम्परा निकै नकारात्मक रूपमा अगाडी बढेको देखिन्छ | राणाहरूको कठोर आलोचना गर्दै २०९७ देखि १०१७ साल वित्यो | यही विचमा राजा महेन्द्रले निर्वाचित सरकारलाई "नराम्रो" भन्दै पंचायतको स्थापना गरे | राजाको यो कदमलाई प्रजातंत्रवादीहरूले निकै नकारात्मक रूपमा ग्रहण गरे | राणा र पन्च विरुद्धको आन्दोलन २०४७ मा "प्रजातंत्र" आएपछि सफल भनियो | त्यसपछि तुरुन्त माओवादी विद्रोह आरम्भ भयो र यसको पनि २०६३ सालमा राणा, महेन्द्र, बीरेन्द्र र २०४७ सालपछिका सत्तासीनहरुको आलोचनासंगै समाप्त भयो |
विस २०७२ मा लोकतान्त्रिक संबिधानसंगै आलोचना गर्ने संस्कृति समाप्त भएर देश अगाडी बढ्ला भनेर आशा गर्दागर्दै राजनैतिक व्यबस्था र नेत्त्रित्वप्रति एतिविध्न नकारात्मकता बढ्यो कि जेन्जी आन्दोलनको अवसर पारेर सरकारी, व्यक्तिगत सम्पदाहरूमा आगजनी, लूटपाट तथा नोक्सान गर्दै "नकारात्मकता" प्रकट भयो | राजनैतिक नेतृत्व र त्यसका प्रभावले विकसित भएको राजनैतिक संस्कारमा "नकारात्म्क्तात, अर्कोलाई अस्वीकार गर्ने संस्कार र दोषारोपण" गर्ने नयाँ मानसिक संस्कृतिको विकास भयो | अहिले नेपाली मानसिकता यही "नकारात्मक माइण्ड सेट"को भुग्रोमा जलिरहेको छ |
विस २०६२ पछि त झन् घृणावाद एतिविध्न बढ्यो कि नेपालका एकमात्र सर्वसम्मत विभूति र नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहलाई समेत "जुत्ता" हान्ने समुदायहरुको उदय भयो | नेपाली राजनैतिक दल र तिनका नेताहरूले निषेध र नकारात्मकताको माइण्ड-सेट एतिविध्न बढ्यो के नेपालमा कुनै पनि राजनैतिक व्यक्ति सर्वसम्मत "हिरो" बन्ने माइण्ड-सेट निर्मित हुनै सकेन | राजनैतिक दलहरूले सधैं दोहोरो मुकुण्डो लिएर हिंडे | आज नेपाली समाज मानसिक रूपमा एतिधेरै विभाजित भएको र अविश्वासको वन्दी भएको छ कि हरेकले अर्कालाई "भ्रष्ट्र, चरित्रहीन, घुस्याहा, फटाहा तथा झेली"का रुपमा परसिभ गर्न थालेका छन् |
आज स्थिति यस्तो भएको छ कि हरेक नेपालीहरू विभाजित छन् | साम्यवादीहरू मार्क्सवाद छोड्न तयार छैनन् तर मार्क्सवादका मूल्यहरूका पक्षमा छैनन् | समाजवादीहरूको पनि यस्तै दशा छ | अझै उदेक लाग्दो तत्थ्य त के हो भने "घरघरमा नेता" बन्ने प्रतियोगिता नै स्थापित भएको छ | जतिधेरै नेता त्यतिधेरै भ्रष्ट्राचार र अविश्वास" नेपालीहरूको भाग्य बन्न पुगेको छ | जवकसैले कसैलाई विश्वास गर्न नसक्ने अवस्था आउँछ, अनि देशमा नेताहरूको खेती हुन थाल्छ | जव निस्वार्थ जनताको सेवा गर्नेनै लक्ष हो भने "नेता" बन्ने र सत्तामा पुग्ने भीड किन बढीरहेको छ ? प्रश्न आफैसंग गर्नुपर्छ |
नेपाली राजनैतिक नेतृत्वले राजनीति सेवाका लागि हुन्छ भने परिभाषा र व्यबहारलाई परिवर्तन गर्दै "त्याग तपस्या गरेका नेताले सत्तामा पुगेर सत्तासुख" भोग्ने सुनिश्चित गर्नुनै "राजनीति" हो भन्ने अवस्था आएको छ | नेपालमा विकासका धेरै कामहरू भएका छन् | यी विकासका कामहरू २००७ सालपछि क्रमशः हुँदै आएको छ | तर मोबाइलमा विश्व बोकेर हिड्नेहरूले अमेरिका, बेलायत, जापानजस्ता मुलुकसंग आफ्नो देश र आफ्नो जीवन दशाको तुलना गर्दा निराशा बाहेक केही हात लाग्दैन | अनि, नया पुस्तामा पनि "नकारात्मकता"को माइण्ड-सेट आरम्भ हुन्छ | राजनीति गर्नेले राजनीति गर्छन् तर जनताको पक्षमा राजनीति नगरेर सत्तामा पुग्ने र त्यागतपस्याको फल प्राप्त गर्न "पद"प्राप्त गर्न का लागि गर्छन् |
मान्छे स्वार्थी हुन्छ यसमा शंका छैन तर मान्छे नै निश्वार्थ हुन्छ यो पनि सत्य हो | सेवाका लागि त्याग गर्ने राजनीतिज्ञ पनि छन् र केवल व्यक्तिगत स्वार्थपूर्ति गर्न राजनीतिमा प्रवेश गरेर सफलता प्राप्त गरेका पनि छन् | राजनीति गर्नेहरूका लागि सर्वोच्च पद प्राप्त गर्नु एकमात्र लक्ष हुन्छ | लक्षमा पुग्नेहरूले त्यस पदको गरीमा तथा शक्ति थाहा पाउँछन् | कसैले पदको गरीमालाई सेवाका लागि प्रयोग गर्छन् भने केहीले केवल व्यक्तिगत स्वार्थको पूर्ति गर्न उपयोग गर्छन् | राजनीतिको विश्वमा जतासुकै यस्तै हुन्छ | नेपाल पनि यसैभित्र पर्छ | तर एउटा सत्य के हो भने नेपालीहरूमा नेता बन्ने दौड सेवाका लागि होइन स्वार्थका लागि हो | जव देशमा उद्योग-व्यवसाय र जीविकोपार्जनका बाटाहरू हुँदैनन् मान्छेहरू राजनैतिक शक्तिका माध्यमबाट पेशा र रोजगार दुवै प्राप्त गर्न मरिमेट्छ | मार्क्सको प्रसिद्ध भनाई "तिमीसंग छोड्नु पर्ने केही छैन | पायौं भने विश्व प्राप्त गर्ने छौँ" - सही हुन्छ |
प्रसिद्ध दार्शनिक बेन्थम, मिल, स्पेंसरआदिले सुख र स्वार्थलाई केन्द्रमा राखेर मान्छेको व्याख्या गर्ने प्रयत्न गरे तर मान्छेको मन, चिन्तन र लक्ष विविध हुने हुँदा टुङ्गो लगाउन गाह्रो हुन्छ भन्ने बुझे | मनोबैज्ञानिक फ्राइडले मनको एकपाटे व्याख्या गरे तर वैदिक संस्कृतिमा उहाँको व्याख्याका विपरित अनेकौं साक्षहरू छन् | आजको राजनैतिक गतिविधिको कुरा गर्दा "राजनीति सेवाको प्रकल्प हो" भन्ने ब्याख्या नै गलत हो भन्न मिल्छ | राजनैतिक नेता र उच्च नोकरशाहहरू जनताका सेवक हुन् भन्ने कुरा भन्दा झूटो संसारमा अरू केही हुनै सक्दैन | "नेता र उच्च नोकरशाह" सेवक हुन् भन्ने कुरा आधुनिक समाजको मानवतावादी चाहनाको अभिव्यक्तिमात्र हो | व्यबहारमा यी दूवै पात्रहरू जनताका स्वामी, राजा, नियामक र प्रभु हुन् | मीठो जलप र आशा गर्दैमा सत्य रुपान्तरित हुँदैन |