22/08/2026
📱 विश्व निकेतन मोबाइल एप अनिवार्य रूपमा प्रयोग गर्नुहोस्
साथै, आफ्ना बाबु–नानीको पढाइ, उपस्थिति, सूचना तथा अन्य विद्यालयसम्बन्धी विवरण नियमित रूपमा प्राप्त गर्न आफ्नो मोबाइलमा विश्व निकेतनको मोबाइल एप अनिवार्य रूपमा डाउनलोड गरी प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
एपको Username र Password सम्बन्धित विद्यार्थीको त्रैमासिक परीक्षाको प्रवेशपत्र तथा लब्धाङ्कपत्रमा समेत उल्लेख गरिएको व्यहोरा जानकारी गराइन्छ।
📲 एप डाउनलोड गर्ने तरिका
आफ्नो मोबाइलमा Google Play Store वा iOS App Store खोल्नुहोस्।
Search मा “viswaniketan” टाइप गरी खोज्नुहोस्।
देखिएका २ वटा एपमध्ये “11 & 12” लेखिएको एप डाउनलोड गर्नुहोस्।
प्रवेशपत्र/लब्धाङ्कपत्रमा दिइएको Username र Password प्रयोग गरी Login गर्नुहोस्।
आफ्ना बाबु–नानीहरूको शैक्षिक प्रगति, उपस्थिति तथा विद्यालयका महत्वपूर्ण सूचनाबारे नियमित जानकारी लिन एप प्रयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
विश्व निकेतन मा. वि.
त्रिपुरेश्वर, काठमाडौं