राष्ट्रिय शिक्षा सञ्जाल

राष्ट्रिय शिक्षा सञ्जाल आँफू स्वयमलाई भन्नुहोस् :
आज नयाँ दिन हो । आज उत्साह र आशाले भरिएको छ । Welcome to the Sports Era !

𝐆𝐨𝐨𝐝 𝐌𝐨𝐫𝐧𝐢𝐧𝐠 𝐭𝐨 𝐚𝐥𝐥!- 𝐇𝐞𝐫𝐢𝐭𝐚𝐠𝐞 𝐏𝐮𝐛𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧, भोटाहिटी, काठमाडौंबाट प्रकाशित हुँदै आएको 𝐂𝐨𝐦𝐩𝐫𝐞𝐡𝐞𝐧𝐬𝐢𝐯𝐞 𝐏𝐡𝐲𝐬𝐢𝐜𝐬 (𝐆𝐫𝐚𝐝𝐞 𝐗𝐈 & ...
07/06/2026

𝐆𝐨𝐨𝐝 𝐌𝐨𝐫𝐧𝐢𝐧𝐠 𝐭𝐨 𝐚𝐥𝐥!
- 𝐇𝐞𝐫𝐢𝐭𝐚𝐠𝐞 𝐏𝐮𝐛𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧, भोटाहिटी, काठमाडौंबाट प्रकाशित हुँदै आएको 𝐂𝐨𝐦𝐩𝐫𝐞𝐡𝐞𝐧𝐬𝐢𝐯𝐞 𝐏𝐡𝐲𝐬𝐢𝐜𝐬 (𝐆𝐫𝐚𝐝𝐞 𝐗𝐈 & 𝐗𝐈𝐈) पुस्तकप्रति यहाँले देखाउनुभएको विश्वास, शुभेच्छा तथा समय–समयमा प्रदान गर्नुभएको मूल्यवान् सुझावका लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ।
- Comprehensive Physics का Grade XI र XII का Revised and Updated Editions प्रकाशित भइसकेका छन्। नयाँ संस्करणहरूमा CDC का Feedback, NEB Exam (2082) तथा Bloom’s Taxonomy लाई आधार मानी सिकाइ उद्देश्य, अभ्यास प्रश्नहरू र मूल्याङ्कन पक्षलाई थप परिमार्जन र व्यवस्थित गरिएको छ, जसले विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
- पुस्तकलाई अझ उपयोगी, गुणस्तरीय र सिकाई-मैत्री बनाउन यहाँको अनुभव, सुझाव तथा शैक्षिक परामर्शको विनम्रतापूर्वक अपेक्षा गर्दछौँ। यहाँबाट प्राप्त हुने प्रतिक्रिया आगामी संस्करणहरूको सुधारका लागि अत्यन्त महत्वपूर्ण रहनेछ।
- 𝐇𝐚𝐩𝐩𝐲 𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 !
- 𝐀𝐮𝐭𝐡𝐨𝐫 𝐓𝐞𝐚𝐦 (Comprehensive Physics)

05/06/2026

भौतिकशास्त्रमा जस्तै, जीवनमा पनि प्रतिरोध बिना गति र प्रगति सम्भव हुँदैन। कठिन समयले हामीलाई रोक्न होइन, अझ बलियो बनाउन आउँछ। त्यसैले चुनौतीलाई बोझ होइन, आफूलाई निखार्ने अवसरका रूपमा लिनुहोस्। विश्वास र प्रयास कहिल्यै खेर जाँदैन।

04/06/2026

जुन स्वीकार्छौ, त्यही जीवन बन्छ।

29/05/2026

सुशासन र प्रभावकारी बजेट विकासका मुख्य आधार हुन्। जब सरकारले पारदर्शी रूपमा काम गर्छ र जनताको आवश्यकताअनुसार बजेट विनियोजन गर्छ, तब शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्रमा सुधार आउँछ।

28/05/2026

साधना कुनै सीमित क्रिया होइन, यो त निरन्तर बहिरहने ऊर्जाजस्तै प्रतिपल आफूलाई नयाँ बनाउँदै जाने प्रक्रिया हो। परिस्थिति पुरानै कक्षामा घुमिरहे पनि, भित्री चेतना इलेक्ट्रोनले ऊर्जा फड्को मारेझैँ नयाँ तहमा पुग्न सक्छ। अहंकारको गुरुत्वाकर्षणबाट होइन, आत्माको प्रकाशबाट उत्तर दिन सिक्नु नै साँचो रूपान्तरण हो। जीवनको यात्रा श्रद्धा, संयम र निरन्तर साधनाको प्रकाशले अन्धकार चिरेर अगाडि बढिरहन्छ।

16/05/2026

सफल हुने मानिसहरू कहिल्यै नलड्ने होइनन्, उनीहरू हरेक पटक लडेर फेरि उठ्न जान्दछन्। असफलता उनीहरूको यात्राको एउटा पाठ मात्र हो।

13/05/2026

नवविवाहित जोडी तरकारी बजार गयो। तरकारी किन्दै गर्दा पसलेले केटालाई चिनेर सोध्यो, “भाइ, उहाँ को हो?”

केटाले मुस्कुराउँदै भन्यो, “उनी मेरी श्रीमती।”
पसलेले शुभकामना दिँदै फेरि भन्यो, “उहाँ त Masters Degree मा Gold Medal ल्याएकी जस्ती देखिनुहुन्छ।”

केटा अचम्म मान्दै बोल्यो, “हो त, उहाँ Gold Medalist नै हुनुहुन्छ। तर तपाईंलाई कसरी थाहा भयो?”
पसले हाँस्दै भन्यो, “किनकि उहाँले झोलामा गोलभेडामाथि फर्सी राख्नुभएको छ।”

- जीवनले बारम्बार एउटा सत्य सम्झाउँछ। डिग्री, पदक र प्रमाणपत्रले ज्ञानको परिचय दिन सक्छन्, तर व्यवहारिक बुद्धिले मात्र जीवन सजिलै चलाउन सिकाउँछ। साँचो शिक्षा त्यो हो, जहाँ किताबको ज्ञान र जीवनको अनुभव एकअर्काका पूरक बन्छन्।

11/05/2026

तपाईंलाई आफ्नो लक्ष्य थाहा छ, बाटो पनि थाहा छ। अब बाँकी कुरा केवल एउटा निर्णय हो: आजबाट सुरु गर्ने। जान्नु पर्याप्त होइन, निरन्तर कर्म नै परिवर्तनको वास्तविक शक्ति हो।

10/05/2026

भनिन्छ, ठाउँ बदलिँदैमा स्वभाव बदलिँदैन । स्वर्ग पुगेको सुँगुरले पनि आखिर खोज्ने उही पुरानै कुरा हो रे; त्यसैले पद, प्रतिष्ठा र सम्मानले सबैलाई परिपक्व बनाइहाल्छ भन्ने पनि रहेनछ।

04/05/2026

आफ्नो सोच स्वतन्त्र राख्नुहोस्, तर समाजसँग व्यवहार गर्दा सन्तुलन, सम्मान र समझदारी कायम राख्नु अझै महत्वपूर्ण हुन्छ। स्वतन्त्र विचारले तपाईंलाई पहिचान दिन्छ, र सन्तुलित व्यवहारले त्यसलाई सम्मान दिलाउँछ।

Address

Mid Baneshwor
Kathmandu

Telephone

+9779813394396

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय शिक्षा सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share