10/09/2026
रसुवा र नुवाकोट लगायतका बाढी प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको राहत र पुनर्स्थापनामा सानो सहयोग पुर्याउने उद्देश्यले **स्वाती सदन स्कूल तथा कलेज** परिवारको तर्फबाट **विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थाको संयुक्त पहलमा संकलित रु. १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ)** नेपाल सरकारको **प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष** मा जम्मा गरिएको छ।
यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित परिवारहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाको काम सफल होस् भन्ने कामना गर्दछौं।