Information of bishwobhasa campus

Information of bishwobhasa campus कुनैपनि भाषा सजिलै सिक्नुहोस् (भाषा सिक्नुहोस् सक्षम बन्नुहोस् । ) This is the only campus in Kathmandu that teaches different languages.

Situated at the heart of the capital city of Nepal, Kathmandu, the Campus of International Languages (CIL) is the only language teaching campus under Tribhuvan University (TU), the oldest and highly regarded university in Nepal. At present there are two language programs running in the campus -- the Himalayan Language Program, which includes Nepali, Sanskrit, Newari and Tibetan and the Foreign Lan

guage Program, which includes English, French, German, Chinese, Japanese, Korean, Spanish, Russian and Urdu. The CIL is also planning to add two more foreign languages to the list; they are Italian and Arabic. Language programs, other than English, are offered as a two-year course divided into four semesters. The first two semesters constitute 'Ordinary Level' and the last two semesters, 'Advanced Level'. In Nepali language program, there is also a Post-Advanced third year course which includes the study of Nepali Grammar, history, culture, and literature. The campus has also started a third year Japanese language course. English language program is divided into two levels called 'Basic English' and 'Advanced/Writing English'. The Campus boasts of its well-trained and experienced faculty that include Nepalese as well as foreign nationals. It has native speakers to teach Himalayan Languages whereas foreign languages are taught either by Nepalese teachers or by foreign native speakers of the respective languages. Himalayan languages are offered only to foreign (non-Nepalese) students and the foreign languages only to Nepalese students. About the CIL classrooms, each classroom has the facility for 30 students. The classrooms are well-furnished and they are well-equipped with modern audio-visual facilities. Students get knowledge of four basic language skills, namely, listening, speaking, reading, and writing (LSRW). Each semester is roughly divided into three equal parts by two internal assessment tests to evaluate how far the students have learnt the skills. And each semester is concluded with final examinations. Students must secure at least 60% marks in each exam to get promotion to higher-level courses. The following are the test titles

Notice
05/02/2026

Notice

Level Test Results Published
05/02/2026

Level Test Results Published

notice
31/01/2026

notice

त्रिभुवन विश्वविद्यालय — स्थापना भएको ऐतिहासिक कथा नेपालको जेठो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालय परिचित छ । ...
31/01/2026

त्रिभुवन विश्वविद्यालय — स्थापना भएको ऐतिहासिक कथा

नेपालको जेठो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालय परिचित छ । तत्कालीन राजा त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने घोषणा गरेका थिए । २०१३ सालमा कीर्तिपुरमा स्थापना गर्ने निर्णय भयो । २०१६ सालमा यसले कानुन प्राप्त गर्‍यो । तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदै आएका छ । यसको इतिहास रोचक छ । लामो छ । स्थापना सम्बन्धी इतिहासका पानामा लेखिएका केही महत्त्वपूर्ण घटनालाई यो लेखले समेट्ने प्रयास गरेको छ । 

२००७ सालमा प्रजातन्त्र स्थापना हुँदा नेपालको साक्षरतादर दुई प्रतिशत थियो । उच्च शिक्षाका लागि त्रिचन्द्र कलेज मात्र थियो । शिक्षा पत्रकार प्रकृति अधिकारीका अनुसार नयाँ राष्ट्रिय शिक्षा प्रणालीको तर्जुमा गर्न नेपाल राष्ट्रिय शिक्षा आयोग गठन गरिएको थियो । सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा आयोग गठन भएको थियो । सो आयोगको शैक्षिक सल्लाहकारका रूपमा अमेरिकाको ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्यूग वी. उडले काम गरेका थिए । आयोगले नेपाल राष्ट्रिय विश्वविद्यालय स्थापना गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगले अतिथि गृह रहेको शीतल निवासमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त रहेको सिफारिस गरेको थियो । विश्वविद्यालय स्थापनाको कुरा लामो समय प्रतिवेदनमा मात्र सीमित रहयो । 

२०१२ साल माघ महिनामा विश्वविद्यालय स्थापनाका लागि भवनको खोजी गर्न थालियो । विश्वविद्यालय भवन छनोट गर्ने उद्देश्यले तत्कालीन शिक्षा स्वास्थ्य तथा स्थानीय स्वायत्त मन्त्री बालचन्द्र शर्मा माघ १८ गते एउटा टोली लिएर सेतो दरबार पुगका थिए । २०१२ साल चैत १८ गते टुँडिखेलमा एउटा सभाको आयोजना गरियो । उक्त अवसरमा राजा त्रिभुवनकी जेठी महारानी कान्ति राज्यलक्ष्मी र कान्छी महारानी ईश्वरी राज्यलक्ष्मीले त्रिभुवन विश्वविद्यालय स्थापनाको घोषणा गरिन् । विश्वविद्यालय स्थापना गर्न कमिसन गठन गरिएको पनि दुवै रानीद्वारा दिइएको सन्देशमा उल्लेख थियो । कमिसनको सभापतित्व आफूहरूले नै गरेको घोषणा गरियो । 

उक्त कमिसनको सदस्यमा तत्कालीन माहिला हिमालय, कान्छा अधिराजकुमार बसुन्धरा, राजाका निजी सचिव सरदार हंशमान सिंह, खड्गनरिसिंह राणा, शिक्षा विभागका निर्देशक शारदाप्रसाद उपाध्याय, मिर सुब्बा भैरवबहादुर प्रधान र लक्ष्मीप्रसाद देवकोटालाई राखियो । सचिवका रूपमा डा. पारसनारायण सुवाललाई तोकियो । 

२०१३ साल वैशाख १ गते नारायणहिटी दरबारमा स्वर्गीय राजा त्रिभुवनकी जेठी महारानीको सभापतित्वमा कमिसनको पहिलो बैठक बस्यो । बैठकमा कमिसनको विधान पेश गरिएको थियो । २०१३ साल वैशाख १३ गते बसेको कमिसनको बैठकले अर्थ, भवन निर्माण, मस्यौदा कानुन, शिक्षा पद्धति र निर्माण, साधन र पुस्तकालय समिति गठन गर्ने निर्णय गर्यो । यसबिचमा मुलुकका विभिन्न ठाउँमा कलेज स्थापना गर्ने प्रक्रिया सुरु भइसकेको थियो । राजा त्रिभुवनकी दुवै महारानीले ललितपुरमा ३७५ रोपनी जग्गा चन्दा स्वरूप दिएको घोषणा गरियो । 

विश्वविद्यालय स्थापनाका लागि लुभु, स्वयम्भू, छाउनी, महाराजगञ्ज, सुन्दरीजल, सुनाकोठी आदि ठाउँमा निरीक्षण गरियो । कमिसनले २०१३ साल मंसिरमा कीर्तिपुरमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्यो । पूर्व उपसचिव नरोत्तम शर्माका अनुसार विश्वविद्यालय कहाँ राख्ने भन्ने विषयमा लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा एउटा समिति बनेको थियो । सो समितिले ठाउँ हेरेर स्थान छनोट गरेको भन्ने सुनेको थियो । 

त्यसबिचमा सरकारले पञ्चवर्षीय योजना सुरु गर्यो । विश्वविद्यालय स्थापना भएको केही समयमा एउटा इन्जिनियरिङ स्कुलको स्थापना गर्ने उल्लेख गरिएको थियो । सो स्कुलको स्थापना पछि नर्सिङ र दन्तचिकित्सा समेत पढाउने योजनामा समावेश गरिएको थियो । सो योजनामा विश्वविद्यालयको कार्यक्रम प्रारम्भ गर्न १२ लाख रुपैयाँ खर्च गर्ने उल्लेख गरिएको थियो । २०१३ साल पुसमा प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई कमिसनको सदस्य बनाइयो । त्रिभुवन विश्वविद्यालय कस्तो बनाउनुपर्छ भन्नेबारे विभिन्न शिक्षाप्रेमीसँग सुझाव माग गरिएको थियो । विभिन्न व्यक्तिले कमिसनलाई लिखित सुझाव दिएका थिए । त्यसबिचमा आयोगका सदस्यहरु भारतको बनारसस्थित काशी हिन्दु विश्वविद्यालयमा पनि अध्ययन गर्न पुगे । त्यो बेलाका भारतका उपराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनसँग भेट गरे । भारतीय विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष सी.डी. देशमुखसँग पनि भेटे । 

आयोगका सदस्यहरु पटना, बनारस, दिल्ली, बडोदा, मुम्बई, पुणे, बंगलोर र मद्रास पनि पुगेर स्वदेश फर्किए । स्वर्गीय राजा त्रिभुवनको ५२औँ जन्मजयन्तीका अवसरमा असार २०१५ साल असार ११ गते कीर्तिपुरको ट्याङ्लाटारमा बिहान साढे १० बजे भवन शिलान्यास गरियो । सो अवसरमा उपत्यकाका कलेज तथा विद्यालयका विद्यार्थीलाई पनि भेला गरिएको थियो । कति विद्यार्थी थिए भन्न नसके पनि उपत्यकाका सबै विद्यार्थी गएको पूर्वसचिव शर्मा बताउँछन् । 

नेपाल सरकारका पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल भन्छन्, “युद्धोदय पब्लिक हाइस्कुलमा कक्षा ९ मा पढ्थेँ । त्यो विश्वविद्यालयको शिलान्यास हुने दिन हाम्रा हेडमास्टर रामजीप्रसाद शर्माले विश्वविद्यालयको स्थापना हुने भयो भनेर माथिल्लो कक्षा (९ र १०) का विद्यार्थीलाई शिक्षक र विद्यार्थीको टोली कीर्तिपुर लगेका थिए ।” 

‘तमसो मा ज्योतिर्गमय, असतो मा सद्गमय, मृत्योर्मा अमृतं गमय’ भन्ने उपनिषद् वाक्यको संगीतमय बन्दनापछि दुवै रानीले जगमा पालैपालो सिमेन्ट राखिन् । सिक्रिमा झुण्ड्याइएको आधारशिलालाई पूजा गरियो । दुवै रानीले त्यसलाई स्पर्श गरिन् । कीर्तिपुर क्षेत्रमा दुई हजार रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले ३ हजार ४२ रोपनी जग्गा चर्चिएको छ । त्यो बेला जग्गाका लागि आठ लाख खर्चिएको थियो । विश्वविद्यालय भवन निर्माण गर्न २५ वर्ष लाग्ने र १ करोड २६ लाख रुपैयाँ लाग्ने जानकारी शिलान्यासका बेला दिइएको थियो । 

वरिष्ठ मूर्तिकार गोविन्दनारायण ज्यापू भन्छन्, “कीर्तिपुरको त्यो डाँडाको सरसफाइ गर्न जाने हामी नै हौँ । त्यहाँको पहाडलाई काटेर सम्म पारेका हौँ ।” 

शिलान्यासका बेला हिमालय वीरविक्रमले “जसरी आज विश्वविद्यालयको शिलान्यास गर्ने महान कार्य सफल भयो, त्यसरी नै सबैको सहयोगबाट शीघ्रातिशीघ्र यसको उद्घाटन हुने दिन आओस्” भन्ने परमपिता परमेश्वरसँग प्रार्थना गरेका थिए । 

त्यसदिन विश्वविद्यालयका कमिसनका सचिव सुवालले प्रतिवेदन पेस गरेका थिए । विश्वविद्यालय कोषबाट शोधभर्ना हुनेगरी नेपाल सरकारबाट लिएको दुई लाख ५० हजार सकिएको र थप दुई लाख लिएको जानकारी दिए । यता भवन निर्माण र कानुन निर्माण एकैसाथ धमाधम भयो । 

भवन निर्माण गर्ने क्रममा उपत्यकाका विद्यालय तथा कलेजका विद्यार्थीलाई स्वयंसेवकका रूपमा खटाइयो । २०१६ साल जेठमा त्रिभुवन विश्वविद्यालय ऐन जारी गरियो । अविछिन्न उत्तराधिकारीवाला, स्वशासित र संगठित संस्थाका रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना गरिने कुरा ऐनमा लेखियो । ऐनले राजालाई विश्वविद्यालयको रोयल भिजिटर बनायो । त्रिभुवन विश्वविद्यालयको कुलपतिको मनोनयन पाँच वर्षका लागि सिनेटको सिफारिसमा रोयल भिजिटरबाट गर्ने स्पष्ट उल्लेख गरियो । ऐनमा प्रथम कुलपति त्रिभुवनकी जेठी रानी रहने र कार्यावधि आजीवन रहने उल्लेख गरिएको थियो भने सहकुलपति कान्छी रानीलाई बनाइयो । आजीवन सदस्यका रूपमा तत्कालीन अधिराजकुमार हिमालय र बसुन्धरालाई राखियो । 

२०१६ साल असार ३० गते विश्वविद्यालय परिषद्को प्रथम बैठक बस्यो । बैठकलाई सम्बोधन गर्दै तत्कालीन राजा महेन्द्रले “यो विश्वविद्यालय नेपाल आमा र उनका सन्तानलाई समर्पित गर्दछौँ” भने । पहिलो उपकुलपतिका रूपमा तत्कालीन उपप्रधानमन्त्री सुवर्ण जबरालाई बनाइयो । त्रिवि परिषद्मा सदस्यदेखि कुलपति सम्म १७ जना समावेश गरियो । 

इन्टरमिडिएट र स्नातक तहका परीक्षा त्रिविको निम्ति भारतको पटना विश्वविद्यालयले नै सञ्चालन गर्थ्यो । त्रिविका पूर्व उपकूलपति कदेरभक्त माथेमा भन्छन्, “त्यो कोर्सको किताब हेर्दै पटना विश्वविद्यालय लेखिएको हुन्थ्यो; त्यो कोर्स एडप्ट गरेको हुन सक्छ त्रिविले।” 

एमएको परीक्षा त्रिभुवन विश्वविद्यालयले नै लिन थाल्यो । २०१७ साल असार १७ गते त्रिभुवन विश्वविद्यालयबाट सन् १९६० का IA, ISC, ICom, BA, BSc र BComको परिणाम सार्वजनिक गरियो । २०१८ सालदेखि सबै परीक्षा त्रिभुवन विश्वविद्यालयले नै सञ्चालन गर्न थाल्यो । त्यो बेला सम्म उपत्यकाका कलेजमा नेपाली ३५ जना र भारतीय २० प्राध्यापक थिए । “पढाउने त बिसि मल्ल सर, पन्थ सर, तीर्थबहादुर मान्धर, नरेशमान सिंह, अम्बिका प्रसाद अधिकारी सर हुनुहुन्थ्यो,” पूर्व उपकुलपति माथेमाले भने । 

कीर्तिपुरमा भवन निर्माण नहुँन्जेल त्रिपुरेश्वरमा पठनपाठन हुन्थ्यो । त्रिपुरेश्वरको बंगाली शिक्षक बसेका ठाउँमा बिहान र दिउँसो पढाइ हुन्थ्यो । त्रिभुवन विश्वविद्यालयले २०१७ साल चैत १० गते त्रिविले पहिलो दीक्षान्त समारोहको आयोजना गर्यो । सो समारोहमा भारतका विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष सी.डी. देशमुखलाई विदेशी अतिथिका रूपमा आमन्त्रित गरिएको थियो । 

सन् १९६० मा स्नातक तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने मणिकरत्न कंशाकारलाई भाइस चान्सलरको तक्मा प्रदान गरियो । उनी BCom उत्तीर्ण भएका थिए । २०१६ सालमा पहिलो परीक्षामा १,९३९ जना सहभागीमध्ये ९१९ जना उत्तीर्ण भएका थिए । त्यो बेला सम्म विश्वविद्यालयले ११ डिग्री र ११ इन्टरमिडिएट कलेजलाई सम्बन्धन दिइसकेको थियो । त्रिविमा १० ओटा विभाग स्थापना भएका थिए । 

२०१८ साल पुस २७ गते त्रिवि परिषद्को बैठक बस्यो । सो बैठकमा कुलपति र सहकुलपतिले अवकाश लिएको घोषणा गरे । राजा महेन्द्रले कुलपतिको पद स्वयं ग्रहण गरे । शिक्षा मन्त्रीलाई पदेन सहकुलपति नियुक्त गरियो । त्यो बेला शिक्षा मन्त्री परशुनारायण चौधरी थिए । दुवै रानीले संयुक्त सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयसँग स्थापना कालदेखि आत्मिय सम्बन्ध रहेको र सम्बन्ध विच्छेद गर्दा गहिरो दुख लागे पनि विश्वविद्यालयको शीघ्रतम उन्नति र दीर्घकालीन अभिवृद्धिलाई नै आफ्नो कर्तव्य सम्झेर अवकाश लिएका बताएका थिए । 

राजा महेन्द्रले महेन्द्र विद्याभूषण पदक स्थापना गरे । २०१८ सालदेखि सो पदक वितरण गरियो । सुरुको वर्षमा १३ जना नेपाली विद्यार्थीले पदक पाएका थिए । त्यसमध्ये त्रिविका २ जना विद्यार्थी थिए — काठमाडौँका मुकुन्द शर्मा रेग्मी र ललितपुरका सिवगोपाल रिसालले सो पदक पाएका थिए । एम संस्कृत र नेपालमा उत्कृष्ट अंक ल्याएको हुनाले सो पदक प्रदान गरिएको थियो । “त्यो बेला महेन्द्रको दबदबा थियो बोलाइयो; राजाबाट तक्मा पाउने भएपछि गौरवको अनुभूति भयो,” पहिलो महेन्द्र विद्याभूषण पदक विजेता रिसाल भन्छन् । 

यातायातको असुविधाका कारण त्यो बेला विद्यार्थीले सास्ती भोग्नुपथ्र्यो । “रत्नपार्कबाट दुईओटा कीर्तिपुर जाने बस चल्थ्यो; एउटालाई साढे ९ बजे भ्याउनु पर्थ्यो; हामी झ्यालबाट, ड्राइभरको सिटबाट गाडी चढेर पनि गयौं; फर्कँदा भने बस चढ्नै पाउँदैनथ्यो; म हिँडेर हाडी गाउँ पुग्थेँ,” अतित स्मरण गर्दै शिक्षाविद् मनप्रसाद वाग्ले भन्छन्, “कुपन लिएर एक महिनासम्म यात्रा गथ्यौं।” 

२०१८ सालमा दोस्रो दीक्षान्त समारोह आयोजना भयो । त्यसपछि क्रमशः हरेक वर्ष दीक्षान्त समारोह आयोजना भयो । स्थान अभावका कारण त्रिपुरेश्वरको दशरथ रंगशालामा पनि दीक्षान्त समारोह आयोजना भयो । पछि यसले निरन्तरता पाउन सकेन । संयुक्त दीक्षान्त समारोह गरिएको दृष्टिपनि छन् त्रिविसँग । सुरुसुरुमा ठाउँ अभावमा त्रिपुरेश्वरको रंगशालामा पनि दीक्षान्त समारोह भयो । 

२०६२–६३ को आन्दोलनपछि राजालाई कुलपति हुने व्यवस्था हटेर प्रधानमन्त्री कुलपति हुने प्रावधान ल्याइयो । 

२०१८ सालमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियन गठन गरियो । पहिलो अध्यक्ष नवराज सुवेदी हुँदै २०१९ सालमा तीर्थनाथ गोगल युनियनका अध्यक्ष बने । तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्टले युनियनको उद्घाटन गरेका थिए । 

प्राध्यापक संघ स्थापनाको कथा पनि रोचक छ । संघ स्थापना हुनुमा त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूको पनि उत्तिकै भूमिका छ । शून्यबाट सुरु भएको संघ आज देशभर रहेको छ । “म, त्रलोक्यनाथ र गोपाल शर्माको समूहले विधान लेख्ने निर्णय गर्‍यौं; एजुकेसन काउन्सीलको एउटा हलमा बसेर विधान लेखेका हौँ; विधान भएपछि म, त्रैलोक्यनाथ लगायतले चुनाव लड्यौं,” शङ्करराज पाठक, संस्थापक सरस्वती बहुमुखी क्याम्पस भन्छन्, “पहिलो पटक मेरै कलेजमा पहिलो बैठक बस्यौँ ।” 

"त्यो बेला पनि कांग्रेस कम्युनिष्ट भन्दै भोट माग्थे; हामी लाइन बसेर भोट हाल्थ्यौं" - वाग्ले ।

अहिले यो विश्वविद्यालयको ९ ओटा संकाय, ४ अनुसन्धान केन्द्र, ४० केन्द्रीय विभाग, ६२ आंगिक क्याम्पस र १०६२ सम्बन्धन प्राप्त क्याम्पस छन् । यो विश्वविद्यालयमा करिब ४ लाख विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थीको भार त्रिविले थेगेको छ ।

TU Students

नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका (JITCO), २०६६ खारेज सम्बन्धी प्रेस नोट-२०८२/१०/१४
30/01/2026

नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका (JITCO), २०६६ खारेज सम्बन्धी प्रेस नोट-२०८२/१०/१४

https://youtube.com/-ak?si=sLtnRVQdHI3EVC8lत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक YouTube Channel ...
29/01/2026

https://youtube.com/-ak?si=sLtnRVQdHI3EVC8l
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक YouTube Channel संचालन सम्बन्धि सूचना।

YouTube Channel Name: TU Office of the Controller of Examinations

Mobile बाट YouTube मा खोज्दै हुनुहुन्छ भने YouTube मा गएर OCOE-AK टाईप गरेर Search गर्दा देखाउनेछ ।

25/01/2026
सूचनामिति २०८२ माघ १८ र १९ गते (01 & 02 February, 2026) का दिन दक्षिण कोरिया प्रस्थानका लागि Regular समूह अन्तर्गत छनोट ...
23/01/2026

सूचना
मिति २०८२ माघ १८ र १९ गते (01 & 02 February, 2026) का दिन दक्षिण कोरिया प्रस्थानका लागि Regular समूह अन्तर्गत छनोट भएका कामदारहरूको उडान कार्यक्रम तोकिएको छ। सम्बन्धित सबैले आवश्यक तयारी समयमै पूरा गर्न तथा तोकिएको मिति अनुसार उपस्थित हुन अनुरोध गरिन्छ।
#दक्षिणकोरिया
#कोरिया_प्रस्थान


#नेपाली_कामदार
#विदेशी_रोजगारी
#उडान_सूचना
#माघ१८

19/01/2026
Result published (Basic English- I&II, Writing English- I&II, French-I, Chinese-I, Italian-I,II&III)
14/01/2026

Result published (Basic English- I&II, Writing English- I&II, French-I, Chinese-I, Italian-I,II&III)

Address

Exhibition Road
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Information of bishwobhasa campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share