महेश अधिकारी - Mahesh Adhikari

महेश अधिकारी - Mahesh Adhikari कला ,साहित्य र देशको समसामयिक घटना सम्बन्धि जानकारी ।

तीन दिने निःशुल्क अनलाइन लोकसेवा तयारी कक्षा : 7996158818 : starनयाँ Online तयारी कक्षा धमाधम सञ्चालन हुँदैछ ।कक्षाका  प...
24/12/2023

तीन दिने निःशुल्क अनलाइन लोकसेवा तयारी कक्षा
: 7996158818
: star
नयाँ Online तयारी कक्षा धमाधम सञ्चालन हुँदैछ ।
कक्षाका प्रमुख विशेषताहरु:
➡️ Live Class and Recording Video
➡️ PDF Book or Notes
➡️Weekly McQ Test
➡️ Feedback class
समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला ।
Contact us
Contact: 9809638972
WhatsApp: 985-2044450
#नायवसुब्बा #खरिदार #गण्डकी_प्रदेश_चाैथाे_र_पाँचाै #शिक्षक_सेवा

अवसरको सदुपयोग गरौँ ।
17/12/2023

अवसरको सदुपयोग गरौँ ।

05/11/2023

पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो। पाँच सय वर्षदेखि थुप्रिएर बसेको भूकम्पीय शक्तिले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविद्हरूले बताएका छन्।

04/11/2023

बेलायतमा जन्मिएका कलिन स्मिथ (पुतली बाजे)को ८८ वर्षको उमेरमा निधन भएको छ। २०८०-०७-१८

04/11/2023

गएराति भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग र...
03/11/2023

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

स्याङ्जाली शाखा अधिकृत BAT36 ...
17/10/2023

स्याङ्जाली शाखा अधिकृत BAT36 ...

17/10/2023

केहि समय निष्क्रिय रहेको यो फेसबुक पेज अब सक्रिय हुने जानकारी गराउन चाहन्छु ।

खरिदार दोस्रो चरणको परीक्षा मिति संशोधन गरिएको छ |
17/10/2023

खरिदार दोस्रो चरणको परीक्षा मिति संशोधन गरिएको छ |

05/09/2022

न्याय संगत कानुनको विवेकसंगत प्रयोग द्दारा गरिने शासननै कानुनी शासन हो । संबैधानिक सर्वोच्चता तथा कानुनी सर्वोच्चता सहितको शासन ब्यवस्थानै कानुनी शासन हो । यसले कानुनको दायारामा सबै हुनु पर्ने र कानुनको अगाडि सबै समान हुनुपर्ने अवधारणा अंगिकार गरेको हुन्छ । कानुन विवेकपुर्ण औचित्यपुर्ण र जनशहभागितामा आधारित भएर कानुन निर्माण गरिएको हुन्छ ।

04/09/2022

संविधान-२०७२ का १६ विशेषता

१. भाग २७, धारा ३०२ र अनुसूची ९ वटा रहेको यो संविधान लचिलो प्रकारको छ । संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा विगतमा जस्तो आन्दोलन गरिरहनुपर्दैन, संसदको दुई तिहाइ बहुमतबाट संविधान परिमार्जन गर्न सकिन्छ ।
२. संविधानले संघीयतालाई आत्मसात गरेको छ । सात प्रदेशको समग्र खाका आएको छ । यसलाई परिमार्जन गर्न या थपघट गर्न सकिने संविधानभित्रै ठाउँछ । प्रदेशको नामाकरण प्रदेश संसदको दुई तिहाइले गर्नेछ भने सीमांकन आयोगमार्फत हुनेछ ।
३. शासन प्रणालीको हकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली अपनाइएको छ । राष्ट्रपतिको चुनाव प्रदेशसभा सदस्य र केन्द्रीय संसदका सदस्यहरुले गर्छन् भने प्रधानमन्त्री संसदबाट छानिन्छ ।
४. सरकारलाई अस्थिर बन्न नदिन प्रधानमन्त्रीविरुद्ध सुरुका दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको छ ।
५. संसदमा समावेशी प्रतिनिधित्व हुनेछ । मिश्रति निर्वाचन प्रणाली अपनाइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई संसद रहनेछन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य हुने छन् । राष्ट्रिय सभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनित तीनसहित ५९ सदस्य हुनेछन् ।
६. संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना हुनेछ । केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद बन्नेछ । चुनाव हारेका व्यक्ति मन्त्री बन्न पाउँदैनन् । प्रदेश सभा एक सदनात्मक हुनेछ । ७. सात प्रदेशका कुल सांसद पाँच सय ५० हुनेछ । प्रादेशिक संसदका कुल सांसदको २० प्रतिशत नबढ्ने गरी प्रान्तीय मन्त्रिपरिषद बन्नेछ । केन्द्रमा जस्तै प्रदेशमा पनि प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ कोटामा ४० प्रतिशत सीट संख्या हुनेछ ।
प्रदेश सभाले आफ्नो राजधानी तय नगर्दासम्म नेपाल सरकारले तोकेको स्थानबाट कार्यसञ्चालन हुनेछ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन गरिएको छ । प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरुको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था गरिएको छ ।
८. संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ । तर, धर्मनिरपेक्षताको व्याख्या गर्दै भनिएको छ- धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता बुझ्नुपर्नेछ ।
९. मौलिक हकसम्बन्धी वृहत व्यवस्था गरिएको छ । महिला र दलितलाई विशेष आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतका हकहरुलाई मौलिक हक अन्तरगत राखिएको छ । तर, यसको प्रयोग ‘कानून बमोजिम हुने’ भनेर संकुचन गरिएको गुनासो पनि आएको अवस्था छ ।
१०. न्यायपालिका अन्तरगत केन्द्रमा सर्वोच्च अदालत रहने छ भने सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था गरिएको छ । प्रदेशहरुमा उच्च अदालत रहनेछ भने जिल्ला सदरमुकाममा जिल्ला अदालतहरु रहनेछन् ।
११. नागरिकतासम्बन्धी प्रावधानमा वंशजको नागरिकता लिने प्रयोजनका लागि आमा वा बाबुको प्रावधान राखिएको छ । मधेसीहरुको मागलाई पनि नागरिकतामा समेटिएको छ ।
१२. मधेसी, थारु, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग बनाइने प्रावधान छ । सबै माृतभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा नेपाली भाषाको प्रयोग हुनेछ ।
१३. राष्ट्रिय जनावर गाईलाई राखिएको छ । राष्ट्रिय भन्डा र राष्ट्रिय गान यथावत नै राखिएको छ ।
१४. स्थानीय निकायको हकमा सरकारले गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्सरचना गर्नेछ भने त्यसअघि स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा गरिएको छ ।
१५. चार वर्षका लागि निर्वाचित भएका संविधानसभाका सदस्यहरु बाँकी कार्यकालका लागि (बढीमा साढे तीन वर्ष) रुपान्तरित व्यवस्थापिका संसदको सदस्यका रुपमा कायम रहने छन् । तर, ०७४ साल माघभित्रै आम चुनाव घोषणा भएको अवस्थामा उम्मेद्वारी मनोनयनका दिनसम्म मात्रै उनीहरुको पदावधि रहनेछ ।
१६. यो संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा छ । यी पदाधिकारीहरुको चयनको तिथि संसद अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन सुरु भएको दिनबाट गणना हुने छ । चालू अधिवेशन अन्त्य भएमा पनि संविधान जारी भएको सात दिनभित्रै अधिवेशन आह्वान गर्नुपर्ने संक्रमणकालीन व्यवस्था छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when महेश अधिकारी - Mahesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share