Tribhuvan University

Tribhuvan University Bsc. CSIT is a 4 year, computer science and Information Technology Course provided by Tribhuvan Univ level. The number of scholars doing Ph.D. Tech.

Institute of Science and Technology (IoST) is one of the oldest and the largest technical institutes in TU with 13 Central Departments, 23 constituent campuses and 48 affiliated campuses. Nepal has a history of nine decades of science teaching/learning at the higher level. Several schemes, plans, policies and implementation strategies have been experimented in science education. This institute has

come to the present form after facing many challenges and preparing scientifically oriented technical manpower of different levels to meet the requirements of the nation. It is capable to compete with universities at regional and global levels in terms of curriculum and pedagogic standards. A large number of students work on scientific research projects of varied nature at the postgraduate (M.Sc.) in different areas is also increasing every year. Collaborative exchange programmes in science have been given a priority. IoST and the Central Departments have linkages and coordination with different ministries and national/ international organizations and academic institutions. Students’ enrollment at B.Sc, B.Tech, M.Sc, M. levels is increasing annually.

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has published BScCSIT Second Semester (2nd Semest...
08/04/2021

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has published BScCSIT Second Semester (2nd Semester ) Exam Routine .

22/03/2021

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has published 8th semester (2072 Batch ) Make-up examination result

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has published BScCSIT 6th Semester Examination Ro...
22/03/2021

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has published BScCSIT 6th Semester Examination Routine

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has been published BScCSIT Seventh Semester Exami...
02/03/2021

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has been published BScCSIT Seventh Semester Examination Center Notice !!!!!!

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has  published BScCSIT 3rd Semester Examination C...
16/02/2021

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT has published BScCSIT 3rd Semester Examination Center Routine.

09/02/2021

BScCSIT Entrance Exam Model Question
https://tuiost.edu.np/storage/notice/model-question386.pdf

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT

Exam fee amendment notice BScCSIT 2nd and 6th Semester
07/02/2021

Exam fee amendment notice
BScCSIT 2nd and 6th Semester

03/02/2021

स्नातकको भर्नातिर विश्वविद्यालय

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम सुरु गर्नेभएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिनुभयो । विश्वविद्यालयले तीन महिना पछि सारेर भर्ना कार्यक्रम सुरु गर्नेभएको हो । यसअघि मङ्सिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो ।
पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले जानकारी दिनुभयो । विश्वविद्यालय मातहतका कलेजले भर्ना कार्यक्रम जारी राखेको र अब नतिजा आएलगत्तै आङ्गिक क्याम्पसमा समेत भर्ना खोलिने जनाइएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयले माघबाट स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । संस्कृत विश्वविद्यालयमा शैक्षिक सत्र कहिलेबाट प्रारम्भ गर्ने भन्ने निर्णय विश्वविद्यालयको सभाबाट गर्ने परम्परा छ ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले माघबाटै स्नातक तहको पठनपाठन सुरु गरिने जानकारी दिनुभयो । विश्वविद्यालयले प्राकशास्त्री तह उत्तीर्ण गरेका विद्यार्थीलाई पुस महिनामै स्नातक तहमा भर्ना गरिसकेको छ ।
संस्कृतबाहेकका अन्य विषय अध्ययन गरेका कक्षा ११ र १२ का विद्यार्थीलाई छ महिना संस्कृत अध्यापन गराएर स्नातक तहमा अध्ययनका लागि बाटो खुला गर्ने गरिएको छ । यसलाई प्राकशास्त्री तह भन्ने गरिएको छ । अब कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई समेत भर्ना गरी माघबाटै पठनपाठन प्रारम्भ गरिने जनाइएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहका लागि भर्ना आह्वान गर्दैछ । विश्वविद्यालयका कुलपति प्रा.डा. नन्दबहादुर सिंहले स्नातक तहका कार्यक्रम माघबाटै प्रारम्भ गरिने जानकारी दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयले स्नातक तहमा भर्ना कार्यक्रम जारी राखेको छ । कक्षा १२ को नतिजा प्रकाशित हुन बाँकी रहे पनि विद्यार्थीलाई भर्ना गर्ने कार्यक्रम जारी राखिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिनुभयो । विश्वविद्यालयले स्नातक तहका सबै कार्यक्रम सेमेस्टर प्रणालीमा सुरु गर्ने गरेको छ ।
फागुनबाट स्नातक तहको शैक्षिक सत्र प्रारम्भ गरिने छ । कोरोना भाइरसको प्रभावका कारण केही महिना ढिला गरेर भर्ना कार्यक्रम सुरु गरिने भएको हो । आगामी चार वर्षभित्र हाल बिग्रेको स्नातक तहको शैक्षिक सत्र मिलाउने योजना विश्वविद्यालयले बनाएको छ ।

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाटत्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शै...
01/02/2021

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।
विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिनुभयो ।
आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ ।
यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको नतिजा पनि छिट्टै प्रकाशित गर्दैछ । बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । बोर्डको कार्यतालिकालाई मिलाएर स्नातक तहको भर्ना खोलिएको जानकारी शिक्षाध्यक्ष भुसालले दिनुभयो । कक्षा १२ को नतिजा प्रकाशन र स्नातक तहको नयाँ भर्ना खोल्ने समयका बीचमा एक दुई महिनाभन्दा बढी फरक नहुने गरी मिलाइने जनाइएको छ ।
यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । यसअघि चैतमा स्नातकोत्तर तहको शैक्षिक सत्र सुरु गर्ने गरिए पनि अब भने वैशाखबाट मात्रै शैक्षिक सत्र सुरु गर्ने तयारीमा आफूहरू पुगेको जानकारी शिक्षाध्यक्ष भुसालले दिनुभयो ।
हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उहाँको भनाइ छ ।

स्नातकोत्तर तहमा एक डेढ महिना मात्रै शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था रहेको जानकारी विश्वविद्यालयले दिएको छ ।
विश्वविद्यालयले कार्यरत आंशिक शिक्षकसँग भएको सहमति कार्यान्वयनका लागि मातहतका क्याम्पसहरूलाई परिपत्र गरेको छ । आंशिक शिक्षकलाई शिक्षण सहायक बनाउँदा आवश्यक पर्ने प्रावधान, प्रतिक्रेडिट तथा वार्षिक प्रणाली अनुसार शिक्षकले प्रतिपिरियड पाउने सुविधाको विषय कार्यान्वयनमा ल्याउन क्याम्पसलाई परिपत्र गरिएको हो ।
त्रिवि कर्मचारी प्रशासन महाशाखाका प्रमुख वैकुण्ठप्रसाद थपलियाका अनुसार क्याम्पसको आन्तरिक स्रोतको अवस्था, कार्यबोझ समेतका आधारमा आंशिक शिक्षकलाई शिक्षण सहायक सरहको पदमा नियुक्त गर्न सकिनेछ । तर यसका लागि विश्वविद्यालयको स्वीकृति आवश्यक पर्नेछ । यसका लागि क्याम्पसले आफ्नो स्रोतले धान्न नसक्ने तर शिक्षण सहायक पदमा नियुक्ति गर्नुपर्ने अवस्था देखिएमा त्यसको समेत पुष्टि हुने गरी सिफारिस गर्नुपर्ने जनाइएको छ ।
यसका साथै तत्कालका लागि प्रतिक्रेडिट १७ हजार चार सय रुपियाँ र वार्षिक परीक्षा प्रणालीअनुसार प्रतिपिरियड ५९० रुपियाँका दरले बढीमा १५० घण्टाको पारिश्रमिक पाउने गरी लागू गर्नसमेत विश्वविद्यालयले निर्देश गरेको छ ।
Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT office of Examination controllers has published B...
27/01/2021

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT office of Examination controllers has published BScCSIT 7th Semester Exam Routine

कोरोनाविरुद्धको खोप आजदेखि
27/01/2021

कोरोनाविरुद्धको खोप आजदेखि

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT Dean's office has published BScCSIT Entrance Exam...
23/01/2021

Tribhuvan University Institute of Science and Technology IOST-BSc.CSIT Dean's office has published BScCSIT Entrance Examination Notice 2077

Address

Kritipur
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714330844

Alerts

Be the first to know and let us send you an email when Tribhuvan University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Tribhuvan University:

Share