13/09/2025
मिति: २०८२/०५/२८
आदरणीय अभिभावकज्यू, शिक्षक कर्मचारी तथा प्रिय् विद्यार्थी भाइबहिनीहरु,
विषय: विद्यालय सञ्चालन हुने जानकारी सम्बन्धमा ।
विगत केही दिनदेखि देशमा उत्पन्न प्रतिकूल परिस्थितिका कारण बन्द रहेको भएको विद्यालय पुनः सञ्चालन हुने जानकारी गराइन्छ। प्याब्सन केन्द्रीय कार्यालय तथा टोखा नगरपालिका शिक्षा शाखाले जारी गरेको निर्देशनअनुसार भोलि मिति २०८२/०५/२९ गते आइतबारदेखि विहानी सत्रका कक्षा (Morning Class) सहित विद्यालय तथा कलेजका सम्पूर्ण पठनपाठनका गतिविधिहरू पूर्ण रूपमा सञ्चालन हुनेछन्।
पुनश्च: विद्यालय तहको अर्धवार्षिक र कलेज (+२) तर्फको प्रथम त्रैमासिक परीक्षा अत्यन्तै नजिकिँदै गएको सन्दर्भमा विद्यार्थीहरूको नियमित उपस्थितिलाई अनिवार्य बनाइदिनुहुन अभिभावकज्यूहरूमा विशेष अनुरोध गर्दछौं।
धन्यवाद।
विद्यालय प्रशासन
स्वेत सदन स्कुल एण्ड कलेज