TEMU-Top Deals

TEMU-Top Deals This page is operated by students of Tribhuwan University, Central Department of English-MA, 2074 Summer intake.

29/09/2023
03/09/2022

हाम्रो देशका बेरोजगारीहरु बेरोजगार हुनुको कारणहरु :

१. कवाडीको काम गर्ने ? अहँ, गर्दिन
२. सागसब्जि बेच्ने कि ? अहँ, गर्दिन
३. फलफुल बेच्ने काम गर्ने ? अहँ, गर्दिन
४. चटपटे, पानीपुरी बेच्ने ? अहँ, गर्दिन
५. दोकानमा काम गर्ने कि ? अहँ, गर्दिन
६. घरघर गएर सामान बेच्ने त ? अहँ, गर्दिन
७. पंचर टाल्ने काम गर्ने ? अहँ, गर्दिन
८. बिजुलीको काम गर्ने ? अहँ, आउँदैन
९. प्लम्बरको काम गर्ने ? अहँ, आउँदैन
१०. फ्रीज, टिभि बनाउने ? अहँ, आउँदैन
११. बाइक बनाउन आउँछ ? अहँ, आउँदैन
१२. कपाल काट्न आउँछ ? अहँ, आउँदैन
१३. जुत्ता सिउन आउँछ ? अहँ, आउँदैन
१४. होटलमा खाना बनाउने ? अह्, आउँदैन
१५. होटेलमा वेटर गर्ने ? अहँ, गर्दिन
१६. अस्पतालको सफाइ ? अहँ, गर्दिन
१७. ब्युटीपर्लरको काम आउँछ ? अहँ, आउँदैन
१८. कपडा सिलाउन आउँछ ? अहँ, आउँदैन
१९. खुकुरी, हँसिया बनाउने ? अहँ, आउँदैन

के गर्न आउँछ त ?
ब्याचलर गरेको छु, पढेको छु । फर्स्ट डिभिजनमा पास गरेको छु ।
त्यो त ठिक छ । काम गर्न चाहिं के आउँछ ?
जवाफ छैन ।

BA, B Com, B Tech, B Sc मात्र गरेर कुनै काम छैन । काम गर्ने सीप सिकौं, सरकारी जागिरको मात्र भर नपरौं । सीप सिके मात्र रोजगार पाइन्छ ।

त्रिवि सेवा आयोगको शाखा अधिकृतको परिक्षामा ५४२ परिक्षार्थी मध्य एउटा पनि पास भएन रे ! किन? आफन्त पास गराउन पाइन्न भने अर...
28/06/2022

त्रिवि सेवा आयोगको शाखा अधिकृतको परिक्षामा ५४२ परिक्षार्थी मध्य एउटा पनि पास भएन रे ! किन? आफन्त पास गराउन पाइन्न भने अरुलाई किन पास गराउने भनेर हो कि? कि कोही आफन्त नै परेनन् परिक्षार्थी भित्र? कि करार भर्ना गर्ने मेलो हो? कि उत्तर पुस्तिका जाँचमा केही त्रुटि भयो?
केही त झोल छ ।

11/02/2022
09/02/2022

#डिभी_भर्न_पासपोर्ट_अनिवार्य_गर्ने_नियम_अदालतबाट_खारेज_अबदेखि_पासपोर्ट_नभएकोले_पनि_भर्न_पाउने

अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अदालतले खारेज गरिदिएको छ । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका हुन् ।

केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुम अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता समेत श्रृजना गरेको थियो ।

नियम लागु गर्नुभन्दा अगाडि नियम लागु हुने मितिले कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गर्नुपर्ने तथा कमेन्ट अवधि समेत दिनुपर्ने भएतापनि पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउँदा यो प्रकृया नपनाइएको र गैरकानूनी रुपमा ल्याइएको अदालतको ठहर छ । यो नियममा विदेश मामिला सम्बन्धि अपवाद लागु हुने ट्रम्प प्रशासनले तर्क गरेको थियो तर यो गलत भएको अदालतले ठहर गरेको छ । अब आगामी बर्षदेखि डिभी भर्नका लागि पासपोर्ट नचाहिने भएको छ ।

सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने प्रावधान ल्याइएको थियो ।

पासपोर्ट अनिवार्य गर्दा पनि सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी २०२१ कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए । यसको नतिजा सन् २०२० को जुन ६ मा आएको थियो । ३८०१ जना नेपालीले डिभी लोटरी पारेपनि कोरोनाको महामारीका कारण कैयनले भिसा पाउन सकेनन् । उनीहरुका लागि अदालतले भिसा संरक्षण गरेको छ तर बाइडेन प्रशासनले संरक्षित भिसा जारी गर्न सुरु गरेको छैन ।

सन् २०१९ देखि अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा पासपोर्ट बनाउनेको भींड उक्त समयमा ६ गुणाभन्दा धेरै बढेको थियो । । दैनिक बढीमा ५ सयले पासपोर्टका लागि आवेदन दिने गरेकोमा सन् २०१९ को डिभी खोलेपछि आवेदनको संख्या झन्डै ३ हजार पुगेको थियो ।

source:khosokhas

Address

Tribhuvan University
Kirtipur
40600

Alerts

Be the first to know and let us send you an email when TEMU-Top Deals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share