10/08/2025
आदरणीय अभिभावक तथा सम्पूर्ण शुभेच्छुकज्यूहरू!
यस देउखुरी पब्लिक स्कुलले तीजको पावन अवसरमा देउखुरी भित्रका सम्पूर्ण महिला अभिभावकहरूका विचमा तपसिल बमोजिमका नियमानुसार "तीज फोटो सुट प्रतियोगिता -२०८२" को आयोजना गरेकाले आफूलाई मनपर्ने फोटोमा लाइक,कमेन्ट तथा शेयर गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपसिल
नियमहरू
१) यो प्रतियोगिता तीज पर्वसँग सम्बन्धित् भएकोले फोटो नेपाली संस्कृति झल्किने प्रकृतिको सफा र एकल हुनुपर्ने छ।
२)सेल्फी फोटोलाई मान्यता दिइने छैन्।
३)फोटो ९८६०३४२४३८,९७४५६२३६९४ Whats app नं. मा मिति २०८२ साल श्रावण ३० गते शुक्रवारका दिन दिउसो ४ बजेसम्म आफ्नो नाम ,ठेगाना,सम्पर्क नं. र आ- आफ्नो बाबु/नानीको नाम , कक्षा र स्कुलको नाम अनिवार्य उल्लेख गरी पठाउनु पर्नेछ अन्यथा फोटो अस्वीकृत हुनेछ ।
४)फोटो नियमानुसार भएमा मात्र स्कुलको पेजमा पोस्ट गरिने छ।
५)तोकिएको मापदण्ड अनुसार फोटो पठाएमा क्रमानुसार फोटो पेजमा अपलोड गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।
६)सहभागीले अनिवार्य स्कुलको पेजलाइ लाइक गर्नुपर्ने छ।लाइक विना नै सहभागी भएमा उक्त सहभागीलाई प्रतिस्पर्धीका रूपमा गणना गरिने छैन्।
७)प्रतियोगिताको बिजेता घोषणा मिति २०८२ साल भाद्र १७ गते मंगलवारका दिन गरिने छ । फोटोमा गरिने सबैभन्दा धेरै लाइक,कमेन्ट तथा उक्त फोटो शेयरका आधारमा विजेता घोषणा गरिने छ ।
(१लाइक/रियक्ट =१ भोट,१ कमेन्ट =१ भोट,१ शेयर= २ भोट)
८) विजेतालाई नगद रु १०,०००/- ,प्रमाण पत्र, गिफ्ट हैम्पर एवम् मायाको चिनो सहित सम्मान गरिने छ ।
९) फोटो लाइक,कमेन्ट र शेयर गर्ने प्रतियोगिताको अवधि २०८२ साल भाद्र १० गते मंगलवारका दिन बेलुका ६ बजेसम्म मात्र रहने छ ।त्यसपछि गरिने लाइक,कमेन्ट र शेयरहरूलाई प्रतियोगिताको लागि गणना गरिने छैन्।
१०)फोटोमा लाइक, कमेन्ट तथा उक्त सहभागीको फोटो शेयर गर्ने VOTERS ले पनि अनिवार्य रूपमा Deukhuri Public School को पेज लाइक गर्नुपर्ने छ । एक फेसबुक ID बाट कुनै एक प्रतियोगिको एकपटक भन्दा धेरै लाइक, कमेन्ट र शेयर गर्न पाइने छैन्।
११)प्रतियोगिताको अन्तिम निर्णय आयोजकको रूपमा रहेको स्कुलको अतिरिक्त क्रियाकलाप समितिको मातहतमा रहने छ।
नोट:- थप जानकारीका लागि ०८२-५९०७८४,९८६०३४२४३८
नं.मा सम्पर्क गर्न सकिने छ।
धन्यवाद!