लोकसेवा Tips

लोकसेवा Tips Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकसेवा Tips, College & University, IAAS, Lamjung.

14/10/2022
12/10/2022

कृषि ज्ञान केन्द्र जम्मा =58
- प्रदेश १ =14
- मधेस प्रदेश =8
- वाग्मती प्रदेश =7
- गण्डकी प्रदेश =11
- लुम्बिनी प्रदेश =9 र( +3 एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालय)
- कर्णाली प्रदेश =0 (+ 9 कृषि बिकास कार्यालय )
- सुदुरपश्चिम् प्रदेश =9
* हाल प्रदेश 1 को सबै जिल्लामा AKC स्थापना भएको छ।

22/09/2022
13/09/2022
लोकसेवा आयोग ले आज खरिदारलाई प्रथम पत्रमा सोधेका प्रश्नहरु  ❣️🙏
10/09/2022

लोकसेवा आयोग ले आज खरिदारलाई प्रथम पत्रमा सोधेका प्रश्नहरु ❣️🙏

08/09/2022

नयाँ जमनाको नौलो बलात्कार !

पहिले बल्तकार हुँदा
१.कराउने , चिच्चाउने, चिथोर्ने कोतर्ने गुहार माग्ने र तत्काल उजुरी दिई ठाउको ठाउँ प्रमाण जुटाइ कार्बाही अगाडि बढ्थ्यो।

अहिले
1.दिनभर घुम्ने खानपान गर्ने।
२.मेरो मायालु भनि सेल्फी खिच्ने हासी हासी अंगालो मार्ने।
३.बन्दकोठामा राज गर्ने फाइदाका लागि सौदाबाजी गर्ने।
चित्त नबुझेसी हप्तौं महिनौ पछि बलत्कार बलत्कार भन्ने।

अब नेपालको अन्धो कानुन के हेर्छ?
कानुनमा सुधार जरुरी छ।
सामाजिक चेतना र नौतिक शिक्षा फेरि पनि विद्यालयको कोर्समा राख्न जरुरी छ।

कुरा पक्ष र विपक्षको हैन। कुरा समनाताको हो।आज social media मा छापछाप्ती भएर cricket captain सन्दिप लामिछाने  नाम आइराख्द...
07/09/2022

कुरा पक्ष र विपक्षको हैन।
कुरा समनाताको हो।
आज social media मा छापछाप्ती भएर cricket captain सन्दिप लामिछाने नाम आइराख्दा किशोरी कहाकी हुन को हुन केही थाह छैन!
पिडित भनिएकी नाबालिकाको नाम चै चरित्र हत्या हुन्छ भनेर गोप्य राख्ने अनि अन्तराष्ट्रिय क्रिकेट खेलाडिको नाम चै फैसला नहुदै सार्वजनिक गरिदिने????कि पुरूष मान्छेको चाहि चरित्र हत्या हुदैन ?? पुरुषहरुले चाहिँ के फेरि यहि समाजमा बाच्नु पर्दैन!

अदालतको फैसला आएकै छैन , प्रहरीले पनि जाँच सक्काएकै छैन , एउटा पक्ष सङ्ग सोधपुछ सम्म पनि भएको छैन , राष्ट्रिय समाचारमा भने फोटो सहितको न्युज आइसक्यो , अनि जस्को माथी मुद्दा परेको छ उस्को गोपनिएता खै ??अनि जो पिडित छ उस्को परिचय खै?उस्को पनि त इज्जत छ होला नि?अनि हामी social media का वोकिल न्यायाधीशहरुले चाहि उस्को चरित्र उस्को career को फाँसी चडाइ दि सके!
महिलाबादी समाज!

07/09/2022

#नेपालको_इतिहासमा_सम्बन्धि_जानकारी_एकैठाऊँमा

# प्राचिन नेपालका अन्तिम एतिहासिक राजाहरु
✔किरात बंसी ➥➥➥गस्ती
✔आभिर बंसी ➥➥➥भुवन सीह
✔सोम बंसी ➥➥➥भास्कर बर्मा
✔गोपाल बंसी ➥➥➥यक्ष गुप्त
✔सूर्य बंसी ➥➥➥विजय कामदेव
✔ठकुर बंसी ➥➥➥संखरदेव
✔गोरखाका राजा ➥➥➥पृथ्वीनारायण शाह
✔तनहुका राजा ➥➥➥हरकुमार सेन
✔चौदण्डीका राजा ➥➥➥कर्ण सेन
✔पाल्पाका राजा ➥➥➥पृथ्वीपाल सेन
✔काठमाण्डौका मल्ल राजा ➥➥➥जयप्रकाश मल्ल
✔भक्तपुरका मल्ल राजा ➥➥➥रणजीत मल्ल
✔पाटनका मल्ल राजा ➥➥➥तेजनरसिह मल्ल

#प्राचिन नेपालका प्रथम एतिहासिक राजाहरु
✔काठमाण्डौ उपत्यकाका प्रथम राजा ➥➥➥धर्माकर
✔आभिर बंसी➥➥➥वरशिह
✔गोपाल बंसी➥➥➥भुक्तमान
✔सूर्य बंसी➥➥➥भूपी बर्मा
✔किरात बंसी➥➥➥यलम्बर
✔ लिच्छिवि बंसी➥➥➥जयदेव प्रथम
✔मल्ल बंसी➥➥➥अरिदेव
✔ भक्तपुरका मल्ल राजा➥➥➥राय मल्ल
✔ पाटनका मल्ल राजा ➥➥➥रण मल्ल
✔ठकुरी बाँसका राजा➥➥➥भास्करदेव

# नेपाल एकीकरण गर्दा वीरगति प्राप्त गर्ने व्यक्तिहरु
✔काजि कालु पाण्डे ➥➥➥किर्तिपुर वि. स .१८१४
✔काजि तुलाराम पाण्डे ➥➥➥कान्तिपुर
✔काजि नयनसिह थापा ➥➥➥अल्मोडा
✔सरदार भक्ति थापा ➥➥➥देउथल वि. स. १८७१
✔सेनापति शिवरामसिहबस्नेत ➥➥➥छालिङ
✔भीमसेन थापा ➥➥➥पलान्चोक
✔परसुराम थापा ➥➥➥समनपुरको लडाइमा
✔चौतारिया हस्तिदल शाहा ➥➥➥ कुमाउ

#राष्टिय एकिकरणका महत्वपूर्ण तिथिमितिहरु
नुवाकोट ➥➥➥श्री ५ पृथ्वीनारायण शाह वि.स . १८०१
✔नगरकोट ➥➥➥- जहागीर शाह वि.स . १८०३
✔किर्तिपुर➥➥➥सुरप्रताप शाह वि.स . १८२३
✔काठमाण्डौ➥➥➥ श्री ५ पृथ्वीनारायण शाह, तुलाराम पाण्डे, रामकृष्ण कुवर १८२५
✔भादगाउ ➥➥➥काजी वंसराज पाण्डे, सुराप्रताप शाह १८२६
✔इलाम➥➥➥➥रामकृष्ण कुवर, जगजित शाह १८३१
✔कास्की➥➥➥जीव शाह, दामोदर पाण्डे १८४२
✔लमजुङ➥➥➥ रामकृष्ण कुवर, दामोदर पाण्डे १८३९
✔डोटी ➥➥➥काजि जगजित पाण्डे १८४७
✔जुम्ला ➥➥➥शिवनारायण खत्री १८४७
✔पाल्पा ➥➥➥काजि अमरसिह थापा,दलभंजन पाण्डे १८६१

#नेपालको इतिहासमा घटेका ठुला घटनाहरु, पर्वहरु
✔कोत पर्व ➥➥➥बि.स. १९०३ असोज २ गते राति

✔भण्डारखाल पर्व ➥➥➥बि.स. १९०३ कातिक १२ गते

✔औलो पर्व ➥➥➥१९०४ श्रावण

✔सुगौली सन्धि➥➥➥३ मार्च १८१६

✔लाइब्रेरी पर्व ➥➥➥बि .स १९८७

✔मकै पर्व➥➥➥बि .स १९७७

✔नेपाल,अग्रेज युद् ➥➥➥सन् १८१४ देखि १८१६ सम्म

# कसले के बनाए
✔पशुपति नाथको मन्दिर ➥➥➥प्रचण्ड देब
✔भक्तपुरको ५५ झ्याले दरबार ➥➥➥सिद्दीनरसिह मल्ल १६९३
✔न्यातपोल दरबार ➥➥➥भूपतिन्द्र मल्ल
✔रानी पोखरी ➥➥➥प्रताप मल्ल
✔मान गृह➥➥➥मानदेव
✔कौसलाकुट भवन ➥➥➥यक्ष मल्ल
✔चागुनारायणको मन्दिर ➥➥➥मानदेव
✔धरहरा ➥➥➥भीमसेन थापा
✔सिहदरबारम➥➥➥चन्द्रसम्सेर
✔बालाजुका २१ धारा ➥➥➥जयप्र मल्ल
✔ हनुमानढोका दरबार ➥➥➥प्रताप मल्ल
✔कस्ठमण्डप ➥➥➥विसेत
✔पशुपतिनाथको हालको मन्दिर➥➥➥जयसिह देव
✔जनकपुरको जानकी मन्दिर ➥➥➥टिकम गढीकी महारानी विर्स भानु
✔मेलिटरी अस्पताल ➥➥➥चन्द्र समसेर
✔पाल्पाको रानीमहल ➥➥➥खड्क सम्सेर
✔अशोक स्तम्भ ➥➥➥भारतीय सम्राट अशोक
✔बसन्तपुरको नौतले दरवार➥➥➥पृथ्वीनारायण शाह
✔सहिद गेट ➥➥➥रत्नबहादुर तुलाधर
✔मीन भवन ➥➥➥मीन शमसेर
✔दक्षिणकालिको स्थापना ➥➥➥प्रताप मल्ल
✔वीर आस्पताल ➥➥➥वीर शमसेर
✔घन्टाघर ➥➥➥वीर शमसेर
✔कुमारी मन्दिर ➥➥➥जयप्रकास मल्ल
✔भक्तपुरको सस्थापना ➥➥➥आनन्ददेव
✔पाल्पाको नारायण मन्दिर➥➥➥अमरसिह थापा
✔जैसीदेवल ➥➥➥लक्ष्मीनारायण शर्मा
✔गरुडको मुर्ति➥➥➥भूपतिन्द्र मल्ल
✔घन्टाघरको पुस्तकालय➥➥➥वीरशमशेर

#लिच्छिविकाल कालमा कसलाई के भनिन्थ्यो
महासर्बदण्डनायक ➥➥➥प्रधानन्यायाधीश
✔सर्बदण्डनायक➥➥➥न्यायाधीश
✔अमात्य ➥➥➥मन्त्रीस्तरीय अधिकारी
✔युवराज➥➥➥भाबी राजा
✔भटनायक➥➥➥सेनाध्यक्ष
✔बलाध्यक्ष ➥➥➥सेनापति
✔महाबलाध्यक्ष ➥➥➥प्रधानसेनापति
✔भट ➥➥➥सिपाही
✔सामन्त ➥➥➥प्रशासक
✔प्रधान➥➥➥ग्राम प्रशासक
✔गोल्मिक ➥➥➥सेनानायक

# लिच्छिविकालका केहि पद तथा तिनका कार्यहरु

✔ढुतक➥➥➥शाही घोसणा गर्ने व्यक्ति
✔भट्टारक ➥➥➥राजाको निजि सचिव
✔महाप्रतिहार ➥➥➥राजगददी सम्बन्धि काम गर्ने मुख्य ब्यक्ति
✔सर्ब दण्डनायक➥➥➥प्रहरीतर्फको सर्वोच्च पदाधिकारी

# लिच्छिविकालका करहरु

✔भोगकर ➥➥➥पशुपालनमा लाग्ने कर
✔सुकरकर ➥➥➥सुगुरमा लागाइने कर
✔तैलकर ➥➥➥तेलमा लागिने कर
✔कर ➥➥➥बाणिज्यमा लगाइने कर
✔आपकर ➥➥➥पसलमा लगाइने कर
✔मल्लकर ➥➥➥-भैसिमा लगाइने कर
✔चैलकर➥➥➥कपडामा लगाइने कर
✔सिकर ➥➥➥फर्निचरमा लगाइने कर
✔भागकर ➥➥➥किर्शी उत्पादनमा लगाइने कर

#मल्कालमा प्रचलनमा रहेका पदहरु

✔चौतारा ➥➥➥प्रधानमन्त्री
✔महापात्र➥➥➥स्थानीय शासक
✔अमात्य➥➥➥मन्त्रीसरहको पद
✔परमाण ➥➥➥भारदार
✔उभय➥➥➥सैनिक अधिकारी
✔उमारा➥➥➥गाउस्थरको प्रसासक
✔जिम्वाल ➥➥➥प्रशासकिय कर्मचारी
✔सामन्त➥➥➥प्रशासक
✔जोशी➥➥➥पण्डित
✔भण्डारनागारिक➥➥➥ढुकुटी हेर्ने व्यक्ति

# नेपालमा सर्वप्रथम
✔शाह उपाधि धारण गर्ने➥➥➥कुलमण्डल खान
✔अहिरवंशी राजा➥➥➥ बरसिह
✔नेपाल उपत्यकाका राजा➥➥➥धर्माकर
✔सूर्यवंशी राजा ➥➥➥भूपी बर्मा
✔किरातवंशी राजा➥➥➥यलम्बर
✔गोपालवंशी राजा➥➥➥भुक्तमान
✔लिच्छिविवंशी राजा➥➥➥जयदेव प्रथम
✔सोमवंशी राजा ➥➥➥➥निमिष
✔मल्लवंशी राजा➥➥➥अरिदेव
✔भक्तपुरका मल्ल राजा➥➥➥राय मल्ल
✔पाटनका मल्ल राजा➥➥➥रण मल्ल
✔त्रि. वि. का कुलपति ➥➥➥कान्ती राज्यलक्ष्मी
✔राष्ट्र बैंकका गभर्नर➥➥➥हिमालयशमसेर जबरा
✔त्रि. वि. का उपकुलपति➥➥➥सुवर्णशमसेर जबरा
✔ निर्वाचन आयुक्त ➥➥➥सुरेन्द्र बराल
✔ न्यायाधिवक्ता ➥➥➥कालीप्रसाद उपाध्याय
✔महालेखा परिक्षक् ➥➥➥चन्द्रबहादुर थापा
✔लोकसेवा आयोगका अध्यक्ष➥➥➥अनिरुद्रप्रसाद उपाध्याय
✔ पब्लिक सर्भिस कमिसनका सभापति ➥➥➥सरदार नरेन्द्रमान सिह प्रधान
✔अमेरिका जान्ने प्रथम व्यक्ति ➥➥➥पद्मसुन्दर मल्ल
✔सेनापति ➥➥➥बिराज थापा मगर
✔म्याटि्रक पास गर्ने राना प्रधानमन्त्री➥➥➥चंद्रशामसेर
✔महिला मन्त्रि➥➥➥द्वारिकादेवी ठकुरानी
✔त्रि.वी. बाट पि.एच.डी. गर्ने ➥➥➥मोहन झा
✔नेपाली साहित्यमा पि.एच.डी. गर्ने➥➥➥वासुदेव त्रिपाठी
✔बिस्व भ्रमण गर्ने➥➥➥केशरसमसेर जबरा
✔बैंक➥➥➥नेपाल बैंक लिमिटेड
✔ युरोप जाने राजा➥➥➥श्री ५ त्रिबुवन
✔ राणा प्रधानमन्त्री ➥➥➥जंगवहादुर राणा
✔ राणा उपाधि पाउने ➥➥➥जंगवहादुर कुवर
✔शमशेर उपाधि पाउने ➥➥➥वीरशमशेर र उनका भाइहरु
✔ नेपालमा मोटर चढ्ने व्यक्ति➥➥➥वीरशमशेर जबरा
✔दैनिक पत्रिका➥➥➥आवाज २००७ फागुन ८ गते
✔ पत्रिका ➥➥➥सुधा सागर
✔ पर्वतारोहणका लागि खुलेको हिमाल ➥➥➥अन्नपूर्ण
✔ नेपालले ओलम्पीक खेलमा भाग ➥➥➥सन् १९६४
✔भिक्टोरिया क्रस पाउने ➥➥➥कुलाबिर थापा
✔बजेट पेस गर्ने➥➥➥मातृकाप्रसाद कोइराला
✔नेपाली चलचित्र➥➥➥सत्य हरिशचन्द्र
✔भारतका लागि नेपाली राजदुत➥➥➥सिहंशमशेर राणा
✔अंग्रेजी भाषाको पत्री➥➥➥नेपाल गार्जियन २०१०
✔नेपाल आउने प्रथम विदेशी राष्टपति➥➥➥डा. राजेन्द्र प्रसाद
✔नेपाल आउने प्रथमा प्रधानमन्त्री➥➥➥जवाहरलाल नेहरु
✔दुरबिन प्रयोग गर्ने ➥➥➥प्रताप मल्ल

# नेपालमा सर्वप्रथम महिला
राज्यको उत्तराधिकारी➥➥➥नायक देवी
✔ पी.एच .डी➥➥➥प्रभा बस्नेत
✔ मन्त्रि➥➥➥द्वारिकादेवी ठकुराठी
✔ त्रि.बि बाट पी.एच .डी➥➥➥विनु लोहनी
✔राजदुत➥➥➥विन्देस्वरी शाह
✔इन्जीनियर➥➥➥कान्ती मल्ल
✔प्र .जी अ➥➥➥उषा नेपाल
✔S.L.C पास गर्ने ➥➥➥प्रभा राज्यलक्ष्मी देवी राणा
✔लोकसेवा आयोगकी सदस्य ➥➥➥उमा पाण्डे
✔हिमाल चढ्ने ➥➥➥निमा सेर्पा
✔सचिव➥➥➥चन्द्रकला किरण
✔मदन पुरुस्कार पाउने ➥➥➥पारिजात
✔पहिलो उपसभामुख➥➥➥लीला श्रेष्ठ
✔ बरिष्ठ अधिबक्ता➥➥➥शुशिला सिह
✔प्रिन्सिपल➥➥➥अंगुरबाबा जोशी
✔नेपाल सुन्दरी ➥➥➥रुबी राणा
✔नायिका➥➥➥भुवन चन्द
✔ महिला इन्स्पेक्टर➥➥➥निलम देवी
✔ एम .एस्सी गर्ने➥➥➥डा. विजया उपाध्याय
✔ न्यायधिस ➥➥➥श्रीमती शारदा श्रेष्ठ
✔ प्यारासुटबाट हामफाल्ने ➥➥➥सुन्दरी श्रेष्ठ
✔ भारतमा नेपाली गीत रेकड गर्ने ➥➥➥मेलवादेवी

# कसले के चलाए
✔सेतो मछिन्द्रनाथको रथयात्रा ➥➥➥ प्रताप मल्ल
✔बालकको सालनाल काट्ने➥➥➥अशुबर्मा
✔रातो मछिन्द्रनाथको रथयात्रा ➥➥➥नरेन्द्रदेव
✔इन्द्र जात्र➥➥➥गुणकामदेव
✔गाईजात्रा➥➥➥जगतप्रकास मल्ल
✔कार्यालय समय १० To गर्ने➥➥➥देवसमशेर
✔बिस्केट जात्रा➥➥➥जगज्योति मल्ल
✔मुद्रा ➥➥➥मानदेव
✔मोहर ➥➥➥राजा महेन्द्र मल्ल
✔कुमारी पुजा➥➥➥गुणकामदेव
✔झ्यालमा ऐना राख्ने➥➥➥रणजीत मल्ल
✔झ्यालमा बुट्टा राख्ने ➥➥➥नरेन्द्रदेव
✔मानापाथी➥➥➥रामशाह
✔घोडेजात्रा ➥➥➥ जयप्रकाश मल्ल
✔गोदावरीमा १२ बर्से मेला➥➥➥निमिष
✔शनिबार बिदा दिने चलन➥➥➥ भीमसेन थापा
✔तामाको पैसा ➥➥➥रत्न मल्ल
✔ मोहर ➥➥➥माहेंद्र मल्ल
✔ पशुपतिमा भट्ट पुजारी राख्ने चलन ➥➥➥यक्ष मल्ल
✔ गौसुकी➥➥➥शिवदेव तृतीय
✔ सम्यक पुजा ➥➥➥पृथ्वीनारायण शाह
✔बग्गी चढ्ने चलन ➥➥➥ भीमसेन थापा
✔ सतीप्रथा माथि कानूनी रोक लगाउने ➥➥➥चंद्रशमसेर
✔ निजामति कर्मचारी लाई पेन्सनको ब्यवस्था➥➥➥जुद्धशमशेर

#लिच्छविकालका करहरु
✔भाग कर➥➥➥ कृषि उत्पादनमा लगाइने कर

✔भोग कर ➥➥➥ पशुपालनमा लगाइने कर

✔कर➥➥➥ व्यापार वाणिज्यमा लगाईने कर

✔सिंकर➥➥➥ फर्निचरमा लगाईने कर

✔तैलकर➥➥➥ तेलमा लगाइने कर

✔चैलकर➥➥➥ कपडामा लाग्ने कर

✔मल्लकर➥➥➥ भेसीमा लाग्ने कर

✔आपणकर➥➥➥ पसलमा लाग्ने कर

✔गोयुद्ध कर➥➥➥ मनोरञ्जनमा लाग्ने कर

✔पिण्डक➥➥➥ मालपोत

शाखा अधिकृत प्रथम पत्र मोडेल सेट
06/09/2022

शाखा अधिकृत प्रथम पत्र मोडेल सेट

Address

IAAS
Lamjung
4

Alerts

Be the first to know and let us send you an email when लोकसेवा Tips posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share