LBU Center Campus

LBU Center Campus Official Page of Lumbini Buddhist University Center Campus Lumbini.

03/09/2021

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक कार्यक्रमकाबीच नवनियुक्त डीन प्रा.डा. रामचन्द्र पौडेललाई स्वागत गरिए...

07/12/2020

About Our University Lumbini Buddhist University (LBU), from the birth place of Gautam Buddha, Lumbini, is an autonomous and public institution of higher learning committed with the mission to educate the people of Nepal and enrich the global learning community through the application of core Buddhi...

14/09/2020

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवा.....

14/09/2020
08/08/2020

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयले भदौ २ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ। विश्वविद्यालयले कम विद्य.....

12/07/2020

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषय अध्यापन गराउन पाउने गरी पूर्णसरकारी स्वामित्वमा आएको छ । विश्वविद....

10/06/2019

लेखकः तेजेश मान शाक्य कुनै पनि प्रतिमाको लक्षण भनेको त्यस प्रतिमामा उतारिएको विषयवस्तुको चरित्र तथा रुप-विशेषत.....

23/10/2017

भर्ना सम्बन्धी सूचना ।
लुम्विनी बौद्ध विश्वबिध्यालयले पहिलो पटक स्नातक तहमा सञ्चालन गर्न लागेको नयां कार्यक्रम, सेमेष्टर प्रणाली अन्तरगत चार वर्षे ब्याचलर इन बुद्धिज्म, ट्राभल एण्ड टुरिज्म म्यानेजमेण्ट ( BBTTM ) विषयमा भर्नाका लागि सूचना प्रकाशन गरिएको छ ।अनुभवी एव दक्ष शिक्षकहरु वाट पढाइ हुने उक्त बिषयमा कक्षा १२ वा सो सरह तह उतिर्ण योग्य विध्यार्थीहरु भर्ना हुन सकिनेछ ।सिट सिमित भएकोले यथाशिघ्र सम्पर्क गर्नु होला ।
आवेदन फर्म वितरण : २०७४ कार्तिक १५ गते सम्म
सम्पर्कको लागि: लुम्विनी बौद्ध विश्वबिध्यालय लुम्विनी
मेधावी कलेज रहेको भवन, जानकीनगर तिलोत्तमा रुपन्देही
सम्पर्क: ०७१४०४०७७, ०७१४०४०७१, ९८५७०३१६७६ र ९८०३६७२१०७

17/07/2017

बौद्ध दर्शनका प्रारम्भिक ज्ञानहरु ।

दीपसागर प्यासी

बौद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्ध हुन् । उनको जन्म ई.पू. ५६३ मा लुम्बिनी अन्चलको कपिलवस्तु जिल्लामा भएको हो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी ज्ञानको खोजिमा निस्केका थिए । उनलाई ३५ वर्षको उमेरमा बैशाख पूर्णिमाको रात पीपलको वृक्षमुनि उरुवेला (बोधगया) मा ज्ञान प्राप्त भएको थियो । यसपछि उनी बुद्धको उपाधिद्वारा विभूषित भए । बुद्धले दिएका उपदेशमा जीवनपथको दिशा निर्देश गरिएकोले यसलाई दर्शन मानिएको पाइन्छ । उनका उपदेशहरूको संगालो ‘त्रिपिटक’ नै यस दर्शनको आधारग्रन्थ हो ।

बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक सम्बुद्ध भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन् । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति ।

बौद्ध दर्शन मुख्य रूपमा यी तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ- १. अनिश्वरवाद २. अनात्मवाद ३. क्षणिकवाद । यस दर्शनले पूर्ण रूपमा यथार्थमा जीवन जिउने शिक्षा दिन्छ ।

१. अनिश्वरवाद
बुद्धले ईश्वरको सत्तालाई मानेका थिएनन् किनभने दुनियाँ प्रतीत्यसमुत्पादको नियमबाट संचालित हुन्छ भन्ने उनको धारणा थियो । प्रतीत्यसमुत्पाद अर्थात् कारण-कार्यको । यस श्रृंखलाका धेरै चक्र हुन्छन्, जसलाई १२ भागमा बाँडिएको छ । त्यसैले यस ब्रह्माण्डलाई संचालन गर्ने कोही पनि छैन । न त कोही उत्पत्तिकर्ता छ, किनभने उत्पत्तिभन्दा अन्त्यको पनि भान हुन्छ । त्यसैले न कुनै सुरुवात छ न त अन्त्य नै ।

२. अनात्मवाद
अनात्मवादको अर्थ वास्तवमै ‘आत्मा छैन’ भन्ने लाग्दैन । जसलाई मान्छे आत्मा सम्झिन्छन्, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । यो प्रवाह कहिल्यै पनि छुट्टिएर जडसित बाँधिन सक्छ र कहिल्यै पनि अन्धकारमा लीन हुन सक्छ ।

स्वयं हुनुको अर्थ जानेविना नै आत्मवान हुन सक्दैन । निर्वाणको अवस्थामा मात्रै स्वयंलाई जान्न सकिन्छ । मृत्युपछि आत्मा महा सुसुप्तिमा बिलाएर जान्छ । त्यो अनन्तकालसम्म अन्धकारमा रहिरहन सक्छ अथवा त्यसै बखत् नै अर्को जन्म लिएर सांसारिक चक्रमा फेरी सहभागी हुन सक्दछ । त्यसैले आत्मा तबसम्म आत्मा हुँदैन जबसम्म बुद्धत्व प्राप्त हुँदैन ।

3. क्षणिकवाद
यो ब्रह्माण्डमा सबै कुरा क्षणिक र नश्वर छ । स्थायी भन्ने कुनै कुरा पनि छैन । सबैथोक परिवर्तनशील छ । यो शरीर र ब्रह्माण्ड पनि त्यस्तै हुन्छ, जसरी घोडा, गद्दी र पाङ्ग्राको संयुक्त रूपलाई रथ भनिन्छ र यी ३ वटै कुरालाई अलग अलग गर्दा रथको अस्तित्व रहँदैन ।

माथि प्रस्तुत गरिएका तिन सिद्धान्तमा आधारित भएर बौद्ध दर्शनको रचना भएको हो । यी तीन सिद्धान्तमा भन्दा अगाडि बढेर थेरवाद, वैभाषिक, सौत्रान्त्रिक, माध्यमिक (शून्यवाद), योगाचार (विज्ञानवाद) र स्वतंत्र योगाचारको दर्शन निर्माण भएको पाइन्छ । यसैगरी बौद्ध धर्मका दुई प्रमुख सम्प्रदायबाट छ उपसम्प्रदाय बनेका छन् । यी सबैको केद्रीय दर्शन प्रतीत्यसमुत्पाद नै रहेको छ ।

निर्वाणलाई जीवनको चरम लक्ष मान्ने यो दर्शन चार आर्यसत्त्यमा केन्द्रित रहेको छ । भगवान् गौतम बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य यस प्रकार छन्-

१. संसार दुखमय छ
२. दुखको कारण छ
३. दुखको नाश सम्भव छ
४. दुखानाशको उपाय छ ।

आर्य अष्टांग मार्ग

बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो । गौतम बुद्ध भन्थे कि चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नु पर्छ :-

१. सम्यक दृष्टि : सबै बस्तुको वास्तविकता बुझ्नु
२. सम्यक संकल्प : नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु
३. सम्यक वाक् : हानिकारक कुरा नगर्नु र झूट नबोल्नु
४. सम्यक कर्म : हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु
५. सम्यक जीविका : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु
६. सम्यक व्यायाम : मनस्थितिलाई शुद्ध राख्नु
७. सम्यक स्मृति : म र मेरो भावनाबाट माथि उठ्नु
८. सम्यक समाधि : चार आर्यसत्यको मनन र आर्यसत्यमा श्रद्धा, आनन्द एवं शान्तिको चेतनाप्रति उदासीनता र शारीरिक एवं मानसिक सन्तुष्टिको अभावावस्ता आदि ।

सन्दर्भ सामग्री :
जनक दर्शन- डा. स्वामी रामानन्द गिरी
बौद्धादर्श- नारायण प्रसाद रिजाल
भारातीय दर्शन-परम्परा और आदिग्रन्थ- डा. हरवंशलाल शर्मा
The Buddha and his religion : Barthélemy Saint-Hilaire

17/07/2017

लुम्बिनी बौद्ध विश्ववद्यालय ।

19/04/2017

We're hiring! Apply now.

19/04/2017

धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरुको भ्रमण समेत गरे । प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् । सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ ।

लुम्बिनीका धरोहरहरुः
भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्ते पछि लुम्बिनी एउटा महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमा परिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित गर्यो । फलस्वरुप भगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु तथा विहारहरु निर्माण भए । यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए ।

मायादेवी मन्दिर
यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू.तेश्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका छन् ।

जन्म स्मारक शिलाः
जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउँछ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो ।

मायादेवी मूर्तिः
मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ । चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नु भएको छ । देब्रेपट्टि छेउमा उहाँकी बहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।

पवित्र पोखरी(पुष्करिणी):
अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ । मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहाँ नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहमा“ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।

अशोक स्तम्भः
अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख हो ।

नयाँ लुम्बिनीः
सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासको सम्बन्धमा कोसेढुंगा सावित भयो । लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५ महेन्द्रसँग छलफल गर्नुका साथै नेपाल सरकारसँग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमा विकास गर्न सल्लाह दिए । सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्य राष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे । लुम्बिनीको योजनाबद्ध विकासको लागि सन् १९७२ मा जापानी नागरिक प्रा.केन्जा टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन जिम्मेवारी दिइयो ।

लुम्बिनी गुरुयोजनाः
प्रा.केन्जो टांगेद्धारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारित भयो । त्यस अगाडि नै नेपाली सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेको थियो । उक्त समितिले स्थानीय वासिन्दाहरुको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरुको निर्माण र वृक्षारोपण जस्ता कार्यहरु गर्यो । अहिले पनि लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरु निर्माण गर्न क्रियाशील रहेको छ । गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरुमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरुले जोडिएको छ । ती ३ क्षेत्रहरुः क) पवित्र उदान ख) विहार क्षेत्र ग) नयाँ लुम्बिनी ग्राम हुन् । प्रा.केन्जा टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो । यस क्षेत्रको डिजाइनको प्रमुख उद्देश्य आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसाको वातावरण सृजना गर्नुका साथै संसारका लागि भगवान बुद्धको समयानुकूल सन्देश प्रतिविम्बित गर्नु हो । पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहरु अवस्थित छन् भने बगैंचा र सुन्दर पोखरीहरुले यस क्षेत्रलाई अत्यन्त मनमोहन बनाएका छन् । पवित्र उद्यानदेखि उत्तरपट्टि मध्य भागमा जंगलभित्र अवस्थित विहार क्षेत्रलाई केन्द्रीय नहरले विभाजित गरेको छ । पश्चिम विहार क्षेत्रमा २९ वटा प्लटहरु महायानी बौद्धमार्गीहरुका लागि र पूर्वी विहार क्षेत्रमा १३ वटा प्लटहरु थेरवादीहरुका लागि छुट्याइएको छ । सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह र संग्राहलय अवस्थित छन् जसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरुलाई सुविधा पुग्दछ । गुरुयोजना क्षेत्रको उत्तरी भाग नया“ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरुले यस स्थानमा आरामदायी होटल, लज, रेष्टुरेण्ट तथा अन्य सुविधाहरु प्राप्त गर्नेछन् ।

Address

Lumbini

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when LBU Center Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share