Rivervalley Mathematics Anon Solution - RMAS

Rivervalley Mathematics Anon Solution - RMAS Rivervalley Mathematics Anon Solution is the first education center of Sankhar valley. It is located at Bhattarai Danda.

30/03/2026
Class 9 optional Math
30/03/2026

Class 9 optional Math

SEE मा Math मा NG आयो?SMS गर्नुहोस्।
01/07/2024

SEE मा Math मा NG आयो?

SMS गर्नुहोस्।

01/07/2024

किन पास भएनन् ? ल जानिराख्नुस् ।
यो सुन्दर कविता

न बासँग डर
न आमासँग डर
न शिक्षकसँग डर
गृहकार्य गर्दैन
कक्षा कार्य गर्दैन
पढ्नुपर्छ भन्ने बानी नै छैन
कुनै कुराको अभाव छैन
हामी जति पनि दुःख गर्ने
उनीहरुलाई कुनै काम नगराउने
६ कक्षा नपुग्दै लभ
फ्रि फायर
पब्जी
कसैले केहि भन्न नहुने
सजाय त थाहै छैन
एक थप्पड छोयो की
गाली गर्नेहरू सबै शत्रु
सामान्य हप्कायो आत्महत्या
की घर छोड्ने
हामी उनैको पछि पछि लागिरहने
उनीहरुले गल्ती गर्ने
सकेसम्म हामीले ढाकछोप गर्ने
ढङ्गसङ्ग केहि छैन
नुहाएको भित्री बस्त्र हामीले धोइदिने
घरमा आउने पाहुनालाई नमस्कार आदर छैन
को कस्तो आफन्त हो वास्तै छैन
चिनाउन खोजे ह्या उनीहरुलाई झ्याउ लाग्छ
घिरौँला
चिचिण्डो
बोडी
करेला
काक्रा
लौका
:::::
बोट पनि थाहा छैन
पिँडालु तरुल कहाँ फल्छ
बेसार अदुवा
खुर्सानीको वोटसम्म
चिन्नु छैन्
प्रयासै गर्दैनन्
मन्दिरमा जाने बानी छैन
पूजा आजा त आमाको कर्म
न कसैको प्रवचन सुन्छन्
न आध्यात्मिक ज्ञान
न व्यवहारिक ज्ञान
न पितृप्रति विश्वास
न ईश्वरप्रति विश्वास
न आफन्त प्रति विश्वास
न संस्कार मानेको छ
न आफूले जानेको छ
धैर्यता शुन्य
लगनशिलता हरायो
न केटा न केटी
उमेर न सुमेर
व्वाइफ्रेन्ड र गर्लफ्रेन्ड
भेडाबाख्राको ताल
घरको स्वस्थकर खाना नो
बजारीया खाना एस
व्यक्तिगत मोवाइल
मोवाइलको दुरुपयोग
न समयमा निद्रा
न समयमा खाना
जति बेला पनि घोप्टो पर्यो
मोबाइल चलायो
अझै के के हो के के
:::::::::::::::::::::::::::
करै करले बल्लतल्ल स्कुल गयो
ध्यान छैन,
हातमा पुस्तक
मनमा दश थोक
सिकाइ शुन्य
त्यसपछि
परीक्षा दिन नआउने
फेरि शिक्षक घरमा जानुपर्ने
फकाएर परीक्षा दिन लाउनुपर्ने
फेल भए पढ्दिन भनेर धम्क्याउने

नियम र कानुन पनि अचम्म

फेल गराउन नपाइने
यदि
यस वर्षको नतिजामा
एन जी लागू गर्नुथियो भने
१ कक्षा बाटै फेल पास हुनुपर्थ्यो
उतिबेला अनेक विधा छुट्याउने
उत्तीर्ण गराउँदै लैजाने
विद्यार्थीमा नपढेनी पासको बानी
उ खेल खेल्न जानेको छ
उ विद्धुतीय सामग्री बनाउन जानेको छ
उ बोल्न जानेको छ
उसले मिठो खाना बनाउन जानेको छ
उसले कक्षामा राम्रो मोनिटरिङ गर्छ
भन्दै भन्दै अनेक विधा बनाउने
कक्षा मा पास गराउने
अहिले कता गए ती विधा,
अनि ती विधा लागू गर्नु पर्दैन?
अहिले तिनै दुई चार जना पास
पास पछि अष्ट्रेलिया, अमेरिका::
कोहि कता कोहि कता
विदेश पलायनको नीति
बाँकी अरुको जिम्मा कसले लिने?

अनि शैक्षिक सत्रको दौरानमा
अभिभावकको फोन
मेरो बच्चा त फेल भए पढ्दैन गरे सर, मिस
अब राम्रोसँग पढ्छ
जे जे भयो ,भयो
म पनि ख्याल गर्छु
साथीसँग छुटिन मान्दैन
माथिल्लो कक्षामा राखिदिनुस्
हैन भने अर्को स्कुल जान्छ रे
हे भगवान !त्यसरी नै
हल हल बाबु नानु भनि फकाइरहने
माथिल्लो कक्षा चढाइरहने
बच्चाको बानी बिग्रियो
अभिभावक काममा व्यस्त
कोहि कोहि अभिभावक पनि
मोबाइलमा व्यस्त
छोराछोरी मोबाइलमा व्यस्त
जतिबेला पनि घोप्टो पर्यो
त्यहि मोबाइल चलायो
दिन कटायो
कोहि केही बोल्न हुन्न।

नतिजा
चिड्चिडाहट
एन्जाइटि
डिप्रेसन
आत्महत्या

धन्यवाद,साधुवाद🙏

कविताका लागि बधाई छ, साभ नेपाल - SAAV Nepal की लेखक Sita Devi Paudel म्याडमलाई !!!

01/03/2021

माध्यमिक शिक्षा पाठ्यक्रम २०७६ कक्षा ११ र १२ डाउनलोड गर्न तलका लिन्कहरुमा जानुहोस् -

(१) भाग १ - अनिवार्य विषय
http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9455&k=

(२) ऐच्छिक विषय, पहिलो समुह
http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9449&k=

(३) ऐच्छिक विषय, दोस्रो समूह
http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9444&k=

(४) ऐच्छिक विषय, तेस्रो समूह
http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9453&k=

(५) ऐच्छिक विषय, चौथो समूह
http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9443&k=

(६) संस्कृततर्फ
http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9454&k=

Address

Mohami
33812

Website

Alerts

Be the first to know and let us send you an email when Rivervalley Mathematics Anon Solution - RMAS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share